खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण योजनाको पारदर्शीतामाथि प्रश्न उठेको छ। उपभोक्ता समितिका अध्यक्ष गोबिन्द लामाले कुलो निर्माण योजनाको आयव्याय सार्वजनिक गर्न अस्वीकार गरेको भन्दै स्थानीयले आवाज उठाउन थालेका हुन्। योजनामा उपभोक्ता समितिका अध्यक्षले आफूखुसी गरेको, सोधखोज गर्दा पनि योजनाको स्टीमेट, बिल–भर्पाइ, हिसाव–कितावबारे जानकारी नदिइएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।
कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा सिँचाइ मन्त्रालयको बजेटमा आर्थिक वर्ष २०७३÷०७४ देखि काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजना सुरु भएको हो। सोही योजना अन्तर्गत पक्की कुलो निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा भौतिक पूर्वाधार जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेलमार्फत २० लाख बजेट विनियोजन भएको थियो। सोही बजेटको पारदर्शीताका विषयमा स्थानीयले प्रश्न उठाएका हुन्।
बारम्बार माग गर्दा पनि कुलो निर्माण योजनाको स्टीमेट, आयव्याय, कामदारलाई दिएको रकमको मात्रा लगायतका बारेमा स्थानीय बेखबर छन्। अध्यक्षले समन्वय नगरी योजनाको काममा एकलौटी गरेको पुरानो उपभोक्ता समितिका सदस्य रहेका चण्डीराज बिकले बताए। ‘हामी समितिमा बसेकालाई समेत कति बजेट आए, यसरी खर्च गर्ने, यती खर्च भयो, यती बाँकी छ भन्ने जानकारी भएन,’ बिकले भने, ‘एकलौटी ढंगले आफ्नो खेततिर जाने कुलो बनाउने काम गर्नुभयो। भुक्तानी लिन जानेबेला सही गर्नुपर्छ भन्नुभो, हामीले मानेनौँ, भएको यत्ती हो।’
योजनाको आर्थिक पारदर्शीताका विषयमा विवाद बढ्दै गएपछि र काममा अवरोध आएपछि काभ्रेखोला देविथान मुहान कटहरे कुलो जल उपभोक्ता समितिका अध्यक्ष लामाले राजीखुसीले भन्दै गत फागुन २४ गते पदबाट राजीनामा दिइसकेका छन्। योजनाको हिसावकितावको खोजी सुरु भएपछि र उपभोक्ता समितिका अध्यक्षको राजीनामा आएपछि योजनाको बाँकी काम अलपत्रको अवस्थामा पुगेको छ।
अध्यक्ष लामाको राजीनामा आएपछि कार्यबाहक वडाध्यक्ष धनबहादुर राईको उपस्थितिमा फागुन २७ गते टंकराम तामाङको अध्यक्षतामा देविथान मुहान कटहरे कुलो जलउपभोक्ता समिति पुनर्गठन गरिएको छ। तामाङको अध्यक्षतामा चैत ९ गते बसेको बैठकले योजनाको बाँकी कामको सम्झौताका लागि भौतिक पूर्वाधार जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा जाने निर्णय गरे पनि हालसम्म काम सुचारु हुने वातावरण बन्न सकेको छैन।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले पुरानो समितिलाई भुक्तानी हुने वातावरण बनेपछि मात्र नयाँ उपभोक्ता समितिसँग सम्झौता हुने बताए। ‘पुरानो उपभोक्ता समितिबाट भएको कामको भुक्तानी पुरानै समितिको नाममा हुन्छ। नयाँ समितिबाट भएको कामको रकम नयाँ समितिको नाममा जान्छ,’ प्रमुख ज्ञवालीले भने, ‘पुरानो समितिबाट करिब पाँच लाख बराबरको काम भएको छ। यस विवादका पछाडि पोलिटिक्स पनि घुसेको हुन सक्छ।’ यस बारेमा प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजना उपभोक्ता समितिका निवर्तमान अध्यक्ष लामाले फोन उठाएनन्।
काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण आयोजनाको २ हजार ७ सय मिटर लामो पक्की कुलो निर्माणका लागि बजेट आएको हो। तर, हालसम्म काभ्रेखोलाबाट साउनेपाटो खोल्सीसम्म मात्र कुलो निर्माण गरिएको छ। कुलोलाई साउनेपाटो खोल्सीबाट अगाडि बढाउनुपर्नेमा सिधै तल झारेर डिपिआर नै नगरिएको ठाउँमा १०४ मिटर कुलो निर्माण गरिएको स्थानीयको दावी छ। जलश्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख ज्ञवालीले भने १०४ मिटर कुलो मुल कुलो नभै शाखा कुलो भएको बताए।