काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेर ६१ हजार ५ सय पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ अमेरिकी डलरले बढेको र नेपाली मुद्रा डलरको तुलनामा कमजोर बन्दै गएका कारण मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ ले बढेर एक हजार ६० पुगेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७ डलर पुगेको बताइएको छ। यो साताभर नै सुनको मूल्यमा उतारचढाव आइरहेकाले नेपालीको चाडवाडको समय भए पनि सुनको कारोबार पहिलेको तुलनामा १० प्रतिशतमात्र भएको शाक्यले बताए ।
अर्को समाचार
सुनको मूल्य १६ सय बढ्यो
काठमाडौं – सुनको मूल्य एकै दिन प्रतितोला १ हजार ६ रुपैयाँले बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ५० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ वर्षयताकै कम मूल्य ४८ हजार ७ सयमा झरेको थियो।
दुई सातादेखि निरन्तर घटेको सुनको मूल्य मंलबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०६८ साउन २६ गते पहेंलो धातुको भाउ तोलाको ५० हजारभन्दा माथि उक्लेको थियो। त्यस्तै मंसिर १० मा मूल्यवृद्धिको रेकर्ड रार्ख्दै ६१ हजार ८ सय ५० रुपैयाँ पुगेको थियो। यो वर्षको वैशाखमा पनि सुनको मूल्य घटेर ४९ हजार ५ सय पुगेको थियो।