काठमाडौं, पुस २५ (नागरिक)- सुन र डलर दुबैको मूल्य यो साता अस्थिर रहे। साताको सुरुभन्दा अन्तिम दिन सुनको मूल्य महँगो भयो भने डलरको मूल्य घट्यो।
यो साता सुनको मूल्य स्थानीय बजारमा प्रतिदशग्राम एक सय ३० रुपैयाँले बढ्यो। नेपाली बजारमा शुक्रबार प्रतिदशग्राम सुनको मूल्य २६ हजार ८ सय ८० रुपैयाँमा कारोबार भयो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार साताको पहिलो दिन आइतबार अमेरिकाको न्युयोर्क कमोडिटी मर्कन्टाइल एक्सचेन्जमा भएको कारोबारको आधारमा नेपाली बजारमा प्रतिदशग्राम सुनको मूल्य २६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार यही परिमाणको सुन मूल्य बढेर २७ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। लगत्तै बुधबार स्थानीय बजारमा यही परिमाणको सुनको भाउ ८५ रुपैयाँ घटेर कारोबार भयो।
बुधबार मूल्य केही माथि पुगेपनि शुक्रबार फेरि सुनको मूल्य २ सय ५५ रुपैयाँले घटेर कारोबार भयो। यो साता स्थानीय बजारमा दशग्राम चाँदीको ४ सय ५० रुपैयाँमा कारोबार भयो।
अन्तर्राष्ट्रिय बजारमै तगडा
समाचार एजेन्सी रोयटर्सका अनुसार यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य माथि पुगेर कारोबार भयो। लगातार पाँच साता भाउ ओरालो लागेको सुनको मूल्य यो साता केही सुधारिएको हो।
अमेरिकी डलर कमजोर भएकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य माथितिर उक्लिएको हो। डिसेम्बरमा अमेरिकामा बेरोजगारदर सुधार नभएको तथ्यांक बाहिर आएपछि डलरको भाउ अन्य विदेशी मुद्राको तुलनामा कमजोर भयो जसले लगानीकर्तालाई फेरि सुन बजातरै खिच्यो।
न्युयोर्क मकन्टाइल एक्सचेन्जमा शुक्रबार प्रति आउन्स सुनको मूल्य १ हजार १ सय ३८ डलरमा कारोबार भयो। पाँच साताभित्र सुनको मूल्य झरेर प्रतिआउन्स १ हजार ९३ डलरसम्म कारोबार भएको थियो। त्यतिखेर अमेरिकी अर्थतन्त्र सुधारतर्फ लागेको तथ्यांकले डलरको भाउलाई बलियो बनाएको थियो। डलर बलियो हुनेक्रम जा रहँदा सुनको मूल्य कमजोर भइरहेको थियो। विश्लेषकहरुले डलर कमजोर भएकै कारण सुनको मूल्य २० डलर महँगिएको बताएका छन्। विश्वव्यापी आर्थिक मन्दीले दिएको निरासा कायमै हुनु, बैंक ऋणको व्याजदर बढ्ने त्रासले सुनमा लगानीकर्ताहरु आकर्षित भइरहेका छन्।
खस्कियो डलर
नोभेम्बरमा अनुमान गरेभन्दा कम बेरोजगार भएको अमेरिकी श्रम बजारले डिसेम्बरमा सोचेभन्दा बढी कामदार गुमायो। अघिल्लो महिनाको तथ्यांकले डलरको भाउ माथि पुग्यो भने पछिल्लो महिनाको तथ्यांकले यसको भाउ घटायो।
नेपाली बजारमा यो साता डलर १ रुपैयाँ ५४ पैसाले कमजोर बन्यो। भारतीय रुपैयाँको भाउ डलरको तुलनामा बलियो भएकाले स्थानीय बजारमा डलर सस्तिएको हो। शुक्रबार एक अमेरिकी डलरको मूल्य ७३ रुपैयाँ ३१ पैसामा कारोबार भयो।
नेपाल राष्ट्रबैंकले आइतबार एक डलरको मूल्य ७४ रुपैयाँ ८५ पैसा तोकेको थियो। मंगलबार डलरको मूल्य ४४ पैसा सस्तियो। बिहीबार डलरको मूल्य थप ५५ पैसा कमजोर बन्यो। शुक्रबार थप ५९ पैसा सस्तिएपछि कारोबार बन्द भयो।
डलरमात्र होइन, यो साता युरोको मूल्य २ रुपैयाँ ४० पैसा र पाउन्डस्टर्लिङ ३ रुपैयाँ ७७ पैसा सस्तियो। राष्ट्रबैंकका अनुसार शुक्रबार युरोको १ सय ५ रुपैयाँ ४७ पैसामा कारोबार भयो। यो दिन पाउन्डको मूल्य १ सय १६ रुपैयाँ ९५ पैसा रह्यो।