उद्योग, व्यवसाय ७५ प्रतिशत ठप्प
१५ भदौ २०७७
•
४ मिनेट पाठ
उद्योग, व्यवसाय ७५ प्रतिशत ठप्प
कोभिड–१९ को कारण लामो लकडाउनपछि खुल्न थालेका उद्योग फेरि धमाधम बन्द भएका छन् । मुलुकका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा, उद्योगका कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उद्योग, व्यवसाय बन्द भएको हो ।




नेपाल उद्योग वाणिज्य महासंघ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कोभिडको कारण निषेधाज्ञा हुँदा ७५ प्रतिशत उद्योग, व्यवसाय ठप्प भएको छ । अहिले मुस्किलले २५ प्रतिशतमात्र उद्योग, व्यवसाय सञ्चालनमा छन् । चलेका उद्योगले पनि ३०–३५ प्रतिशत क्षमतामा उत्पादन गरेको उद्योगी बताउँछन् । लकडाउन खोलेपछि वातावरण सामान्यतर्फ फर्किने आशासहित करिब ७० प्रतिशत उद्योग सञ्चालनमा आएकोमा निषेधाज्ञा र कोरोना फैलिएपछि फेरि बन्द भएका हुन् ।

विगतको लडकडाउनमा भन्दा अहिले धेरै उद्योग बन्द भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार मुलुकका १० औद्योगिक क्षेत्रमा करिब सात सय उद्योग छन् । निषेधाज्ञाको कारण पानी, दूध, खाद्यान्न बाहेकका सबै उद्योग बन्द भएको लिमिटेडका निर्देशक दिलीप श्रेष्ठले बताए । ‘मुस्किलले २०–२५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन्,’ श्रेष्ठले भने, ‘लकडाउनमा भन्दा पनि निषेधाज्ञामा धेरै उद्योग बन्द भए । उद्योग सञ्चालन गर्दा कोरोना लागे सम्बन्धित उद्योगले बेहोर्नुपर्ने सरकारी नीतिका कारण पनि उद्योग सञ्चालक डराएको उनले बताए । ‘विगतमा भन्दा जोखिम बढ्दा उद्योग चलाउन डराए,’ श्रेष्ठले भने, ‘कर्मचारीमै कोरोना देखिन थालेपछि बन्द भए ।’

स्वास्थ्यको प्रोटोकल पालना गरेर सञ्चालन गर्नुपर्छ ।
–चन्द्रप्रसाद ढकाल  ,उपाध्यक्ष–उद्योग वाणिज्य महासंघ
कतिपय औद्योगिक करिडोरमा कोरोनाको कारण उद्योग सिल भएका छन् । निषेधाज्ञाले कामदार आउन–जान समस्या छ । सञ्चालनमा रहेका उद्योगमा पनि कर्मचारी त्रसित छन् । उत्पादित वस्तुको बजारीकरणमा समस्या भएपछि उत्पादन कटौती भएका छन् ।

मुलुकका प्रमुख औद्योगिक करिडोर बारा, पर्सा, हेटौंडा, पोखरा, भैरहवा, विराटनगर, सुनसरी, नेपालगन्ज लगायत सबै ठाउँमा उद्योग बन्द छन् । विभिन्न ठाउँमा रहेका उद्योगहरू आरती स्टिल, प्रिमियर स्टिल, पशुपति पेन्ट्स, चौधरी ग्रुपको बिस्कुट उद्योग, जगदम्बा, बालाजुको हुकुम फुड, सिद्धार्थ सिमेन्ट, सम्राट सिमेन्ट लगायत दर्जनौं उद्योगसहित औद्योगिक करिडोरमा कोरोना देखिएपछि उद्योग सिल भएका छन् । सीमा क्षेत्रका औद्योगिक क्षेत्रमा भारतीय मजदुर ल्याएपछि पनि संक्रमण फैलिएको उद्योगी बताउँछन् । मजदुरको पिसिआर परीक्षण नगरी काममा लगाएका कारण कोरोना पोजेटिभ देखिएपछि उद्योगनै सिल गरिएको हो । त्यसपछि उद्योगी र कामदार पनि त्रसित बनेका छन् ।  

विगतमा लकडाउनकै बीचमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग प्रतिष्ठान सञ्चालन मापदण्ड, २०७७’ जारी गरेर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न आग्रह गर्दै आएपछि उद्योग खुलेका थिए । लकडाउन खुलेपछि प्रमुख औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्न थालेको भए पनि धमाधम कोरोना देखिएपछि सिल भएका थिए । त्यसपछि औद्योगिक करिडोर नै बन्द भएका हुन् ।

उद्योग मात्र नभएर व्यापार, व्यवसाय पनि ठप्प छ । ५४ भन्दा बढी जिल्ला सदरमुकासहित प्रमुख सहरमा निषेधाज्ञा छ । कोरोनाको कारण व्यापार, व्यवसाय ठप्प भएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ‘निषेधाज्ञाको कारण सप्लाई चेनमा नै प्रभाव परेको छ,’ ढकालले भने, ‘कामदार, आवतजावतमा समस्या, पसल खोल्न नपाइने लगायत कारण उद्योग, व्यवसाय सञ्चालन हुन सकेका छैनन् ।’  

चलेका उद्योगले पनि पूर्ण क्षमतामा उत्पादन गरेका छैनन् ।  
–विष्णुकुमार अग्रवाल  ,वरिष्ठ उपाध्यक्ष–नेपाल उद्योग परिसंघ
खाद्यान्न, तरकारी, फलफूल पसल निश्चित समय तोकेर खोलेकाले ग्राहक पनि कम आएको उनले बताए । लामो समयदेखि उद्योग, व्यवसाय बन्द भएकाले विकल्प खोज्नुपर्ने उपाध्यक्ष ढकाल बताउँछन् । ‘सधैं उद्योग, व्यापार बन्द गर्नु समाधान होइन,’ ढकालले भने, ‘स्वास्थ्यको प्रोटोकल पालना गरेर सञ्चालन गर्नुपर्छ ।’ यसले अर्थतन्त्र डाँवाडोल भएको उनले बताए । सञ्चालनमा रहेका उद्योगमा जनशक्ति, कच्चा पदार्थको कारण उद्योग पूर्ण क्षमतामा चल्न नसकेको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल बताउँछन् । ‘जनशक्ति र कच्चा पदार्थको कारण उद्योग सञ्चालन हुन सकेका छैनन्,’ अग्रवालले भने, ‘निश्चित क्षमतामा मात्र चलेका छन् ।’ उत्पादित वस्तको लागि बजारको पनि समस्या भएको उनले बताए ।

अत्यावश्यक सेवामा पर्ने दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, चिउरा, चिनी, बिस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तुका उद्योग पनि न्यून क्षमतामा चलेका छन् । अत्यावश्यक मानिएको औषधी उद्योग पूर्ण क्षमतामा चलेका छैनन् । औषधी उत्पादन गर्दै आएको लोमस फर्मास्युटिकल प्रालि अहिले क्षमताको ३० प्रतिशत मात्र चलेको छ । उत्पादित औषधीको बजार नभएको कारण न्यून क्षमतमा सञ्चालन गरेको लोमका सञ्चालक प्रबलजंग पाण्डे बताउँछन् । ‘कोभिडको कारण निषेधाज्ञा हुँदा औषधीको बिक्री भएको छैन,’ पाण्डेले भने, ‘बिक्री नभएपछि सीमित क्षमतामा उद्योग चलाएका छौं ।’

उद्योगी, व्यवसायी व्यवसाय नै बन्द गर्नुको विकल्प नभएको बताउँछन् । लकडाउनका बेला स्वास्थ्य मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न भने पनि अहिले निषेधाज्ञामा झन् कडाइ भएकाले उद्योग सञ्चालन हुन नसकेको औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक श्रेष्ठले बताए ।  

कोभिड–१९ को प्रकोप र त्रास बढ्दै गएकाले उद्योगी थप चिन्तित बनेका छन् । औद्योगिक क्षेत्रमा कोभिडको असर अझै लम्बिने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले बन्दाबन्दीपछि उद्योग, व्यवसाय सामान्य अवस्थामा फर्कन करिब नौ महिना लाग्ने देखाएको थियो ।
अर्को समाचार
हस्त कलाबाट मनग्य आम्दानी
०५ वैशाख २०८१
•
१ मिनेट पाठ
हस्त कलाबाट मनग्य आम्दानी
दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन्। विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन्।




हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन्।

हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन्।

हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन्, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ।’

उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने उनले सुनाइन्। 

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन्। उनले भनिन्, ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन।’उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन्। 

सरिता जस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन्। तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको उनी बताउँछिन्।  

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन। सामग्री उत्पादनमा मात्रै लागेकी महिलाले महिनामा ३० हजारसम्म कमाउने गरेका छन्।’

उनका अनुसार काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको बताइन्।-रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस