संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
२१ फागुन २०८१
•
४ मिनेट पाठ
संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
 एक महिनाअघि अदालतको आदेशबाट रोक्का भएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको बैँक खाताहरु अदालतकै आदेशमा खुलेका छन् । काठमाडौँ जिल्ला अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै गत माघ ८ गतेको फैसला अनुसार रोकिएका उद्योगका सबै खाता अर्को आदेशले खुलेको उद्योगले जनाएको छ ।

उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार उद्योगलाई आपूर्ति गरेको सामग्रीको भुक्तानी नपाएको भन्दै उद्योग व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहिसकेका सप्लायर्स रौता सर्भिसेज प्रालिका सञ्चालक सुबास राउतको मुद्दाको फैसला गर्दै अदालतले बैँक खाता फुकुवा गरेको हो । अघिल्लो आदेशले राष्ट्रिय बाणिज्य बैँक, ग्लोबल आईएमई, नेपाल बैँक, सनराईज, सिटिजन र कृषि विकास बैँकलगायतमा रहेका २८ वटै चालु, पुँजीगत र बचत गरी २८ वटा खाताहरु पुनः सञ्चालनमा आएका छन् ।

‘माघ ७ गतेको फैसला अनुसार रोकिएका खाताहरु माघ २१ गतेको अर्को फैसलाले सञ्चालन भएका छन्’ जिएम साहले भने ‘खाता मात्र खुलेको होईन, राउतले पाउनुपर्ने बक्यौता भुक्तानीसमेत अदालतले नै उद्योगको खाताबाट तानिदियो ।’

जिएम साहका अनुसार अदालतले ग्लोबल आईएमई बैँक गाईघाट शाखाको नाममा माघ २२ गते लेखेको पत्रानुसार उद्योगलाई उपलब्ध गराएको सामग्रीवापतको रकम रौता सर्भिसेज प्रालिका सञ्चालक राउतलाई भुक्तानी गरिएको हो । अदालतको पत्रमा सर्भिसेजले उद्योगबाट पाउनुपर्ने ९६ लाख ९२ हजार ५ सय ५२ रुपैँया ३० पैसा जम्मा गरेको भौचर बुझाउन भनिएको छ ।

‘...यस अदालतको कार्यालय कोड नं. २०४९७३५०१ खाता सञ्चालन गर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय सिंहदरवार काठमाडौको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाता नं. १९६०१००१०२०३०००० मा जम्मा गरी सो रकम बुझाएको भौचर तथा विवरणसहितको जवाफ यस अदालतमा पठाईदिन हुन अनुरोध गरिन्छ’ अदालतका फैसला कार्यान्वयन अधिकारी उपसचिवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

अदालतको फैसला अनुसार गरिएको भुक्तानी रकम उद्योगको यन्त्र उपकरण मर्मतसम्भार गर्न भनी गतवर्ष अर्थ मन्त्रालयले दिएको १६ करोडमध्येबाट गएको साहले बताए । यन्त्र उपकरण मर्मतसम्भार तथा आवश्यक नयाँ मेसिन खरिद गर्ने शर्तमा अर्थले १० वर्षभित्र साँवा व्याज तिरिसक्ने शर्तमा १६ करोड ऋण सहयोग उद्योगलाई उपलब्ध गराएको थियो । अर्थले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मितिः ०८० पुस २२ गते लेखेको पत्रमा ‘सो रकम प्रयोग गर्दा उद्योग व्यवस्थापन समितिबाट निर्णय गराइ पँुजीगत शीर्षकमा मात्र मर्मत सुधार तथा खरिद गर्ने सुनिश्चित गरेर मात्र गर्न’ भनिएको थियो ।

त्यससँगै विभिन्न शर्त राखेर दिइएको उक्त रकम तोकिएको शीर्षकभन्दा बाहिर गएर खर्च गर्न नहुने भन्दै कर्मचारीहरुबाटै विरोध भईरहेको छ । मर्मतसम्भार शीर्षकमा मात्रै खर्च गर्नेगरी आएको रकम दुरुपयोग नहोस् भनेर सचेत गराउँदा गराउँदै पार्टीलाई भुक्तानी गएको भन्दै उद्योगका मजदुर कर्मचारीले असन्तुष्टि जनाईरहेका छन् ।

पप्छिल्लो समय नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरी सञ्चालित उद्योगमध्येको एक उसिउलि तङ्ग्रिनै नसक्ने गरी थला परेको छ । तत्कालीन महाप्रन्धक (जिएम) गोपीकृष्ण न्यौपाने नेतृत्वकालमै घाटान्मुख उद्योग पछिल्लो २ वर्षयता जिएम र सञ्चालक समिति अध्यक्षसमेत नपाउँदा उठ्नै नसक्ने गरी थला परेको हो ।

चालुवर्ष १-२ महिना लर्‍याङलुरुङ चलेको उद्योग बिगत ७ महिनायता पूर्णरुपमा बन्द छ । केही महिना छिटफुट क्लिङ्कर उत्पादन गरे पनि कोईलालगायत कच्चा पदार्थको अभाव तथा यन्त्र उपकरण मर्मतको वहानामा बन्द भएको थियो । केही महिनायता मर्मतकै नाममा बन्द रहेको उद्योगलाई वर्षदिनअघि ऋणवापत प्राप्त अर्थ मन्त्रालयको उद्योग मर्मतसम्भार शीर्षकको १६ करोड कसरी खर्च गर्ने भन्नेमा माथापच्ची चलिरहेको उद्योगलाई नजिकबाट नियाल्नेहरु बताउँछन् ।

रुग्न उद्योग सञ्चालन सङ्घर्ष समितिका संयोजकसमेत रहेका प्रदुषण प्रभावित क्षेत्र त्रियुगा नगरपालिका ५ का राधारमण खतिवडाले उद्योग धरासायी हुँदै गएपछि अर्थ अभावले बन्द हुने खतरा भएकाले तत्कालीन सरकारसँग आग्रह गरेर १६ करोड ऋण लिइएको बताए । त्यसबेला आफुलगायत जिल्लाबासी राजनीतिक दलका प्रतिनिधि मिलेर तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द)का अध्यक्ष प्रचण्डलाई भेटेको प्रतिनिधिमण्डलको माग बमोजिम उद्योग मर्मतसम्भार गर्न वार्षिक ७ प्रतिशत व्याजदरमा १६ करोड बजेट उपलब्ध गराएको उनले बताए ।

तर, त्यसबाट मर्मत गर्ने भनिएको यन्त्र उपकरणको मर्मत भए नभएको वा नयाँ खरिद भए नभएको कुरा आफुलाई जानकारी नभएको उनलेब ताए । उद्योगलाई चाहिने मेटालिक चेन फेर्नका लागि ठेक्का लागेर खरिद गरी ल्याउदै गरेको किल्न सेल भने लाहान–गाईघाट सडक खण्डमा दुर्घटनामा परेर चुरे जङ्गलमै पडिरहेको छ । क्रेन लरीमा चढाएर ल्याइदै गरेको सेल गत कात्तिकमै दुर्घटनामा परेको जिएम साहले बताए ।  

तर, सो चेन उद्योगलाई बुझाउन बाँकी रहेकाले भुक्तानी भने गर्न नपरेर उद्योगलाई केही क्षति नभएको साहको भनाई छ । साहका अनुसार ठेकेदार ट्याक्टीकल कम्पनी काठमाडौँले ल्याउँदै गरेको किल्न सेल बोकेको क्रेन चुरे जङ्गल उकालोमा पल्टेर सडकमुनि फस्न पुगेको हो ।  

दैनिक ९ सय मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता भएको उसिउलि विगत ३ वर्षयता व्यवस्थापकीय नेतृत्वविहीन हुन पुग्दा एकताका एसियाकै गुणस्तरीय सिमेन्ट गैडा ब्राण्डमा ख्याती कमाए पनि अहिले उठ्न नसक्ने अवस्थामा रुग्न भएको छ ।  

सय वर्षसम्म पुग्ने गुणस्तरीय चुनढुङ्गा खानी, हजारौँ बिगाह क्षेत्रफलको रातोमाटो खानी भएको उद्योग  जापान सरकारले नेपाललाई हस्तान्तरण गरेपछि दोहन सुरु भएर यो हालतमा पुगेको हो । खासगरी ०४६ सालको वहुदलीय व्यवस्थापछिका सरकारले कार्यकर्ता भर्तीकेन्द्रमा परिणत गरेपछि ओरालो लागेको उद्योग निकै कठिन मोड पार गरे मात्र पुनस्र्थापित हुने स्थानीय बताउँछन् । 
अर्को समाचार
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
०९ जेष्ठ २०८२
•
४ मिनेट पाठ
उदयपुर सिमेन्टलाई चुनौती थप्दै निजी उद्योग
सरकार, आफ्नै कर्मचारी, अदालत तथा विभिन्न बाह्य र आन्तरिक तत्वहरूको असहयोगले भूमरीमा फसेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई निजी सिमेन्ट उद्योगहरू थप चुनौतीको रूपमा उभिँदै आएका छन्। बन्द भएको ६ महिनापछि मर्मत सम्भारपछि दुई साता सञ्चालन गर्दा उत्पादित गैँडा सिमेन्ट बिक्रीमा निजी उद्योगहरू चुनौती बनेर उभिएका हुन्।

पूर्ण सरकारी स्वामित्वको उद्योगबाट उत्पादित गैँडा छापलाई अहिले भाउको समस्या आइ लागेको छ। निजी उद्योगहरूलले बजार भाउ स्वाट्टै घटाएपछि गैँडा सिमेन्ट किन्ने ग्राहक घटेको उद्योगका निमित्त महाप्रबन्धक महेश साह बताउँछन्। उनका अनुसार ५० किलो तौलको गैँडा सिमेन्टको बजार मूल्य ७ सय ९१ कयम गरिएको छ। तर, निजी उद्योगहरूले प्रतिबोरा ७ सय ५० रुपैयाँमा बेच्न थालेपछि गैँडाका ग्राहक घट्न थालेको साहले बताए।

यसअघि ७ सय ५१ रुपैयाँ कायम रहेको गैँडा सिमेन्टको मूल्य ४० रुपैयाँ थपेर प्रतिबोरा ७ सय ९१ पुर्‍याइएको थियो। एसियाकै गुणस्तरीय गैँडा सिमेन्टको मूल्य ७ सय ५१ हुँदा निजी उद्योगका सिमेन्टको मूल्य ८ सय ४० थियो। त्यहीँ आधारमा उद्योग व्यवस्थापन समितिले प्रतिबोरा ४० वृद्धि गरेर ७ सय ९१ कयम गरेको थियो।

सिमेन्ट लगातार बिक्री भइरहेकै बेला ३ दिनपछि निजी सिमेन्टको मूल्य ९० रुपैयाँ प्रतिबोरा घटाएर ७ सय ४० मा झारेपछि गैँडाका ग्राहक घटेका हुन्। बजारमा निजी सिमेन्ट होङ्सी, मारुती, सौर्य, गाल्डेन लगायत ब्राण्डका सिमेन्ट ८ सय ४० बाट ७ सय ५० मा घटेसँगै ग्राहक घट्न थालेको उद्योगले जनाएको छ।

जिएम साहका अनुसार सरकारी उद्योग भएकाले गैँडा सिमेन्टका भाउ तुरुन्त बढाउन वा घटाउन मिल्दैन। त्यसका लागि बोर्ड बैठक बस्नुपर्ने, कारणसहित प्रस्ताव लगेर पारित गर्नुपर्नेलगायत कानुनी झन्झट छन्। तर, निजी उद्योगले मन लाग्यो घटाउन र बढाउन जति खेर पनि सक्छन्। उनीहरू चहेको बेला गैँडाभन्दा सस्तो र महँगो बनाउन जतिखेर पनि सक्ने भए पनि उदयपुर सिमेन्टलाई त्यत्ति सहज छैन।

निजी उद्योगहरूले मूल्य घटाएपछि त्यसको प्रभाव गैँडालाई प्रत्यक्ष रूपमा परेको छ। केही दिन अवस्था हेरेर मूल्य समायोजन गर्ने/नगर्ने टुङ्गोमा पुग्ने पनि साहले बताए। दुई साता मात्र चलेको उद्योगको त्यत्ति धेरै क्लिङ्कर बाँकी नरहे पनि बेच्दै तलब खुवाउँदै आएका बेला बिक्रीमा कमी आउँदा असर परेको साहको भनाइ छ। ‘हामीले दुई साता उद्योग चलाएर उत्पादित सिमेन्ट बेच्न थालेपछि ५ महिना लामो समयदेखि भोको पेट रहेका कर्मचारीलाई तलब दिन थालेका थियौँ,’ साहले भने, ‘यसैबीच निजी उद्योगले भाउ घटाएपछि प्रभाव परेको छ। त्यसैले बाँकी कर्मचारीलाई तलब खुवाउन पनि समस्या भइरहेको छ।’

लेखा अधिकृत उद्धब घिमिरेले बिक्री भएको सिमेन्टबाट चौथो चरणमा थप ३३ जनाले तलब पाएको बताए। त्यसअघि पहिलो लटमा २६, दोस्रो २४ र तेस्रो चरणमा ३० गरी ३ लटमा ८० जना कर्मचारीले तलब पाइसकेको उनले बताए। चौथो चरणमा थप ३३ कर्मचारीको तलब निकासा भइसकेको छ। सबै गरी अहिलेसम्म १ सय ३ जनाले तलब पाइसकेको र अब १ सय १५ जनाको बाँकी छ। यो बीचमा भीषण वर्षा हुनु र निजीको भाउ घट्नुले बिक्रीमा कमी आएकाले बाँकीलाई तलब खुवाउन नसकिएको घिमिरेले बताए।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ०८० चैतमा उद्योग मर्मत गर्न अनुदान दिएको १६ करोडमध्ये उद्योग मर्मत गरेर बाँकी ११ करोडबाट ५ करोड आन्तरिक ऋण लिएर कच्चा पदार्थको जोहो गरी बन्द उद्योग सुचारु गरिएको थियो। वैशाख दोस्रो साता पहिलो पटक किल्न फाइरिङ गरेर सुचारु गरिएको उद्योगले पटक-पटकका विद्युत् अवरोधका बाबजुद दुई सातामा ४८ हजार मेट्रिकटन क्लिङ्कर अर्थात ९० हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो।

दुई साता चलेपछि कोइला सकिएका कारण अहिले उद्योग पुनः बन्द भइसकेको छ। सिमेन्ट लगातार बिक्री भए कर्मचारीलाई एक महिनाको तलब खुवाएर बाँकी रकमबाट कोइला खरिद गरी उद्योग सुचारु गर्ने योजना रहेको जिएम साहले बताएका छन्। तर, निजी सिमेन्टको भाउ घट्नाले भनेजस्तो सिमेन्ट बिक्रीमा ढिलाई भइरहेको उनले बताए।

दुई सातामै ७ करोड मूल्य बराबरको सिमेन्ट उत्पादन भएकाले आन्तरिक ऋण ५ करोड तिरेर, एक महिनाको तलब कर्मचारीलाई खुवाउन र विद्युत् महसुलसमेत बुझाउन पुग्ने आय उद्योगले बनाएको छ। यसअघि नै अदालतले सबै बैंक खाताहरू रोक्का गर्ने आदेश दिएर ‘बेरियर’ खडा गरेको उद्योगलाई यसबेलै निजी सिमेन्टहरूले भाउ घटाएर अर्को चुनौतीको पर्खाल खडा गरेकोमा मजदुर कर्मचारी रुष्ट भएका छन्।

यता स्थानीय राजनीतिक दल, मजदुर कर्मचारी तथा सरोकारवालाहरूले उद्योग निजीकरण नगर्न चेतावनी दिँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। दुई दिनअघि मात्र नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटी उदयपुर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ उदयपुर, अखिल नेपाल औद्योगिक मजदुर सङ्घ उसिउलि, उदयपुर सिमेन्ट बचाउन सङ्घर्ष समिति र विप्लव नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) उदयपुरले छुट्टाछुट्टै ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउँदै निजीकरणको साटो पब्लिक–प्राइभेट–पार्टनरसिप (थ्री पी) मोडलमा उद्योग चलाउन सुझाएका थिए।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उनीहरूले उद्योग कुनै पनि हालतमा निजीकरण गर्न नदिने अडान लिएका छन्। वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारको वैशाख १५ गतेको मन्त्रिपरिषद बैठकले उदयपुर सिमेन्टलगायत देशका विभिन्न ७ वटा सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना निजीकरण गर्ने निर्णय गर्दै कानुनी प्रक्रियामा लाने निर्णय गरिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस