आङ्गनको कुनामा एउटा बिरामीलाई झाँक्री जस्तोले झारफुक गरिरहेको थियो। ती दुवैलाई घेरेर बसेका बूढापाकाको डर मिश्रित उत्सुकता त्यसमै केन्द्रित थियो। छेवैमा केही युवा पुरानो देखिने खाटमा बसेर गफ चुटिरहेका थिए। पछाडि बिछ्याइएको दरीमा केही आइमाइ कुराकानी र काम एकै पटक गर्दै थिए। अनि केटाकेटी खेल्ने क्रममा भागाभाग गरिरहेका थिए।
ती सबै भूत थिए। एक जना भूत बिरामी भएकाले झाँक्री भूतले उसलाई फुकिरहेको थियो भने बूढा भूत त्यहीँ झुम्मिएका थिए। त्यस्तै युवा भूत गफ चुटिरहेका थिए भने आइमाइ भूत काम गरिरहेका। सँगै आएका उनीहरुका केटाकेटी खेलिरहेका थिए।
उनीहरु आफ्नै काममा व्यस्त देखिए पनि सबैको ध्यान झारफुकको नतिजातर्फै थियो। एक्कासि झाँक्री जस्तो देखिने बूढोले आफूसँग रहेको कुचो पानीमा भिजाउँदै बिरामीलाई हिर्काउन थाल्यो। आफ्नो स्थानमा बसेर विस्तारै टाउको हल्लाउँदै नसुनिने गरी बोलिरहेकाले अब बेसरी टाउकोअगाडि र पछाडि गर्दै कराउन थाल्यो। यो क्रम केहीबेरसम्म चलेपछि बिरामी घोप्टो परेर पल्ट्यो।
लगत्तै त्यहाँ एक किसिमको कोलाहल मच्चियो। आइमाइ डराएर कानेखुसी गर्न थाले। बूढापाका भूत अब के हुने हो भन्ने भाव लिएर आत्तिन थाले। युवाको गफ एक्कासि रोकियो। केटाकेटी पनि खेल्न छाडेर आ-आफ्ना आमानजिकै आए। के भयो ? के भयो ? को आवाज चारैतिरबाट आयो। तर जवाफमा अत्याहटबाहेक स्पष्ट केही आउन सकेन।
झाँक्रीलाई घेरेर बसेका बूढापाका आत्तिएर फर्किए। त्यसपछि उपस्थित सबै झनै अन्योलमा परे। एकैछिनमा कोलाहल झनै बढ्यो। 'ए बाब्बा। अब के गर्ने होला ?'- बूढापाकाहरुको हुलबाट कुरा निस्क्यो।
'के भयो ? के भयो ? युवा तथा महिलातर्फबाट जिज्ञासा आयो।
ओ हो ? जिज्ञासा राख्न गएकी महिला पनि डराउँदै फर्की।
'के भएछ ?'- अर्कीले सोधी।
'उसलाई त मनुवाले छोएछ रे'- अब डराउने पालो सबै आइमाइको थियो।
'ओ हो' मानिस लागेछ। अब के गर्ने होला महादेवता'- सबै आइमाइ एकै स्वरमा कराए।
मानिस लागेको सुनेर भूतको एउटा दुब्लो बच्चा आफ्नी आमाको धोती समाउँदै पछाडि लुक्ने प्रयास गर्यो।
त्यत्तिकैमा एउटा अझ स्यानो भूत बालक निसास्सिँदै रुन थाल्यो। आमाचाहिँले दगुर्दै गएर काखमा लिइ। हैन के भएको ? 'ऊ त्यो दाइले उसलाई खेल्दाखेल्दै म मानिस हुँ“ भनेर मुख बिगारेपछि डराएर रोयो।' अर्कोले भन्यो- 'ए त्यस्तरी डराउन दिने हो त। हेर त बच्चा कहालिएको छ। सातो गयो क्यारे'- उसकी आमाले भनी। 'हैन अब दिउसैमा त्यसरी जता पायो त्यता हिँड्न हुँदैन भनेर हामीले धेरै पटक भनेका थियौं। अब अचेलका केटा भनेको मान्ने होइनन्।' बूढापाकाको हुलबाट एउटा भूतले भन्यो।
'त्यही त। उसको बुबा त निकै कडा भएकाले मेरा केटाकेटी त उज्यालो हुनुअघि नै घर फर्किन्छन्'- एउटी आइमाइले आफ्नो घरको अनुशासन खोली।
'हैन केही उपाय छैन रे ?'- अर्कीले बिरामी भूततर्फ इङ्गित गर्दै जिज्ञासा राखी।
उसको कुरा सुनेको एक जना बूढाले जवाफ दियो- अब मानिसकै फेला परेपछि के उपाय हुनु खै। हरे...। हेर तन्नेरीमै मर्ने भयो विचरो। हैन यो सर्वशक्तिमानले मानिस किन बनाएको होला विनासित्तिमा।' लठ्ठी टेक्दै उभिएको एउटो बूढो भूत यति भनेर दुवै हात टाउकोमा राख्दै थचक्क भुइँमा बस्यो।
'दुनिया कहाँ पुगिसक्यो, ठूला बाजे भने अझ पनि मनुवा सनुवामाथि विश्वास गर्नुहुन्छ'- एउटा तन्नेरी भूतले यति भन्दा पनि आफूभित्रको डर भने लुकाउन सकेन।
'यो सबै मनको वहम हो क्या'- अर्को तन्नेरी भूतले भन्यो। 'वास्तवमा मानिस भनेकै मनको डर हो। डरायो मानिस छ, डराएन छैन। बरु उसलाई अस्पताल लैजाने कि'- अर्कोले थप्यो।
'चूप लाग मोरा हो। दुई चार अक्षर के पढे आफूलाई मै हुँ भन्दा रहेछन्। हाम्रो कपाल त्यसै फुलेको हो ?'- अर्को पाको भूतको झपराईपछि सबै युवा चूप लागे।
'अब के गर्ने त ? ज्यान त जसरी भए पनि बचाउनुपर्यो नि, मेरो एक्लो सन्तान हो'- अर्को अधवैंशेले रुँदै झाँक्रीसँग भन्यो।
'अब महाधामीलाई बोलाउनुबाहेक उपाय छैन। जसोतसो भए मैले नै हेर्थें। यहाँ त मानिस नै लागेको रैछ'- झाँक्रीले निर्णय सुनायो।
'ल त त्यसो भए त्यही गर्ने'- सबै सहमत भए। र, फर्कन थाले।
बाटोमा एउटा अधवैंशे भूतले पाकोलाई सोध्यो- हैन बाँच्ने उपाय छ कि छैन त्यसको ?
'खै मानिस नै लागेछ ? अहिलेसम्म मानिसबाट जोगाउन कुनै झाँक्रीले सकेका छैनन्। अब बाँकी त आश न हो'- पाको भूतले भन्यो।
अधवैंशे भूत डरले कहालिएर पाको भूतसँग टाँसिन आइपुग्यो। क़क़