बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण
२६ कार्तिक २०८३
•
८ मिनेट पाठ
बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण
सडकको छेउमा एउटा टोकरी। टोकरीमा तरकारीका सानासाना बिरुवा थिए। उमेरले किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्थे। दिउँसो ४ बजे विद्यालय छुट्थ्यो। त्यसपछि उनको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला।




त्यो २०४५ सालतिरको कुरा हो। हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे। सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो। हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर अगाडि सडकपेटीमा बसेर बिरुवा बेचिरहन्थे। राति अबेरसम्म ग्राहक पर्खिदै उनी समय बिताउँथे। जाडो बढ्दा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किएको नमीठा यादहरू उनीसँग छन्।

त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनी बोटबिरुवामा आफ्नो भविष्य देख्दै थिए। आफूले बेचेको विरुवाबाट कसैले फल प्राप्त गरिरहेका हुन्थे, कसैले आफ्नो घरआँगन हरियो बनाउँथे त कसैले खेतमा आम्दानीको स्रोत बढाइरहेका हुन्थे। जीवनका विभिन्न ३७ वर्ष हरिशरणले माटो र बोटविरुवासँगै बिताइरहँदा आज उनको परिचय ‘गौतम नर्सरी’ को सञ्चालकका रूपमा स्थापित बनेको छ। सडकपेटीबाट सुरु भएको उनको यात्रा आज विश्वासिलो व्यावसायिक पहिचानमा परिणत भएको छ।

मकवानपुरको हाडीखोलामा उनको पुर्ख्याैली परिवार कृषि कर्ममै निर्भर थियो। पछि परिवार हेटौँडा बजारतर्फ सर्‍यो तर पनि हरिशरण र उनको परिवार खेती र बिरुवासँगको सम्बन्धमा रहिरह्यो। उनले सानैदेखि बोटबिरुवा स्याहार्न सिके। विद्यालय पढ्दै गर्दा बिरुवा उत्पादन र बिक्रीतर्फ चासो राख्न थाले।

त्यतिबेला उनका बुबाले पाँच रुपैयाँमा कागतीका दुई बिरुवा बेच्थे। हरिशरण तरकारीका पाँच बिरुवा एक रुपैयाँमा बेच्थे। अहिले त्यो मूल्य सुन्दा सामान्य लाग्न सक्छ तर त्यही सानो कारोबारबाट सुरु भएको हरिशरणको व्यावसायिक नर्सरी यात्राले आज यसरी झाङ्गिन पाएको हो।

हरिशरण आफ्ना सुरुआती कर्मका दिन झल्झली सम्झिन्छन्। उनका बुवाले ग्राहकलाई ‘तीन वर्षपछि फल्छ’ भन्दै कर गरेर बेच्ने गरेका कागतीका बिरुवामध्ये कतिपय आज ३०–३५ वर्षपछि विशाल भएका छन्। एउटै बोटमा ७०–८० किलोदेखि एक क्विन्टलसम्म कागती फलिरहेको उनी सम्झिन्छन्। अझ उनलाई रमाइलो लाग्ने कुरा त के छ भने ती बिरुवा किन्ने परिवारका सन्तान र नातिनातिनासम्म अहिले गौतम नर्सरीमा बिरुवा लिन आइपुग्छन्। एउटा बिरुवासँग सुरु भएको विश्वास पुस्तान्तरण हुँदै गएकामा उनी दङ्ग पर्छन्।

हरिशरणको सफलताको जगमा परिवारको साथ पनि उत्तिकै महत्त्वपूर्ण छ। बुबा तरकारीको काम गर्थे। उनी भने फूल तथा अन्य बिरुवाको काम गर्थे। बुबाले बिरुवा सार्दा उनले पानी हाल्थे, बुबाले बिरुवा मिलाउँदा उनले टोकरीमा प्याक गर्थे। उनलाई बोटविरुवाको काम गर्न बुबाले भनिरहनु पर्दैन थियो। “कसैले कसैलाई अह्राउनु पर्दैनथ्यो। आआफ्नो काम स्वतन्त्र भएर गर्थ्याै”, उनी ती दिन सम्झन्छन्। यही स्वतन्त्रता र पारिवारिक सहकार्यले उनलाई व्यवसायप्रति थप जिम्मेवार बनाउँदै लग्यो।

घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडामा २०५०/५१ सालतिर उनको व्यवसाय दर्ता भयो भने २०५२ सालमा आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर लिएर नर्सरीलाई औपचारिक व्यावसायिक स्वरूप दिए तर व्यवसायलाई औपचारिक बनाउनु र त्यसलाई टिकाउनु सजिलो कुरा थिएन। देशमा सशस्त्र द्वन्द्व थियो। रोजगारीका अवसर सीमित थिए। विदेश जाने लहर बढिरहेको थियो। हरिशरणलाई पनि विदेश जान धेरैले सुझाए। “यहाँ बुबाले धानिहाल्नुहुन्छ। विदेश गए मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ” चिनजानका मानिसहरूले उनलाई भनेका थिए तर उनलाई गाउँघरबाट टाढा हुन मन लागेन। यसमा उनको आफ्नै सोच थियो कि विदेशमा पैसा कमाउन सकिए पनि वृद्ध बाबुआमा, दिदीबहिनी र आफ्ना मान्छेहरूबाट टाढा हुनुपर्थ्याे।

दसैँ, तिहार र तीज जस्ता चाडपर्व परिवारसँग मनाउने अवसर छुट्थ्यो। त्यसैले उनले विदेशको राम्रो कमाइभन्दा पनि आफ्नै माटो रोजे। उनलाई विश्वास थियो– मेहनत गर्ने हो भने आफ्नै ठाउँमा पनि त्योभन्दा बढी कमाउन सकिन्छ।

तत्कालीन समयमा उनले लिएको यही निर्णय नै वास्तवमा आज व्यावसायिक सफलताको आधार बनेको छ। माटो र बोटबिरुवासँग रमाएको यो ३७ वर्षमा उनले पैसा मात्रै कमाएनन्, अनुभव पनि हासिल भयो। उनले विभिन्न क्षेत्रका मानिस तथा कार्यालयहरूसँग सम्बन्ध पनि बनाए। नर्सरी व्यवसायमा आफ्नो छुट्टै पहिचान पनि बनाउन सफल भए।

हेटौँडा–१० मेनराडमै रहेको उनको नर्सरीमा आजभोलि दैनिक औसत ५० देखि ६० ग्राहक पुग्छन्। उनी बिरुवा बेचेर मात्रै बस्दैनन्। किसान वा सेवाग्राहीलाई बिरुवासम्बन्धी समस्या परे उनी फिल्डमै पुगेर सल्लाह दिन्छन्। कुन ठाउँमा कुन बिरुवा उपयुक्त हुन्छ, कसरी रोप्ने, कसरी हुर्काउने र कसरी उत्पादन लिने भन्ने विषयमा उनी अनुभव अनुभव बाँड्छन्।

वर्तमानमा गौतम नर्सरीबाट वार्षिक करिब १५ देखि २० लाख रुपैयाँको कारोबार हुन्छ। विगतमा भाडामा लिइएको डेढ कठ्ठा जग्गा अहिले आफ्नै नाममा छ। त्यहाँ उनले अहिले बलियो घर पनि बनाएका छन्।

व्यवसाय सुरुआत ताका चार हजारको लगानी अहिले १५ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अरू पेसामा जस्तो एकैपटक प्रशस्त आर्थिक आम्दानी गर्न नसकिए पनि नर्सरीबाट आत्मनिर्भर भई खुसीका साथ परिवार चलाउन सकिने उनको अनुभव छ। बिहान उठेदेखि बेलुका नसुतुञ्जेलसम्म हरिशरण आफ्नो नर्सरीका बोटबिरुवासँगै रमाउँछन्। फूल, फलफूल, जडीबुटी, तरकारी र सजावटका बिरुवाहरूको हेरचाह, गोडमेल, काँटछाँट, पानी हाल्ने जस्ता कार्यमा उनको दिन बित्छ।

अहिले हरिशरणको नर्सरीमा मौसमी तथा सदाबहार फूलहरू सयपत्री, गोदावरी, लाहुरे, पिटुनिया, सेतोचाँप छन् भने फलफूलहरूमा सधैँ फल्ने आँप, काजु, जामुन, सपाट, लिची, मलेसियाबाट आउने रामबुतान, थाइल्याण्डबाट आउने क्यान्सर किलर, ब्याकबेरी, कम चिसोमा पनि फल्ने स्याउ लगायत छन्।

यस्तै, जडीबुटीहरूमा रक्तचन्दन, ल्वाङ, जाइफल, अश्वगन्धा, सर्पगन्धा, दालचिनीका बिरुवा छन् भने तरकारीमा काउली, बन्दा, गोलभेडा, भन्टा, लसुन, प्याज, आलुका बिरुवा छन्।

नर्सरीमा एरिका पाम, चाइना पाम, चाइना डल, लक्मी, बेम्बो, सेफ लेरिया, सिमोनी,एग्लोनिमा, फिलोरेण्डम, क्रिसमट ट्री लगायत घरआँगन तथा विभिन्न कार्यालयमा सजावटका लागि राखिने बोटबिरुवालाई उड तथा स्टोन क्राप्टमार्फत आकर्षक बनाएर राखिएका छन्।

हेटौँडाका करिब १० वटा नर्सरीले समग्रमा वार्षिक तीनदेखि चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनको भनाइ छ। हरिशरणको सोच आफ्नै नर्सरीमा मात्र सीमित छैन। उनी मकवानपुरका विकट गाउँमा रोजगारी र आम्दानीको विकल्प खोजिरहेको सुनाउँछन्।

कैलाश, राक्सिराङ र मनहरीका केही क्षेत्रमा क्षणिक लाभका लागि गाँजा र अफिमखेतीमा मानिस लाग्ने गरेकोप्रति उनलाई दुःख लाग्छ। यसैले त त्यस्ता ठाउँका जग्गामा राम्रो मेहनत गरेर बोटबिरुवा हुर्काउन पाए ढुक्कले आम्दानी गर्न सकिने उनको भनाइ छ। कानुनी जोखिममा रहेर गरिने कामभन्दा टाढा रहेर त्यही जमिनबाट प्रशस्त लाभ लिनेगरी काम गर्न सकिने उनी सुझाव दिन्छन्, “यदि त्यही जमिनमा दीर्घकालीन आम्दानी दिने वनस्पति र फलफूल लगाउन सकिन्छ भने किन जोखिमपूर्ण बाटो रोज्ने?”

नर्सरी व्यवसाय वर्षको वा केही महिनाको नभएको उनको तर्क छ। “यो व्यवसाय भनेको त ३६५ दिनको कर्म हो। जन्मदेखि मृत्युसम्म, विवाहदेखि घर निर्माणसम्म, उत्सवदेखि सरकारी कार्यालयको सजावटसम्म हरियाली र फूलको आवश्यकता पर्छ”, उनी भन्छन्।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय, मन्त्रालय लगायत विभिन्न सरकारी कार्यालयमा समेत गौतम नर्सरीबाट बिरुवा तथा बगैँचा व्यवस्थापन भइरहेको छ।

जीवनमा आफ्नो पेसामा सधैँ सफलताको मात्र पाइन्न भन्ने उक्ति हरिशरणमा पनि लागू हुन्छ। २०६२/६३ देखि २०६५/६६ सम्म उनले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत हेटौँडा–५ मा अवस्थित पुष्पलाल स्मृति पार्क पोखरीको व्यवस्थापनको जिम्मा लिए। पोखरीमा वर्षभरि पानी जमाउने, डुङ्गा चलाउने, माछापालन गर्ने र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउने उनको सपना थियो। यही सपना अनुसार उनले पोखरीमा १७ हजार मागुर माछाका भुरा हाले तर बर्खाका कारण पोखरी ओभरफ्लो भयो। उनका सबै माछा बगेर गए, माछासँगै उनका सपना त्यससँगै बगेर गए।

माछापालनको सपना वर्षाका कारण अधुरो रहे पनि उनमा सम्भावनाका अरू कर्म गर्नुपर्छ भन्ने सोच जीवितै थियो। यसपछि उनले अर्को महत्त्वाकाङ्क्षी काम थाले। उनले त्यहाँ वर्णानुक्रम अनुसार ५२५ जातका दुर्लभ जडीबुटी रोपे। प्रत्येक बोटमा नेपाली, संस्कृत, अङ्ग्रेजी र वैज्ञानिक नाम लेखिएका एल्युमिनियमका प्लेट त्यहाँ राखिएका थिए। उनको परिकल्पना थियो कि त्यो ठाउँ नयाँ पुस्ता, वन विज्ञान र कृषि अध्ययन गर्ने विद्यार्थीका लागि खुला हर्बेरियम म्युजियम बनोस् तर उनले सोचेजस्तो पर्याप्त संस्थागत सहयोग मिलेन।

सुरक्षाकर्मीको सरसफाइ अभियानका क्रममा जडीबुटीका बिरुवा पनि झाडी ठानेर काटिए। उनले देखेको ठूलो सम्भावनाको योजना समाप्त भयो। यति हुँदा पनि उनी त्यो बेलाको साक्षी बनेर बाँचेको रक्तचन्दनको एउटा रुख देख्न पाउँदा आफूलाई खुसी महसुस गर्छन्। काटिएर ठुटो बनेको त्यो बिरुवा फेरि हुर्कियो। आज पनि त्यहाँ उभिएको त्यो रक्तचन्दनले तराई–मधेसको भूगोलमा पनि यस्तो वनस्पति हुर्कन सक्छ भन्ने प्रमाण दिइरहेको उनी बताउँछन्। हरिशरणका लागि त्यो सपना असफलताभन्दा पनि सिकाइ बन्न पुगेको छ। 

उनले मकवानपुरको कैलाशमा बुद्धचित्तको राम्रो सम्भावना देखेका छन्। यसमा एउटै बोटबाट ११ लाख रुपैयाँसम्मको उत्पादन भएको उदाहरणसमेत उनले देखेका छन्।

यस्तै, जिल्लाकै राक्सिराङ र मनहरीमा काजु खेतीको पनि सम्भावना रहेको उनी बताउँछन्। चार–पाँच वर्षपछि एउटै काजुको बोटबाट करिब २० किलो उत्पादन लिएर वार्षिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ।

मनहरी र राक्सिराङमा रातो केराको सम्भावना पनि उनी देख्छन्। करिब १८ महिनामै उत्पादन लिन सकिने यस्ता बाली किसानका लागि उपयोगी हुनसक्ने उनको बुझाइ छ। १५ देखि २० वर्षमा तयार हुने रक्तचन्दन र अगरउडजस्ता बहुमूल्य वनस्पतिलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनी बताउँछन्।

त्यस्तै, सिम्भञ्ज्याङ र चुनियाँजस्ता चिसा लेकाली क्षेत्रमा किबी र तल्लो भेगमा ड्रागन फ्रुटको व्यावसायिक सम्भावना स्थापित भइसकेको उनको भनाइ छ।

सरकारले किसानलाई परम्परागत शैलीमा सिसौ, खयर वा चदुई–चारवटा आँप र लिचीका बिरुवा बाँडेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु नहुने उनी बताउँछन्। अनुदानभन्दा निर्ब्याजी ऋण, तालिम, प्रारम्भिक रूपमा व्यावसायिक हिसाबले लाग्न खोज्ने किसानलाई केही आर्थिक सहयोग दिएर गाउँमै व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।

“त्यसो गर्न सके आफ्नै गाउँठाउँको माटो मलिलो हुन्थ्यो, हरिया बोटबिरुवाले गाउँघर हरियाली बन्थ्यो भने रोजगारीका लागि कुनै पनि नेपाली युवा बाध्य भएर विदेश जानु पर्दैनथ्यो”, उनी भन्छन्।

-शिव चौलागाईं/रासस
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस