मैले चौथोपटक चुकुल माथि धकेलेँ, तर फेरि तल झर्यो। मलाई पिसाब च्यापिसकेको थियो। 'हत्तेरिका कस्तो होटलमा ल्याएको होला, ट्वाइलेटको ढोका पनि नलाग्ने,' मैले आफैलाई धिक्कारेँ।
बीचमा उडान अबेर भए कम्पनीले यात्रुहरूका लागि सुविधासम्पन्न होटलको व्यवस्था गर्दिन्छन् भन्ने मैले सुनेको थिएँ। यहाँभन्दा बिल्कुलै भिन्न अवस्था थियो। सायद हामीलाई नेपाली भएकाले यस्तो साधारणभन्दा पनि कम स्तरको होटलमा राखिएको हो कि?
केही मुलुकहरू भ्रमण गर्ने क्रममा मैले एउटा गज्जबको कुरा थाहा पाएको छु - नेपालभित्र धनी-गरिब जे भए पनि विदेश पुगेपछि हामी सबैको हैसियत एउटै हुन्छ, गरिब नेपालीको। २००६ डिसेम्बरमा कतारको राजधानी दोहामा भएको १५ औं एसियाली खेलकुदमा भाग लिएर फर्कंदा ओमानको राजधानी मस्कटबाट काठमाडौं उड्ने जहाज ढिलो भएपछि कम्पनीले हामीलाई यस्तो होटलमा ल्याइपुर्याएको थियो।
मैल घडी हेरेँ। बिहानको २ बज्न लागेको थियो। ९ बजे काठमाडौंको उडान समाउनुपर्ने। हामीसँगै कतारबाट आएका केही साथीलाई अर्कै होटल लगिएको थाहा पाएको थिएँ। मस्कट विमानस्थलमा अलि अबेर नभएको भए म पनि ती साथीसँगै अर्कै होटलमा हुन्थेँ। तर विमानस्थलमा कामको खोजीमा हिँडेका नेपालीले अध्यागमन फारम भर्दिन आग्रह गरेपछि म अल्मलिएँ। त्यहाँ हामीप्रतिको व्यवहार (दुर्व्यवहार) सहिनसक्नु थियो। अध्यागमनमा लाम लाग्दा पनि त्यहाँका कर्मचारी बेलाबेला आफ्नो सिट छाडेर हामीलाई अरबी भाषामा हप्काउँदै पछाडि हट्न लगाइरहन्थे। उनीहरूको कुराकानीको विषय हामी नै थियौं। भाषा नबुझे पनि उनीहरूको हाउभाउले यो ठम्याउन गाह्रो भएन, उनीहरू हामीलाई केही नबुझ्ने मान्छेजस्तो ठानिरहेका थिए।
विमानस्थलबाहिर हामीलाई होटल पुर्याउन आएका व्यक्ति पनि त्यस्तै रुखा थिए। हामी चुपचाप कुर्सीमा बसेका थियौं। लगभग २० मिनटपछि मलाई अति भएर आयो, सोधेँ- 'हैन हामीलाई त होटल लैजाने भनेको हैन?' उनले झर्किंदै जवाफ दिए, 'हो, अहिले चुप लागेर बस्।' केही बेरपछि हामीलाई एउटा सानो भ्यानमा कोचेर होटलतिर लगियो। गाडीमा हिन्दी गीत घन्किरहेको थियो। उनीहरूको व्यवहारले चित्त दुखे पनि गीत सुन्दै मन भुलायौं।
होटल बाहिरबाट हेर्दै निकै साधारण देखिन्थ्यो। भित्र पुग्दा हामीअघि आइपुगेका साथीहरू खानाको लाममा थिए। म पनि झोला त्यहीँ रिसेप्सनमै राखेर लाममा उभिएँ। त्यहाँ साकाहारी र मांसाहारीबीच कुनै भेद थिएन। आफू साकाहारी, त्यसमाथि त्यहाँ गाईको मासु पनि छ्यासमिस थियो क्यारे। त्यसैले मैले एउटा प्लेटमा भातमात्र राखेँ र अलि छुट्टै भाँडोमा रहेको अचार हालेँ। पहिलो गाँसमै मासुको जस्तो बास आयो। खान सकिन।
मैले काठमाडौंमा विमान चढेपछिको घटना सम्झेँ। विमानमा रहेका कर्मचारी हाम्रो सिटबेल्ट बाँध्न अगाडि बढेका थिए। तर मैले 'धन्यवाद' भन्दै आफैं बाँधेको थिएँ। त्यतिबेला मलाई लागेको थियो, उनी निकै सहयोगी रहेछन्। अहिले लाग्यो, सहयोगी भएर होइन, हामीलाई सिटबेल्ट बाँध्न आउँदैन भन्ने लागेको रहेछ - आखिर हामी नेपाली जो थियौं।
यहाँ होटलमा भारतीय कामदार थिए। उनीहरूको व्यवहार पनि उस्तै थियो। एकजना भारतीय कामदारले हामीलाई कोठासम्म पुर्याउँदा त्यस्तै रुखो व्यवहार देखायो। मैले उनीहरूको विरोध जनाएँ। उसले कड्किएर भन्यो, 'तिमीहरू कस्ता मानिस हौ भन्ने के थाहा? यहाँ आउदा जो पनि टाईसुट लाएर आउँछ, अनि भोलिपल्ट चर्पी सफा गरिरहेको भेटिन्छ।'
कोठाभित्र छिर्दा भर्खरै पोतिएको नयाँ रङको तिखो गन्ध ह्वास्स नाकमा ठोक्कियो। सानो कोठामा दुईजना बस्नुपर्ने। मैले त्यहाँको भित्ते दराजमा आफ्नो झोला राखेँ। केही बेरपछि एकजना खेलाडी भाइ आइपुगे। 'यस्तो ठाउँमा कसरी सुत्न सकिन्छ?' उनको प्रश्नको उचित जवाफ मसँग थिएन। त्यसै पनि सुरुबाटै खाडी राष्ट्रमा त्यति सहज अनुभव गर्न नसकेको म सक्दो चाडो स्वदेश फर्कन चाहन्थेँ।
यसअघि कतार जाँदा पनि लगभग ४ घन्टा मस्कट विमानस्थलमा ट्रान्जिट परेको थियो। जहाज अवतरण हुने क्रममा मैले उराठलाग्दो मरुभूमिमा बनेका हल्का निलो र सेतो रङका एकनासे घरहरू देखेको थिएँ। 'यहाँ हरियो हेर्न त रङ नै छर्कनुपर्छ होला,' मैले साथीसँग ठट्टा गरेको थिएँ।
विमानस्थलमा पनि जताततै नेपालीहरूको हुल देख्दा मलाई भारतको उत्तरप्रदेश राज्यमा पर्ने गोन्डा रेल्वे स्टेसन आइपुगेजस्तो लागेको थियो। म सानोछँदा बाटोघाटो नखुलिसकेको हुनाले पहाड-मधेस गर्न भारतीय भूमि प्रयोग गर्नुपर्थ्यो। नेपालगन्जबाट भारतीय सहर रुपेडियास्थित नेपालगन्ज रोड नामक स्टेसनमा बेलुका पाँच बजेतिर समातेको रेलले राति लगभग साढे दश बजेतिर गोन्डा स्टेसन ओराल्थ्यो। त्यहाँबाट अर्को रेल समाउन रातभरि पर्खनुपर्थ्यो। त्यसक्रममा गोन्डा स्टेसनमा नेपालीहरूको हुल देख्न पाइन्थ्यो। मस्कट विमानस्थल पनि त्यस्तै थियो। नेपालका विभिन्न स्थानबाट कामको खोजीमा आएका नेपालीहरूसँग घरिघरि ठोक्किरहने। केहीसँग गफ पनि गरेँ। कसैको कथा पनि रमाइलो थिएन। सबै ऋणको भारी बोकेर कमाउने लालसामा विदेसिएका।
आफ्नो कोठाको ट्वाइलेटको छेस्किनी नलागेपछि मैले अर्का साथीको ट्वाइलेट प्रयोग गरेँ। त्यसपछि कोठामा फर्केर निदाउने प्रयास गरेँ। तर, सफल हुन सकिएन। फेरि रिसेप्सनतिर लागेँ। त्यहाँ चहलपहल थियो। अरू साथीहरू पनि होटलको खराब व्यवस्थापनको गुनासो गरिरहेका रहेछन्। सबैले होटल छाडेर बरु विमानस्थलमै बस्ने निर्णय गरेछन्। म पनि झोला बोकेर झरेँ।
होटलबाहिर अरबी पोसाक लगाएका एक युवक कडा स्वरमा भन्दै थिए- 'तिमीहरू विदेशमा छौ। यहाँ तिमीहरू जे मन लाग्यो त्यही गर्न पाउँदैनौ। चुपचाप यही होटलमा बस।' हामी त्यहाँ नबसे होटललाई नोक्सान हुन्थ्यो क्यारे, त्यसैले उनी हामीलाई त्यही होटलमा रात काट्न दबाब दिँदै थिए। तर हामीले मानेनौं। उनले पनि रिसाउँदै होटलवालालाई हाम्रो पासपोर्ट फिर्ता दिन भने।
हामी फेरि त्यही फुच्चे भ्यान चढेर चढेर विमानस्थल फर्क्यौं। बिहानको चार बजिसकेको थियो। बाँकी समय हामीले त्यहीँको ड्युटी फ्रि पसल चाहार्दै बिताउने निर्णय गर्यौं। विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीको व्यवहार पनि हामीप्रति उस्तै हेपाहा खालको थियो। गल्फ एयरकी एक महिला अधिकारीसँग हामीले आफूमाथि भएको दुर्व्यवहारको कथा सुनाउँदा उनले देखाएको सहानुभूति पनि 'विचरा' शैलीको थियो।
आखिरमा बिहान लगभग ९ बजेतिर कामाडौं जाने विमान चढेपछि मलाई घरै फर्केजस्तो भयो। अझ त्यस विमानका परिचारिका पनि नेपाली देखेपछि हामीले सन्तोषको सास फेरेका थियौं।