‘जुन जोगी आए पनि कानै चिरेको।' यो उखान खेलकुदमा ठ्याक्कै मिल्छ। ठूला राजनीतिक परिवर्तनपछि देशको व्यवस्था फेरिन्छ, तर खेलकुदलाई हेर्ने दृष्टिकोण सधैं उस्तै। तत्कालिन सरकारले पर्याप्त बजेट नदिँदा सन् २००४ मा पाकिस्तानमा सम्पन्न नवौं दक्षिण एसियाली खेलकुद (साग) मा बस र रेलको कष्टकर यात्रा गरेको नेपाली खेलाडीको मस्तिष्कमा अझै ताजा छ। त्यसयता देशमा ठूलो परिवर्तन भयो। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्यो, तर खेलकुदको अवस्थामा उस्तै।
खेलकुदमा गरिने लगानीलाई फजुल खर्चको रूपमा हेर्ने परम्परा सरकारी स्तरमा अझै उस्तै छ। अहिलेको सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको कुनै प्रमाण दिन सकेको छैन, बरु यसको नजरमा त खेलकुदले विगतको तुलनामा पनि महत्व पाएको छैन।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार आयोजना गरेको खेलाडी सम्मान तथा सागका खेलाडीलाई शुभकामना आदान-प्रदान कार्यक्रममा राखेप सदस्यसचिव हरिबाबु चौधरीले लाजै नमानी सागका लागि बजेट नभएको घोषणा गरे। बंगलादेशमा हुने ११औं सागका लागि राखेपले ११ करोडभन्दा बढी बजेट माग गरेकोमा सरकारबाट दुई करोड कट्टा भएको खबर सुनाउँदा उनी आफै सरकारी प्रतिनिधि भएको बिर्सिरहेका थिए। अनि सरकारलाई गाली गरेको भरमा आफ्नो जिम्मेवारी पन्छेको मानिरहे। सरकारलाई रकम आवश्यकता बुझाउन नसक्नुको आफ्नो कमजोरी उनले महसुस गर्न नै सकेनन्। सरकारबाट सागको बजेट कट्टा गर्दा सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोण प्रष्ट हुन्छ, साथमा राखेपको वर्तमान नेतृत्वको नालायकी पनि।
कोपनहेगन सम्मेलनमा जम्बो टोली लिएर जाने सरकारले खेलकुदको बजेट काट्नुलाई राम्रो मान्न सकिन्न। सम्मेलनमा कुनै भूमिका नभएका मन्त्रीका नातीको सम्म खर्च बेर्होन तयार हुने सरकार राष्ट्रिय गौरवको विषयसँग जोडिएको साग तयारी र सहभागिताका लागि माग भएको बजेट काट्न तम्सनु पक्कै पनि सम्पूर्ण खेलप्रेमीलाई दुःखी बनाउने विषय हो। कोपनहेगनमा होस् वा चीन भ्रमणमा जन्ती लिएर जान सरकारले गरेको खर्च उपलब्धीमूलक थियो कि नेपाली खेलकुदलाई गरिने लगानी अर्थपूर्ण होला यो विषयमा सोच्न अब सरकार गम्भीर हुनैपर्छ।
नेपालका लागि महत्व बोकेको अन्तर्राष्ट्रिय खेलमहोत्सव भनेको साग नै हो। किनकि यसैमा नेपालले पदक जितेको खबर सुन्न पाइन्छ। ओलम्पिक र एसियाली स्तरका प्रतियोगिता नेपाललाई सहभागिता र अनुभव बटुल्न मात्र हन्। त्यहाँ पदक जित्ने सम्भावना भाग्यसँग जोडिने गर्छ। यो कुरा सरकारलाई बुझाउन राखेप नेतृत्वले सक्नुपर्छ होइन भने पदमा बसिरहनुको अर्थ रहन्न।
सरकारले दिन सहमति जनाएको ९ करोडमध्ये पनि अझै आधा रकम निकासा भएको छैन। सागमा जान महिना दिन पनि बाँकी नहुँदा सरकारले बजेट निकासा नगर्नु गैरजिम्मेवारीपन मात्र हो। जसका कारण सागको तयारीमा रहेका २ सयभन्दा बढी खेलाडीले वैदेशिक प्रशिक्षण परै जाओस् आवश्यक खेलसामग्रीसमेत पाएका छैनन्। यस्तो अभाव, समस्या र सरकारको बेवास्ताबीच नेपाली खेलाडीबाट कस्तो आशा गर्ने!
सम्पूर्ण नेपाली खेलकुदको जिम्मा लिएको राखेप नेतृत्व पनि यो विषयमा जिम्मेवार र जुझारू रूपमा प्रस्तुत हुनुको साटो खेलाडीका बीच लाचारी पोखेर पन्छन् खोज्नु झन दूर्भाग्यको कुरा हो। राखेपका जिम्मेवार व्यक्तिले खेलाडीमाझ सरकारले बजेट नदिएको भन्दै गीत गाएर तयारी राम्रो हुन सक्दैन। त्यस्तै अवस्था आएमा पनि खेलाडीलाई त्यसको कुनै सुइँको नदिई भित्रभित्रै सबै व्यवस्था गर्नु राखेपको काम हो। किनकि जिम्मेवार व्यक्तिबाट आएका यस्ता गैरजिम्मेवार अभिव्यक्तिले खेलाडीमा थप निराशा मात्र पैदा गराउँछ। खेलाडीसामु पुगेर दुःख पोख्नुको साटो सरकारलाई घच्घचाउन सक्नुपर्छ। होइन भने खुरुक्क राजीनामा दिएर बाटो लाग्दा राम्रो हुन्छ। रामभरोसामा नै खेलकुद चल्छ भने हरिबाबुको के आवश्यकता!