अघिल्लो साता सुरु ब्रिटिस गोर्खा कप फुटबलमा योगेश श्रेष्ठ र दिपेन श्रेष्ठ दर्ता भएको क्लबबाट खेलेनन्। २०६४ मा यी दुवै सामसुङ जावलाखेल युथ क्लबमा दर्ता थिए। गत वर्ष पुलिसमा भर्ती भएपछि उनीहरूले जावलाखेलबाट नखेलेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०६४र०६५ मा खेलाडी जुन क्लबमा दर्ता छ सोही क्लबबाट खेल्नुपर्ने बाध्यात्मक नियम लगाएको छ। तीन वर्षसम्म लिग रोकिएकाले त्यस्तो नियम बनाउनुपर्ने एन्फाको बाध्यता पनि थियो होला। तर नियम बनाएपछि त्यसलाई पालना गराउनु पनि उसको दायित्व हो। खेलाडीलाई जुन क्लबमा दर्ता छ त्यसबाटै खेल्न लगाउनु एन्फाको अर्को बाध्यता हो। त्यो उसले गर्न सकेको छैन। राष्ट्रिय फुटबलको सर्वोच्च निकायले बनाएको नियम पूर्णत लागू गराउन नसक्नु उसकै नालायकी ठहर्छ, भलै त्यसमा खेलाडी वा क्लबका कमजोरी किन नहुन्। क्लबले सहमति दियो, खेलाडीले खेल्न पाउनुपर्छ जस्ता भावनात्मक कुराले राष्ट्रिय फुटबल चल्दैन। यसका लागि सर्वोच्च निकायले कठोरता अपनाउन सक्नुपर्छ। यो वर्ष अर्को क्लब फेर्न नपाउने एन्फाको नियमअनुसार दर्ता भएकै क्लबबाट नखेल्दा खेलाडी कारवाहीको भागीदार हुन्छन्। तर योगेश र दिपेनले जावलाखेलबाट खेलेनन्। एन्फा वा जावलाखेल उनीहरूलाई खेलाउन असफल भए। भलै उनीहरूले पुलिसबाट पनि यो प्रतियोगिता खेलिसकेका छैनन्। यसले अरु खेलाडीले पनि पहिला दर्ता भएको क्लबबाट नखेले कारवाही भोग्नु नपर्ने प्रस्ट भएको छ। जसका कारण अन्य क्लबमा दर्ता भएका खेलाडीले पनि चित्त नबुझे सहजै नखेल्न पाउने ढोका खुलेको छ। व्यावसायिक अनुशासन नराम्ररी तोडिएको छ।
दर्ता भएकै क्लबबाट खेलाडीले नखेल्दा कुनै कारवाही हुँदैन भने आखिर त्यो दर्ताको अर्थ नै के रह्यो र १ खाली अर्को क्लबबाट खेल्न मात्र त्यसले रोक लगाउने हो भने त्यस्तो नियम त झन खेलाडीको हितमा हुन्न।
खेलाडी क्लबमा दर्ता हुनु भनेको निश्चित अवधिका लागि त्यही क्लबबाट खेल्छु भन्ने सम्झौता गर्नु हो। तर सम्झौता उल्लंलन गरेवापत कारवाही हुँदैन भने नियमको हुनु नहुनुको अर्थ के? क्लब वा खेलाडी दुईमध्ये जसले सम्झौता उल्लंघन गरेपनि कारवाहीको व्यवस्था हुनुपर्छ। खेल्नैपर्ने बाध्यता हुँदाहुँदै पनि खेलाडीले नखेल्ने अनि नखेलेवापत कुनै कारवाही नहुने, यो कस्तो नियम हो। दुई खेलाडीका कारण जावलाखेललाई यो प्रतियोगितामा कस्तो असर पर्छ त्यो मात्र बहसको विषय होइन। आखिर एन्फाको नियम उल्लंघन हुनु ठूलो कुरा हो। दर्ता भएका अधिकांश खेलाडीले भोलिका दिनमा ए डिभिजन लिग नखेले के होला? त्यो विषयमा एन्फाले गम्भिर भएर सोचिएको देखिएन। लिगमा भाग नलिएपछि क्लब स्वतः रेलिगेसनमा पर्छ। त्यस्तो अवस्थामा एन्फाले क्लबलाई ए डिभिजनमै जोगाउन मिल्छ? पक्कै मिल्दैन।
एन्फा नियमलाई हेर्ने हो भने दर्ता भएबाहेकको क्लबबाट खेल्न पाइँदैन भन्नै मात्र हो। दर्ता भएको क्लबबाट खेल्नै पर्छ होइन। योगेश र दिपेनको विषय पनि यही हो।
पुलिसबाट उनीहरूले आउँदो असारसम्म घरेलु फुटबल खेल्न पाउँदैनन्, तर यसको मतलब जावलाखेलबाट खेल्नैपर्छ भन्ने होइन रे १ यस्तो नियमले खेलाडी दर्ता गरेपनि क्लब कसरी ढुक्क हुन सक्छ। दर्ता भैसकेपछि निश्चित समयका लागि उ क्लबको नियन्त्रणमा हुनुपर्छ। क्लबको नियन्त्रणमा खेलाडी नहुने हो एन्फा नियमको के अर्थ। क्लबले खेलाडीमा गरेको लगानीको त अर्थहीन नै हुन्छ।
यही नियमका कारण नेपाली फुटबलका महारथी क्लब छोड्न चाहेका धेरै खेलाडीले दर्ता भएकै क्लबबाट ब्रिटिस कप खेले। उनीहरूले पनि नखेलेको भए एन्फा र ती कागजी महारथीको प्रतिक्रिया कस्तो हुन्थ्यो। त्यसैले एन्फाले कि नियम परिमार्जन गरेर सबै खेलाडीलाई सरुवाका लागि स्वतन्त्र गर्नुपर्छ होइन भने नियम कडाइका साथ लागू गराउन सक्नुपर्छ। अन्तर्राष्ट्रिय नियमअनुसार पछिल्लो पटक दर्ता भएको क्लबले 'रिलिज' नदिए खेलाडी अर्को क्लबमा जान मिल्दैन। त्यसलाई आधार मान्ने हो भने जावलाखेलले रिलिज नदिँदासम्म यी दुई खेलाडी अर्को वर्ष अरु क्लबबाट खेल्न पनि पाउदैनन्। यद्यपि हामीकहाँ यस्तो नियम लागू गरिएको छैन।
योगेश र दिपेनको विषयमा नेपाल पुलिस क्लबको पनि कमजोरी देखियो। एन्फाले धेरै अघि नियम सार्वजनिक गरेर खेलाडी फुकुवाको मिति दिँदा पनि पुलिसले जावलाखेलबाट खेलाडी रिलिजको प्रयास नगर्नुले उ यो विषयमा संवेदनशील नभएको देखियो। अन्तिम समयमा आएर गरेको पहल काम लागेन। ब्रिटिस कप जावलाखेलबाट खेल्न दिने र लिग पुलिसबाटै खेलाउन पाउनुपर्ने भन्ने उसको माग पनि कच्चा थियो।
अर्जुन रिजालको विषयमा पनि विगतमा पुलिस विवादमा परेकै हो। पुलिसले पनि आफूलाई यस्ता विवादबाट टाढा राख्न सक्नुपर्छ। नेपाली खेलकुदमा पुलिसलगायत विभागीय टोलीको ठूलो योगदान छ। यसमा आँच आउने काम पुलिसले गर्नु हुन्न।
अर्कोतर्फ योगेश र दिपेन दुवै ११औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा छन्। प्रशिक्षणमा रहेका ३० मध्ये यी दुई बाहेक सबै ब्रिटिस कप खेलिरहेका छन्। ब्रिटिस कपलाई पनि अन्तिम छनोटको आधार मान्ने एन्फाले बताएको छ। राष्ट्रिय टोलीमा समेत परिसकेका योगेशले नखेल्नु भनेको एक अर्थमा साग छनोट प्रक्रियाबाट समेत बाहिरिनु हो।
एन्फाले कुनै पनि नियम बनाउँदा सम्भावित सबै पक्षलाई विचार गर्नुपर्छ। नियमले पुर्याउने तत्कालिन र दीर्घकालिन अवस्थालाई विचार नगरी नियम बनाउने हो भने आफैले बनाएको नियम एन्फालाई नै घाँडो हुनेछ।