अब बन्ने सरकारको बारेमा के भनाई छ ? देशको सबैभन्दा ठूलो उद्योग घरानाका निर्देशक र अर्को ठूलो बहुराष्ट्रिय उद्योगको माथिल्लो तहका कर्मचारीलाई शुक्रबार केही घण्टाको अन्तरालमा मैले यो प्रश्न गरेको थिएँ।
दुवैले हाँस्दै भने- साँच्चै मलाई के लाग्छ भने यो देशमा सरकार बन्नुभन्दा नबन्नु नै राम्रो।
जब सरकार थियो, यहाँ बन्द हड्ताल थियो, शान्ति सुरक्षा थिएन। १०-१२ दिनदेखि सरकार छैन, आनन्द भा'छ।
अहिले त ढुक्क छ नि होइन ?- उनीहरुले भने।
पहिले भेटेका उद्यमीबाट यस्तो उत्तर सुन्दा खासै महत्व लागेन। अर्का व्यवसायीले पनि त्यस्तै शब्द दोहोर्याएपछि मलाई पनि अर्थतन्त्रबारे सोच्नै कर लाग्यो।
सरकारले राजिनामा दिएपछि के भएछ त अर्थतन्त्रमा ?
१५ दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजिनामा दिनुअघि झण्डै दुई साता राजमार्ग बन्द थियो। थरुहटले माग पूरा गराउन ठाउँठाउँमा बन्द गराएका थिए। काठमाडौमा पेट्रोलियम पदार्थ हाहाकार थियो। सडकमा ५० प्रतिशत सार्वजनिक यातायात तेलको अभावले चल्न छाडेका थिए। सार्वजनिक यातायातमा कतै जानु कष्टकर थियो। कहाँ तेल पाइन्छ, को चिनेको छ, खोज्दै हिँड्नुपरेको थियो। प्रधान सेनापति र सरकारबीच विवादले सरकारलाई सर्वसाधारणको कठिनाईप्रति कुनै चिन्ता थिएन। प्रधान सेनापति रुक्मांगत कटवाललाई हटाउने/नहटाउनेबारे मात्र सरकारको ध्यान गएको थियो। बैठक भए बन्द र जनताको दुःख हटाउन कुरा भएन। अर्थ र पर्यटन मन्त्री ताल हेर्न गए, पराराष्ट्र मन्त्री विदेशतिर थिए। तराईबाट तरकारी आएको थिएन। आमा सधैं भन्नुहुन्थ्यो- ५० रूपैयाँ किलोभन्दा सस्तो कुनै पनि तरकारी पाइँदैन।
जुन दिन दाहालले राजिनामा दिए, त्यसको भोलिपल्ट बन्द खुल्यो। तेल आउन थाल्यो। सडकमा मोटर बढे, तरकारी पनि आउने क्रम बढ्यो। सायद ती उद्यमीको गोदाममा रोकिएका सामान पनि बजारमा गयो होला।
जब सरकार थियो, देशमा दिन बिराएर बन्द हुन्थ्यो। तर, दुई साता आनन्द भएको छ। बन्द भएको सुनिएको छैन। हत्या हिंसा पनि घटेका छन्। बेलुकातिर सडकजाम भएको छ। एक दुई घण्टा रत्नपार्क, पुलतीसडकतिर मोटर वा मोटरसाइकलमा गुड्नेले जुलुस निकाल्नेलाई गाली गर्दै समय बिताए, त्यत्ति हो।
जब प्रधानमन्त्री दाहालले राजिनामा दिए, सेयर बजार उकालो लाग्यो। प्रधान सेनापति हटाउने निर्णय गर्दा घटेको सेयर बजार प्रधानमन्त्रीको राजिनामा आएपछि एकाएक माथि चढ्यो। लगानीकर्ताहरु अब अर्थतन्त्रमा सुधार हुन्छ भनेर ढुक्क भएका छन्। 'सरकार छैन, मान्छेलाई ढुक्क जस्तो भएको छ होइन ?'- एक उद्यमीले भने। सेयर बजारलाई अर्थतन्त्रको व्यारोमिटर मानिन्छ। माओवादी सत्तामा हुँदा व्यारोमिटर झरेको थियो, अहिले बढेको छ।
मौसमले समेत प्रधानमन्त्रीको राजिनामा पर्खेजस्तो भयो। राजिनामापछि वर्षा हुन थालेको छ। वर्षाले लोडसेडिङ पनि कम भएको छ। नेपाल विद्युत् प्राधिकरणले नयाँ तालिका सार्वजनिक नगरे पनि बिजुली आउने घण्टा बढेको छ। प्रधानमन्त्री दाहालले फागुनबाट लोडसेडिङ कम हुन्छ भन्ने दाबी गरेका थिए। फागुन होइन, चैत र वैशाखा आधाआधी हुँदासमेत लोडसेडिङ घटेको थिएन। पानी परेपछि उत्पादन पनि बढ्छ। केही वर्षअघि अर्थशास्त्री युवराज खतिवडाले झ्यालबाहिर परिरहेको दर्के पानी हेर्दै भनेका थिए- अब आर्थिक वृद्धिदर एक प्रतिशतले बढाए मिल्ने भयो।
माओवादी पार्टी निकट व्यक्तिहरुले खोलेको बालाजुको जनमैत्री अस्तपालबारे पनि व्यवसायी ठट्टा गर्छन्। सरकारले करोड दिएको यो निजी अस्पताल चल्न छाड्यो रे। पार्टी कार्यकर्तालाई देशका महंगा निजी अस्तपालले सित्तैमा उपचार गरिदिन थालेपछि को जाओस् जनमैत्रीमा। एक उद्यमीले शुक्रबार ठ्ट्टा गरे- सत्तारुढ मजदुर युनियनका एक नेताले नर्भिकबाट उपचारपछि जाँदा एम्बुलेन्स प्रयोग गरेछन्। उनले ती मजदुर नेतालाई भनेछन्- एम्बुलेन्स असाध्य चापेका बिमारीलाई अस्पताल ल्याउन हो, ट्याक्सी जढेर जान सक्नेलाई होइन। असाध्य चापेका रोगी समयमा उपचारका लागि अस्पताल पुगून नपुगून कसलाई वास्ता छ र ? जुलुसले जाममा पर्दा थुप्रै एम्बुलेन्स रोकिएकै छन्।