मेरो बायाँ हात आफ्नो दुबै हातमा लिएर रुदै भन्न थालिन्- 'म यस अघि यसरी कसैका सामु रोएकी थिइन।' के गर्ने, के नगर्ने म अन्यौलमा परें।
गत वर्ष नोभेम्बर ७ को घटना। म अमेरिकाबाट नेपाल फर्कदै थिए र सिंगापुरबाट विहान नौ वजे काठमाडौंतर्फ अकासिएको विमान केही हजार फिट माथि थियो। उनलाई मैले पहिलोपटक सिंगापूर विमानस्थलमा देखेको। राति नै सिंगापूर पुगेको म वोर्डिङ पास लिएर डिपार्चर गेट नजिकै वसेको थिए। केही समयपछि विभिन्न देशबाट काठमाडौं जाने यात्रु आउने क्रम सुरु भएको थियो। उनी भने विहान लगभग सात वजेतिर देखा परेकी थिइन्।
लाम्चो गोरो अनुहारमा घाँटीसम्म लत्रेको सुनौलो कपालकी मालिक्नी। सेतो हाफ भेस्ट र निलो जिन प्यान्टमा सजिएकी। हसिलो अनुहारको सौन्दर्यलाई निखारेको थियो दाँतको उबड खाबटले ।
साच्चै आकर्षक व्यक्तित्वकी धनी। उनी नेपाली शब्द सोध्दै कागजमा लेख्न थालेकी थिइन्। मिजासिली युवतीलाई नेपाली शब्द सिक्न खासै अप्ठेरो थिएन। उनको चञ्चलता र आकर्षक व्यक्तित्वले मलाई तानी सकेको थियो। मलाई समेत थाहा नदिने असफल प्रयास गर्दै मेरा नजर उनलाई पछ्याउन थालि सकेका थिए।
समय नाघी सकेको पत्तो भएन। हामी विमान भित्र छिरि सकेका थियौँ। अधिकांस खाली सिट बोकेको विमान भित्र उनी मेरो अघिल्तिरको सिटमा एक जना अर्की नेपाली महिलासँग वसेकी थिइन्। विमानले आकासको गहिराई नाप्न थालि सक्दासम्म हाम्रो नजर जुधि सकेको थियो। तर सामान्य मुस्कान साट्नु वाहेक हामी विच वार्तालाप भएको थिएन।
विमान परिचारिकाले यात्रुलाई खाना पस्कने कर्त्यव्य निर्वाह गर्ने क्रममा नेपाली जस्ती देखिने परिचारिकाको राष्ट्रियतावारे जान्ने मनभित्रको जिज्ञासा रोक्न सकिन। कस्तो अचम्म! नेपाली अनुहारकी उनी सत प्रतिसत सिंगापूरे रहिछन्।
त्यही क्रममा सम्भवतःहाम्रो वार्तालाप सुरु भएको थियो। उनले कुराकानीको सुरुमै हाते व्यागबाट आफ्ना दुई छोरीको तस्विर झिकेर मलाई देखाईन्। जापानीसँग प्रेम वसेपछि माइती अमेरिका छाडेर घरजम गरेको पनि १२ वर्षभन्दा बढी भइ सकेको उनले सुनाइन्।
'विहेपछि मेरो सासु निकै रुनु भयो नी, छोरो हातबाट फुत्क्यो भनेर' पूर्वीय संस्कृतीमा समाहित जापानी संस्कारकी सासुको चिन्तालाई हटाउने प्रयास अहिलेसम्म आफूले गरि रहेको उनले बताइन्। सासुको चिन्ता आफ्नो वंस विग्रिंयो भन्नेमा रहेछ। त्यस वाहेक अमेरिका जस्तो खुला समाजकी वुहारी जापानको पारम्परिक संंस्कृतीको परिधीभित्र अटाउने विश्वास उनमा अझै थिएन रे।
'म सासु रिझाउने प्रयासमा अझ पनि लागेकी छु। खाना पकाउन सिक्दै छु। तर खै किन हो सक्दिन कि जस्तो लाग्छ कहिलेकाही' उनले अली दुखी हुदै भनिन्। निकै कुराकानीपछि मैले सोधे 'अनी नेपाल किन जान लागेको नी?'
'एक जना तपस्वी छन् नी, निकै कलिला, हो, उनैलाई भेट्न जान लागेकी', उनको जवाफ सुन्दा रमाईलो लाग्यो। किशोर तपस्वी राम बहादुर वमजनलाई भेट्न इच्छुक रैछिन् उनी।
'अनि ती तपस्वीमा शक्ति छ भन्ने विश्वास लाग्छ त?' मेरो प्रश्न पूरा हुन नपाउदै उनले भनिन् 'किन नहुनु मलाई त पूरा विश्वास छ।' तपस्विका बिषयमा अमेरिकामै वस्ने नेपालीले वताएको उनले बताइन्। त्यतिबेला तपस्वी वमजन वाराको जंगलमै थिए। सम्भवतः त्यहाँ कुरा गर्न सजिलो होस भनेर नेपाली शब्द जति सक्दो चाडो सिक्ने प्रयास गरेकी रहिछन्। जापानमा अंग्रेजी शिक्षिका भएको नाताले होला आफ्नै प्रयासमा उनले धेरै नेपाली शब्द सिकी सकेकी थिइन्।
त्यतिबेलासम्म उनी र म एउटै सिटमा आई सकेका थियौँ। उनी विचमा थिइन्। एका तर्फ म थिए भने अर्को तर्फ अर्की नेपाली दिदी।
हामी वीचको वार्तालाप थाहै नपाई घरभित्र छिरि सकेको थियो। मैले आफ्नो परिवारबारे सबै बताईसकेको थिए। उनी पनि सुनाउन थालिन्। त्यही क्रममा तपस्वीको कुरा आएको थियो।
'मेरो श्रीमान निकै पारम्परिक सोँचको हुनुहुन्छ' आफूलाई एक्लै जान नदिने श्रीमानको वानी बताईसकेपछि उनले भनिन्, 'तर तपस्वीलाई भेट्ने इच्छा व्यक्त गर्दा भने उहाँले रोक्नु भएन। केही वेरका लागि मलाई एक्लै जान नदिने मेरो श्रीमानले नेपालसम्म आउन स्विकृती दिनु भयो। त्यही भएर मलाई विश्वास छ, तपस्वीमा केही न केही शक्ति छ।'
त्यही क्रममा कुराले एक्कासी उनको माइतीको बाटो समात्यो। उनले एउटा अर्को तस्विर देखाउदै भनिन् 'यी मेरी दिदी। पोहोर सालमात्र क्यान्सरबाट निधन भयो।'
अनि आफ्नी दिदी र आफूबीचको सम्बन्ध बारे वोल्दावोल्दै उनी मेरो वायाँ हात आफ्ना दुबै हातमा लिएर एक्कासी रुन थालिन्। 'अब त मलाई वहिनी भन्ने पनि कोही छैन।' उनको कुरा सुनेपछि मेरो मुखबाट आफै निस्कियो- आत्तिनु पदैन। तिमीलाई बहिनी भन्नेे म छदै छु नी।
'साच्चै हो।' उनको जिज्ञासामा मैले भने-हो नी, आजदेखि म तिम्रो दाजु है।
'धन्यबाद' उनले मेरो हात थपथपाउदै भनिन्। त्यसपछि उनी हाँस्दा रुन्चे स्वर सुनियो। आफूलाई विमानस्थलमा केही व्यक्ति लिन आउने उनले बताएकी थिइन्।
काठमाडौंमा पुगेपछि मैले पनि उनलाई लिन आएकाहरुको जिम्मा नलगाउदासम्म उनको साथ छोडेको थिइन। मैले उनलाई अप्ठेरो भए सम्पर्क राख्न भनेको थिएँ तर उनको नाम सोध्न भने विर्सेछु।