ऐया, कति साह्रो दुखाएको भन्या ! मम्मी त जहिल्यै यस्तै दुखाइदिसिन्छ। आ, नकोरी जान्छु स्कूल। कपाल छोटो बनाउँछु भन्दा पनि नदिने। आ.... जहिले पनि यस्तो दुख्दासम्म उही थोत्रो काइँयोले कोरिदिने। राम्रो स्याम्पु पनि नकिनिदिने।
"अँ तँलाई किनिदिन्छु अब स्याम्पु। होमवर्क पनि सकेकी छैनस्, अझै ठूली भएँ भनेर जहिल्यै पनि नक्कल पार्न खोज्ने, तँलाई अझ कराउँछेस्", आशाले छोरीलाई हपारिन्।
छोरीको चकचक के रोकिन्थ्यो। छोरीले भनी- "अंकल क्या झेल्ली हुनुहुन्छ मम्मी हेर्नु न।"
छोरीले अघिल्तिरको ऐनामा हेरेर कपाल आफ्नै स्टाइलको बनाई। दायाँतिर यसो जीउ मर्काउँदै भनी- "मम्मीलाई कति भन्ने। प्रेस लगाउँदा पनि यो फ्रककै मुज्जा बिगारिसियाछ।"
आशाले हतारहतारमा कालो चिया लिएर आइन्। "लौ न नि सर यसले त हैरान पारी। तपाईंले थवाङमाथि हाम्रो क्याम्पमा दुई महिनाकी देख्नु भाको हो। अहिले यस्ती भई", आशाले भनिन्।
"उहाँ (पति संघर्ष) खाराको पहिलो 'एट्याक'मा सहिद हुनुभयो। यसलाई हुर्काउन कति हम्मे भयो। संकटकाल झन चर्कँदै थियो, यसलाई ज्वरोले च्याप्यो। टोलीसँग सिटामोल पनि सकियो। खाना छैन, दूध नआउने, अहो सर, ती संघर्षका दिनको कुरै नगरौं", आशा एकसरो पुराना याद भन्दै गइन्।
आशाले अहिले सहिद परिवारको नाम पाएकी छन्। पार्टीले सरकारको नेतृत्व गरेको छ। अहिले छापामारबाट अर्को विभागमा सरेकी छन् आशा। छोरीलाई बोर्डिङ राखेको, "खाइस्योस्, गइस्योस्" भन्न थाली। आशाले छोरीलाई कमेन्ट गरिन्।
आशाकी छोरी अहिले जलजला भएकी छन्। ठूली भइसकेकी छोरीको नाम जलजला राखेको कथा फेरि सुनाइन् आशाले।
"घर्तीगाउँको प्रहरी चौकी रेड गरियो। त्यहाँबाट हामी दिउँसोतिर जलजला पुगियो। जलजलाको तल्लो चौरमा हाम्रो सेल्टर थियो। घर्ती गाउँको एट्याकमा उहाँ (संघर्ष) ए बटालियनको कमाण्डर हुनुहुन्थ्यो। र, म यता सी बटालियनमा प्राविधिक सप्लाई गर्थेँ", उनले सुनाइन्।
कसरी बन्यो छापामारकी छोरीको नाम जलजला आशाले भन्दै गइन्, "पानी तल तालमा थियो। म पानी लिन गएँ। गोरु काटिएको थियो। संघर्षको भागमा गोरुको आन्द्राभुँडी सफा गर्ने जिम्मा रहेछ। एक्कासी उहाँ चिप्लिनुभो। आधा शरीर तालमा डुब्न लाग्यो। एक्कासी हेल्लो कमरेड हेर्नुस त म तालमा परें यसो हेल्प दिनुस न भन्नु भयो उहाँले।
मैले एउटा सुकेको लामो हाँगा उहाँतिर फ्याँके। यता मैले अठठ्याउने उताबाट त्यसलाई समाउँदै उहाँ बाहिर निथ्रुक्क भिजेर निस्कनुभयो। तालको भित्रीतिर हिलो रहेछ खुट्टा झिक्छु भन्यो निस्कँदै ननिस्किने। लौ कमरेड प्रतिक्रियावादीका एजेन्टहरुले नलिएको ज्यान एउटा गोरुको भित्राँस सफा गर्दा तालले झन्डै लियो। उहाँ हाँस्नुभयो। त्यो लेकको जाडो, उहाँ त थुरथुर काम्न लाग्नुभयो।
मैले गाग्री बोक्न सजिलो होस भनेर कम्ब्याटमाथि पनि कम्मरमा सलको खास्टो उनीले बुनेको बर्को बेरेको थिएँ। कमेरड जाडो भयो होला भनेर खास्टो दिएँ। आ-आफ्नो काम सकेर हामी फर्कियौं। तल थवाङबाट लजिस्टिक सामान र पार्टी हेडक्वाटरबाट केही नीतिगत निर्देशन पनि आएको थिएन। त्यसकै कारण दुई दिन सेल्टर लिनुपर्ने भयो। उहाँले बेलुकापख खास्टो आशा कमरेड कता हो भन्दै हामी महिलाहरुको सेल्टरतिर ल्याइदिनुभयो।
भोलि बिहानै रोलकल थियो। रोलकलमा उहाँले कासान दिनुपर्ने रहेछ। अग्लो लेकको कारणले रोलकल छोटो गर्ने निर्देशन भयो। रोलकल सकिएपछि खाजा खाने टाइम भयो। खाजा खाएपछि खाना पकाउनका लागि उहाँले दाउरा चिर्न लाग्नु भयो। दाउरा चिर्दा बन्चरोको एक टुपोले दाइने खुट्टाको बुढी औंठामा छ्याप्पै काट्यो। त्यति बेला म पर अस्मिता हेल्थ डिर्पाटमा थिएँ। दौडेर चिच्याउँदै स्प्रिड र टिन्चर कपास लिएर आउन भने।
त्यहीबाट अर्को बिहान हिँड्ने बेला संघर्षले मलाई भेट्नु भन्नुभयो। भेट भयो। उहाँले मलाई तपाईँ भावनात्मक रुपमा साह्रै मन पर्यो भन्नुभयो।
मैले पनि भने एउटै लक्ष्य, एउटै विचार, सँगै मर्ने संगै मुक्तिका लागि संघर्ष उत्रने भनेर हुन्छ भने। त्यसपछि यो जन्मेकी हो। उहाँकै सल्लाहमा यसको नाम जलजला राखिएको हो। उहाँले सहादत प्राप्त गर्नुभयो। अहिले म पूर्व छापामार हुँदै पार्टीको अर्को जिम्मेवारीमा छु। संघर्षको सपनालाई पूरा गर्न र उनको नासोलाई सही दर्शनमा लगाउनु मेरो मुख्य जिम्मेवार छ।
आशाले अन्तमा भनिन्- 'सर, ठीकै छ, मेरी छोरी ठूली भई। अब म संघर्षको सपना पूरा गर्न देश जनता र मुक्तिकै लागि सोच्नेछु।' - ujir.magar@nagariknews.com