'हरियो बाँसमा टुँ पारुन् तँ काठालाई,' निकैबेर आँशु बगाएपछि सानीले छेवैमा उभिएको श्याम बाजेलाई सरापी।
एक सातादेखि नकोरिएजस्तो लाग्ने कपाल। फुस्रो अनुहार। सानीलाई तारिफ गर्नु पर्ने केही पनि सुन्दरता उसँग बाँकी थिएन। रोइरहेकी छ, र्याल-सिङान भएर। कोही आको गको हेक्का पनि छैन। मनमा आएजति बोलिरहेकी छ।
'तँ काठा पनि जिन्दगीभरी रुनु परोस्,' उ श्याम बाजेलाई एक तमास सरापिरहन्छे, 'मर्न नसकेको, हैजाले पनि किन खान नसकेको होला पापीलाई ?'
केही समय विराटनगरमा थामिएपछि मलाई चतरा पुग्न हतार हुन्छ। ७ दिने दशैं छुट्टीमा ३ दिन मैले चतरामा बिताए। केही समय बाल्यकाल चतरामा वितेकाले मेरा धेरै नै साथीहरु त्यहाँ छन्, तिनीहरुको मायाले पनि सायद तानेको हुनुपर्छ।
पोहोर गाउँ जान सकिन, विराटनगरमै दशैं वित्यो। यसपाली जाँदा गाउँमा धेरै कुरा परिवर्तन भए छ। मेरी धाइआमा मरिछन्। लुईटेल साइलो मरेछन्। अधिकांस केटाहरु अरवतिर गएछन्। केटी साथीहरु कोही पोइला गएछन्, केहीले विहे गरेछन्। तर, सानी र श्याम बाजेमा भने केही परिवर्तन आएको रहेनछ। एक-अर्काबीना छुट्टीएर पनि बस्न नसक्ने र सँगै भएपछि झगडा पनि गरिरहने। बाजेलाई कसैले 'अन्डरस्टिमेट' गर्नु हुँदैन सानीले जिउँदै निलुँला जस्तो गर्छे, अफूँ चै बाजे अहिले मरिजाउन् जस्तै गरी गाली गर्छे। यो सँधैको दैनिकी हो।
बाजे केही सोझा लाग्छन्। पाँच बर्षअघि सानीलाई भगाएपछि बाजेलाई गाउँलेले भिराउने गरेको 'सोझा' को पगरीबाट मुक्त गरे। कसैले अनुमान पनि गरेको थिएन बाजेले केटी भगाउलान् भनेर, त्यो पनि मगर्नी। त्यहाँदेखि बाजेलाई सोझो भन्दा कसैले पनि पत्याउदैन।
मगरकी छोरी। सुङ्गुर खान मन गरिछ सानीले। बाजेले हुँदैन बाहुनको घरमा भनेछन्। जातपात भन्नेले किन मगर्नीलाई च्यापी हिँडेको भनिछ सानीले। कुरा चर्क्यो। बाजेले पनि रिस थाम्न सकेनछन्। हानेछन् घिरौलाको झ्याङ अड्याएको थाङ्ग्रो उखलेर। निकैबेर रुएपछि सानीको दुखाइ कम भयो। अनि सरापिरहेकी रहिछ बाजेलाई।
चतरा बजार मास्थिर एउटा गाउँ छ, सिंहदेवी। सिंहदेवीका सबैले गाई-बाख्रा पालेका छन्। घाँस काट्न मास्थिर जंगलतिर जानुपर्छ। घाँस काट्ने मेलोमा सानी 'पट्टि' छ बाजेसँग। तीन महिनासम्म 'अफेयर्स' चलेपछि दुईलाई छुट्टिन गाह्रो भो। हराए एकाएक गाउँबाट। गाउँभरी हल्ला चल्यो। के बुद्धि नभको वाहुन रैछ? जात फ्याँक्नु गुन्द्रुकको झोलमा सम्म भन्न भ्याए गाउँलेले। दुई सातापछि मुस्कुराउँदै आए नवदम्पति। गाउँलेले मौन स्वीकृति दिए उनीहरुलाई। एक महिनासम्म मिलेर बसे। अनि त्यसपछि सुरु भएको उनीहरुको नियमित झगडा कुनै न कुनै वाहनामा अहिलेसम्म चलिरहेको छ।
झगडा अहिलेसम्म पनि नरोकिएको देख्दा मलाई अचम्म लाग्छ। त्यो भन्दा अचम्म हप्ता दिनसम्म थला पर्ने गरी कुटामार गर्दा पनि उनीहरु छुट्टिदैनन्। मुखमा आएजति गालीगलौज गर्छन् तर राती ओछ्यान एकै।
'यिनीहरुको व्यहोरा यस्तै हो,' मैले चासो दिएर झगडालाई नियालिरहेको देखेर ममीले भन्नु भयो, 'अचम्ममा नपर, यिनेरको प्रेम कस्तो खालको छ भनेर कसैले पनि चिताउन सक्दैन।' ममीको कुरो मलाई नि ठिकै लाग्यो। कस्तो खालको प्रेम हो यिनीहरुको परिभाषा छैन।