बेल्जियममा बाह्रखरी
१७ असोज २०६६
•
११ मिनेट पाठ
बेल्जियममा बाह्रखरी
'शिक्षकले विद्यार्थीलाई पिटन पाउँदैनन्। पिट्यो भने प्रहरीले तत्काल कारबाही गर्छ,' १५ वर्षे आशिक तिवारीले नेपालको होइन बेल्जियमको कुरा सुनाउँदै थिए। चितवनको टाँडी घर भएका उनी डेढ वर्ष अघि परिवारसँग बेल्जियमको ब्रुज सहरमा आइपुगे। बेल्जियम पस्दा उनले ७ कक्षामात्र पास गरेका थिए।
सुरुको वर्ष उनले यहाँ डच भाषा सिके। अहिले खेल विषयलाई प्रमुख बनाएर यहीँ अध्ययन गरिरहेका छन्। 'हाम्रो देशको भन्दा त धेरै फरक लाग्यो,' उनले नेपाल सम्झँदै भने, 'यहाँ घोकाएर पढाइँदैन।'

बेल्जियममा १२ वर्षमाथि र मुनिका लागि भिन्दा-भिन्दै तरिकाले पढाइन्छ। १२ वर्षसम्मलाई भाषा तथा अतिरिक्त क्रियाकलापमा दक्ष बनाइन्छ। त्यसपछिका वर्ष विद्यार्थीको रुचि र क्षमतालाई हेरेर विषय छानेर पढ्न लगाइन्छ।

छ कक्षासम्म एक तरिकाले पढाइन्छ। त्यसपछि दस जोड दुईसम्म रुचिअनुसारका कक्षा र विषय हुन्छन्। यसमध्ये सबैभन्दा गाह्रो एएजओ समूह हो। पढाइमा यस्ता अन्य दुई समूह पनि हुन्छन्। एएजओअन्तर्गत विज्ञान, गणित र खेल विषय पर्छन्। तिवारी यही समूहका विद्यार्थी हुन्।

यसैगरी दोस्रो समूहमा टेक्निकल र तेस्रो अफिसियल तथा व्यापारका विषय छन्। आंशिक भविष्यमा फुटबलर बन्न चाहन्छन्। त्यसैले उनी त्यहाँको ब्रुज क्लबमा फुटबल पनि सिकिरहेका छन्।

बेल्जियममा युरोपका संग्रहालय पनि छन्। यो ऐतिहासिक पनि छ। यहाँका मानिसले वातावरण सफा राख्न निक्कै मेहनत गर्छन्।
बिहान ८ देखि साँझ ४ बजेसम्म विद्यालयमा पुग्नु। अध्ययनमा मन लगाउनु नेपाली भाइबहिनीको दैनिकीजस्तै छ। शनिबार र आइतबार भने बिदा हुन्छ। बुधबार १२ बजेसम्म कक्षा हुन्छ।

आफ्नो छोराले उत्सुकतासाथ धेरै कुरा सिकिरहेकामा उनकी आमा राधिका निक्कै खुसी छिन्। 'यहाँ हरेक कुरालाई अभ्यास गराएर सिकाइन्छ,' राधिका भन्छिन्, 'त्यही भएर पनि केटाकेटीले छिटो सिक्छन्।'

छोराले यहीँ पढे पनि भविष्यमा देशमै गएर काम गरोस् भन्ने उनलाई लाग्छ। आशिकका साथी कुशल श्रेष्ठ पनि बेल्जियममा निक्कै रमाएका छन्। १५ वर्षे उनी यहाँ आएको जम्मा ९ महिना भयो। उनी भविष्यमा अफिसर बन्न चाहन्छन्। 'त्यसैले त म तेस्रो समूहको विषय लिएर पढ्दैछु,' उनले भने।

नेपाल छँदा नेपाली र अंग्रेजी दुई भाषामा उनले किताब रट्थे। यहाँ भने ४ वटा भाषामा फरक-फरक विषय अध्ययन गर्छन्। हुन त यसले अल्लि अफ्ठेरो परेको उनले बताए। 'डच, फ्रेन्च, स्पानिस र अंग्रेजी भाषा जान्न पर्छ,' उनले भने, 'गाह्रो त भै हाल्छ नि।'

कुशलको घर बाग्लुङ जिल्लामा पर्छ। उनलाई घरको सँगसँगै यहाँ बस्दा भक्तपुरको पनि निक्कै याद आउँछ रे। किन? 'यहाँ १४ औं शताब्दीदेखिका ऐतिहासिक र पुरातात्विक वस्तुहरू छन्,' उनी हाँसे।
उनका ११ वर्षे भाइ सन्दिप पनि यहाँ निक्कै रमाएका छन्। नरमाऊन् पनि कसरी नेपाल छँदा उनले शिक्षकको पिटाइ खाएर एक हप्तासम्म स्कुल गएनन्। यहाँ तीन कक्षामा पढ्ने उनले कम्प्युटरमा धेरै कुरा सिक्न र पढ्न पाएका छन्।

'नेपालमा धेरै दिन स्कुल गएन भने पनि वास्ता गर्थेनन्,' उनका बाबा कृष्णले भने, 'यहाँ १ दिन गयल भयो भने घरमा पत्र आउँछ।' बिरामी भयो भनेर टार्न पनि पाइँदैन रे। डाक्टरको पत्र लिएर स्कुल जानुपर्छ। जेजस्तो भएपनि आफ्नो देशको भने निक्कै माया लाग्ने कृष्ण बताउँछन्। 'आफ्नो देश भनेको आफ्नै हो, तर राम्रो भइदियोस् भन्ने लाग्छ,' उनले भने।

तीन महिना अघिमात्र यहाँ आएका १३ वर्षे अनिल न्यौपाने सुरुमा त निक्कै दुखी भए। साथी, टोल र रूपन्देहीको रमाइलो सेरोफेरो उनले धेरै दिनसम्म भुल्न सकेनन्। नवप्रभात बोर्डिङ स्कुलबाट ८ पास गरेका उनले यहाँ स्कुलमा डच भाषा सिकिरहेका छन्। 'डच भाषा अंग्रेजी भाषाकै लवज हुँदोरहेछ,' पिपरा कपिलवस्तु घर भएका अनिलले भने, 'यहाँको जस्तै नपिटी बुझाएर पढाए आफ्नै देशमा धेरैले राम्रो पढ्न पाउने थिए।'

उनलाई इन्जिनियर बन्ने रहर छ। बेल्जियममा जताततै बज्ने संगीत उनलाई रमाइलो लाग्छ रे। 'यहाँको पढाउने तरिका पनि राम्रो छ,' उनका बाबा पदमले भने।

कसैले डाक्टर त कसैलाई इन्जिनियर तर कास्की हंसपुर घर भएकी अन्जना सुवेदीलाई भने फ्लोरेन्स नाइटिङ्गल बन्न मन रहेछ। कक्षा आठमा पढिरहेकी १४ वर्षे उनी नेपालमा समाजसेवा गर्न मन रहेको बताउँछिन्।

चारैतिरबाट पानी र पार्कले घेरिएको सुन्दर भएकाले बु्रुज सहर अन्जनालाई राम्रो लाग्छ। तर त्यहाँकाले नेपाली नागरिक त्यत्ति मन पराउँदैनन् कि भन्ने डर पनि उनलाई छ। भाषा नबुझ्ने गाली गरेका हुन् कि माया गरेका हुन् कहिलेकाहीँ त छुट्टाउनै गाह्रो पर्छ रे उनलाई।
अन्जनाका बुबा दुर्गा पनि भाषा नै यहाँको मुख्य समस्या भएको बताउँछन्। 'भाषामात्र राम्ररी जान्ने हो भने छोराछोरीले धेरै कुरा सिक्न पाउने थिए,' दुर्गाले भने।

ललितपुर घर भएकी निकिता थापा नेपाल छँदा कापीमा लेखेर होमवर्क बुझाउँथिन्। बेल्जियममा त कम्प्युटरमा लेखेर शिक्षकलाई बुझाउनुपर्ने। १५ वर्षे निकिता डाक्टर बन्नका लागि धम्मरधुस लगाएर आठ कक्षामा पढ्दैछिन्। १२ कक्षापछि आफू विश्वविद्यालय जाने उनले बताइन्।

बेल्जियममा विद्यार्थीलाई यातायात, बजार र अन्य कुरामा विशेष प्रमुखता दिने मन परेको रहेछ। जुलाइ र अगस्त बिदाको महिनामा सरकारले नै विद्यार्थीलाई काम दिने गर्छ। उनी त्यो समयमा फाल्तु बस्दिनन्। केही न केही काम गरिहाल्छिन्।

निकितालाई यहाँको पढाउने शैली निक्कै मन परेको छ। 'नबुझीकन पाठ अगाडि बढाउँदैनन्,' निकिताले भनिन्, 'त्यसैले धेरै कुरा प्रष्ट रूपमा जान्न मद्दत पुगेको छ।'

उनका बुवा नरेन्द्र थापा पनि छोरीको पढाइ नेपालमा भन्दा यहाँ राम्रो भएकोमा खुसी छन्। उनी भन्छन्, 'हामी नेपालीले पनि यहाँको शिक्षापद्दतिबाट केही सिक्नुपर्छ।'

बेल्जियममा रहेका ७ वर्षीय प्रथा पन्थी हुन् या ६ कक्षाकी सदिक्षा सापकोटा। दुवैलाई आफ्नो घर धेरै याद आउँछ। उनीहरू दुवै डच भाषामा स्कुलका पुस्तक पढ्छन्। उनीहरूले नेपाली भाषा नै भुल्छन् कि भन्ने चिन्ता उनका परिवारलाई लाग्दो रहेछ। चितवन घर भएकी सदिक्षाकी आमा गीता भन्छिन्, 'भुल्लान् भनेर घरैमा नेपाली पनि पढाइरहेकी छु।' प्रथाकी आमा कविता पनि गीताको कुरामा सहमत थिइन्।

यहाँ उनीहरूले धेरै विदेशी साथी बनाएका छन्। अनिलको पाकिस्तानी साथी नदिमले नेपाली साथी निक्कै रमाइला र सहयोगी भएको बताए। कुशलको साथी जाविद पनि नदिमको कुरामा सहमति जनाउँछन्। अरू विद्यार्थीको तुलनामा नेपालीहरू निकै तेज रहेको स्थानीय शिक्षक डेनोल्फ इजाबेलको अनुभव छ। 'सुरुमा भाषा सिकाउन गाह्रो हुन्छ तर पछि दक्ष भएर निस्कन्छन्,' उनले भने।

शिक्षक आन्द्रे कारेनले नेपाली विद्यार्थी अरूभन्दा सहनशील र समान व्यवहार गर्ने सहयोगी भएको बताइन्। उनी भन्छिन्, 'अतिरिक्त क्रियाकलापमा पनि नेपाली नै अगाडि छन्।'
santoshneupane98@gmail.com
(न्यौपाने बेल्जियममा सोसियल वर्क विषय पढ्दैछन्।)
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।

पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस