पहिलो पटक काठमाडौं आएको ४३ वर्ष भयो। शिवपुरीको चुचुरोमा पुगेको थिइन। त्यति अग्लो डाँडासम्म हिँड्न सक्तिन होला भनेर मन मारेर बस्ने गरेकाले त्यो रहर बाँकी नै थियो। दीपक सापकोटाले शिवपुरी जाने आग्रह गर्दा पनि आँट आएको थिएन। बीचसम्म मोटरमा जाने भने पनि मात्रै हुन्छ भनेको थिएँ। आनीको गुम्बासम्म मोटरमा गइयो। दीपकको सुजुकी भितारामा ७ जना कोचियौँ। मोटरको अलग्गै प्रवेश शुल्क उठाए पनि बाटो मर्मत गरिएको थिएन। ट्याक्टर हिँड्ने चत्रे्कटोजस्तो बाटोमा जीप ठाउँ ठाउँमा छोइएर आवाज आउँथ्यो। तैपनि राम्रै तान्यो। छोएको त बाटो र दीपकका कारणले हो नि। (फर्कँदा भेटिएका ट्याक्सी चालकले आफ्नो मारुतीले भुइँ छुन्छ भनेर ओरालोमा ल्याउनै मानेनन्। )
दीपक सापकोटा, शिव र इन्दु, बु्रस, नरी र चेतको पछि लागेको थिएँ। यी सबैको आआफ्नो विशिष्ठ परिचय छ। यहाँ प्रसंगवश केही आए लेखौँला। बु्रस अमेरिकी नागरिक हुन्। विशेषगरी आमाबाबु नभएका वा परित्यक्त नेपाली बालबालिकाप्रति उनको मनमा ठूलो लगाव छ। माया वा स्नेहमात्र भनेर पुग्दैन। उनको नाम सुनेको थिएँ, भेट्न पाएको थिइन। ब्रुस पनि जाने भनेपछि म तयार भएको हुँ। वास्तवमा यो पद यात्रा ब्रुसलाई साथ आयोजना गरिएको थियो। (नरी र चेत ब्रुसका धर्म छोरी हुन्। सोलुखुम्बुको कुनै गाउँका यी किशोरी अहिले काठमाडौंमा पढ्दैछन्। ब्रुसले यसमा सहयोग गरेका छन्। यस पटकको दसैँमा त ब्रुस सोलुसम्मै गएछन्, छोरीहरूसँग। अमेरिकी धर्म पिता लिएर गाउँमा जाँदा चेत र नरी त्यस गाउँका 'राजकुमारी' जस्ता भए रे!)
गुम्बामा गाडी राखेर बागमतीको मुहान हुँदै उकालो लागियो। टोड्के बाबाको आश्रम बाटोमा रहेछ। त्यसपछि ठाडो उकालो। बिस्तारै बिस्तारै उकालो लागियो। शिव र दीपक पटक पटक आएका रहेछन्। रमाइलैसँग बाटो काटियो। शिखरमा शिवपुरी बाबा जीवित छँदा बस्ने गरेको आश्रमको अवशेष रहेछ। काठमाडौं कतै कतैबाट देखिन्थ्यो। माथि टेलिकमको जिएसएम मोबाइल सिग्नल नआउने रहेछ। सीडीएमएले मुस्किलले काम गर्ने रहेछ। शिखरमा एक्कै छिन सुस्तायौँ र फर्कियाै । टोड्के बाबाको आश्रमसम्म सबै जना सँगै र सजिलै आइयो।
गुञ्जनजी त्यही डाँडामा कतै स्वामी चन्द्रेशको आश्रममा बस्दा रहेछन्। शिव र दीपक दुवैका परिचित। उनीहरू गुञ्जनलाई नभेटी नआउने भए। गुञ्जनलाई पहिले भेटेर गएको भए सुल्टो हुने रहेछ। फेरि उकालो लागियो। (मलाई डाक्टरले उकालो ओरालो धेरै नहिँड्न र घुँडा खुम्च्याएर नबस्न सल्लाह दिएका छन्। अलि अलि देब्रे घुँडा दुख्न थालेको थियो। फेरि उक्लेर तल ओर्लन सक्तिन कि भनेर डर लाग्न थाल्यो। ) उता ब्रुस र उनका छोरीहरू अलमल गर्न थाले। उनीहरूलाई आउँदै गर्नु भनेर हामी उकालो लाग्यौँ। केही बेर हिँड्दा पनि गुञ्जनकोमा पुगिन्छ नै भनेर ढुक्क हुन पनि सकिएन। दीपक निकै छिटो हिँडेका थिए। हामीभन्दा धेरै नै अगाडि। शिवसँगै थिए। इन्दु र म फर्केर गुम्बामा पर्खने सल्लाह भयो। टोड्के बाबाको आश्रममा आइपुग्दा ब्रुसहरू पनि थिएनन्। उनीहरू हामीभन्दा पहिले गुम्बातिर गएको खबर त्यहाँमा मानिसले दिए। (पछि थाहा भयो उनीहरू हामीभन्दा पछाडि नै रहेछन् ।) इन्दु र म पनि बिस्तारै गुम्बातिर लाग्यौँ। बिहान धेरैजना कुराकानी गर्दै आउँदा बाटो खासै लामो लागेको पनि थिएन। थकाइ र अलिअलि डरले पनि होला यस पटक बाटो अलि लामो भएजस्तो लाग्यो।
बीचमा दोबाटो भेटियो। एउटा ठाडो ओरालो र अर्को तेर्सो। ओरालो बाटो नै जाने होला भन्ने ठान्यौ र ओर्लन थाल्यौँ। हो कि होइन भन्ने दुबिधा मेटिने बेलामा हामी धेरै तल बनमा पुगेका थियौँ। बाटो बिराएको निधो हुँदासम्म धेरै तल पुगेका थियौँ। दन्त्यकथाका राक्षस भेटिएला जस्तो अँध्यारो बन। मान्छे नहिँडेको, लेउ लागेको चिप्लो बाटो। ओरालो। बाटोभन्दा पनि वर्षामा पानी बग्ने खोल्सोजस्तो। जति तल झरे पनि मान्छे वा मोटरको कुनै स्वर सुनिदैन। बाटामा फालिएका चाउचाउका खाली खोल, हजमोला र पानपरागका प्लास्टिक अनि पानीका खाली बोतलले त्यस बाटामा मान्छे हिँड्दारहेछन् भन्ने जनाउ चाहिँ दिएको थिए।
जंगली पशु र पशुभन्दा खराब मानिस भेटिन सक्छन् यस्तो डरलाग्दो बनमा। इन्दुको पीर लाग्यो। मेरो कमजोर घुँडाले साथ छाड्यो भने कसरी तल पुर्याउलिन्? कतै कुनै पशु वा नरपशुले आक्रमण गर्यो भने मैले कसरी यिनको रक्षा गर्न सकौँला जस्तो मात्रै लागिरह्यो। बाटामा फोन गर्ने प्रयास गरेँ। टावरै नभेटिएन। मेसेज पठाउन खोजेँ त्यो पनि गएन। अत्यास लागेकाले हो कि खुट्टा बढी नै काम्न र लड्न थालेँ। जे भए पनि जाने त ओरालो नै हो भनेर मन बुझाउँदै तल झरिरह्यौँ। बीचमा भर्खर खन्दै गरेजस्तो बाटो भेटिएपछि मन अलि ढुक्क भयो। अन्ततः मोटर बाटोमा पो पुगियो। गुम्बाभन्दा धेरै तल। अनि केही बेरपछि साथीहरूसँग सम्पर्क भयो।
दोबाटामा संकेतहरू राखि दिएको भए बाटो बिराइने नै थिएन। त्यति गर्न कुनै ठूलो खर्च लाग्ने त होइन नि। त्यस क्षेत्रको जिम्मा लिएको र भित्र पसेबापत पैसा लिने निकुञ्जले त्यति पनि गर्न सत्तै्कन? वर्षाको पानीले भत्काएको बाटो दसैँमा पनि बनाइएको छैन। पातै पात छ। त्यसलाई सोहोरेर बाटो स्पष्ट बनाइए धेरै पदयात्रीले हामीले जस्तो सास्ती भोग्न पर्ने थिएन। गोरेटोमात्र व्यवस्थित गर्न सके पनि पद यात्रीको संख्या नै बढ्थ्यो।
यस्तै सबैभन्दा बढी संचारको सुविधा चाहिने ठाउँमा जीएसएम मोबाइलले कामै नगर्ने रहेछ। बाटाका कुनै नेटा कुइनेटामा टिप्ने अनि चार पाइला हिँड्नेबित्तिकै सिग्नल हराउने गर्दो रहेछ। बनमा सार्वजनिक टेलिफोन राख्न सकिँदैन होला तर त्यस्ता सिग्नल आउने ठाउँमा संकेत दिन त गाह्रो काम हैन। त्यसरी व्यवस्था गरेमा संचारलाई सुरक्षा प्रयोजनमा पनि प्रयोग गर्न सकिन्थ्यो।
बनभित्र ढलेर /ढालिएर कुहिएका काठ देख्दा निकुञ्जलाई तिरेको प्रवेश शुल्क फिर्ता मान मन लाग्छ। त्यत्तिकै कुहिन दिनुभन्दा त दाउरा नै बनाए पनि काम लाग्थ्यो। सफा बाटोको दुवैतिर उचाइअनुसारका फूल फुलेका होउन्। बाटामा ठाउँ ठाउँमा थकाइ मार्ने, पानी खाने र दिसा पिसाब गर्ने सुविधा होस्। त्यहाँको वनस्पति, वन्यजन्तुका बारेमा जानकारी दिने संकेत पाटी राखिएका हुन्। खतराका बारेमा सचेत गराइएको होस्। अनि न रमाइलो हुन्छ र फेरि फेरि आउन मन लाग्छ।
यी सबै धेरै समय, उन्नत प्रविधि र ठूलो खर्च लाग्ने काम हैनन्। शिवपुरी नागार्जुन राष्टि्य निकुञ्जका हाकिमले अलिकति मात्रै पनि ध्यान दिए पुग्ने काम हुन्। पैदल यात्रैसँग पैसा लिएपछि त्यति गर्नुपर्ने त जिम्मेवारी पनि हो। शिवपुरी क्षेत्रमा बागद्वार पनि छ त्यस भेगका जनताको मूल बाटो पनि भएकाले आवागमन त रोक्न सकिँदैन। त्यसो हो भने व्यवस्थित किन नगर्ने? व्यवस्थित भए काठमाडौँ आउने पर्यटक धेरैजनाले पद यात्रा गर्नेछन्। आमदानी नै बढ्ने छ।
किन यति गर्न पनि क्रियाशील हुँदैनन् हाम्रा सरकारी निकायहरू? निकुञ्जको स्वतन्त्र कार्यालय स्थापना गर्नुको एउटा कारण आवश्यकताअनुसार छिटो निर्णय लिन र कार्यान्वयन गर्न पनि त हो। मूल दायित्व नै पूरा नगर्ने सरकारी कर्मचारीलाई उत्तरदायी बनाउने शासन प्रणाली कहिले थालिएला?
दीपक सापकोटा, शिव र इन्दु, बु्रस, नरी र चेतको पछि लागेको थिएँ। यी सबैको आआफ्नो विशिष्ठ परिचय छ। यहाँ प्रसंगवश केही आए लेखौँला। बु्रस अमेरिकी नागरिक हुन्। विशेषगरी आमाबाबु नभएका वा परित्यक्त नेपाली बालबालिकाप्रति उनको मनमा ठूलो लगाव छ। माया वा स्नेहमात्र भनेर पुग्दैन। उनको नाम सुनेको थिएँ, भेट्न पाएको थिइन। ब्रुस पनि जाने भनेपछि म तयार भएको हुँ। वास्तवमा यो पद यात्रा ब्रुसलाई साथ आयोजना गरिएको थियो। (नरी र चेत ब्रुसका धर्म छोरी हुन्। सोलुखुम्बुको कुनै गाउँका यी किशोरी अहिले काठमाडौंमा पढ्दैछन्। ब्रुसले यसमा सहयोग गरेका छन्। यस पटकको दसैँमा त ब्रुस सोलुसम्मै गएछन्, छोरीहरूसँग। अमेरिकी धर्म पिता लिएर गाउँमा जाँदा चेत र नरी त्यस गाउँका 'राजकुमारी' जस्ता भए रे!) गुम्बामा गाडी राखेर बागमतीको मुहान हुँदै उकालो लागियो। टोड्के बाबाको आश्रम बाटोमा रहेछ। त्यसपछि ठाडो उकालो। बिस्तारै बिस्तारै उकालो लागियो। शिव र दीपक पटक पटक आएका रहेछन्। रमाइलैसँग बाटो काटियो। शिखरमा शिवपुरी बाबा जीवित छँदा बस्ने गरेको आश्रमको अवशेष रहेछ। काठमाडौं कतै कतैबाट देखिन्थ्यो। माथि टेलिकमको जिएसएम मोबाइल सिग्नल नआउने रहेछ। सीडीएमएले मुस्किलले काम गर्ने रहेछ। शिखरमा एक्कै छिन सुस्तायौँ र फर्कियाै । टोड्के बाबाको आश्रमसम्म सबै जना सँगै र सजिलै आइयो।