हाम्रो विकासका बाधक पक्ष
०२ फागुन २०७७
•
८ मिनेट पाठ
हाम्रो विकासका बाधक पक्ष
आगामी दिनलाई निराशावादी र नकारात्मक चेतबाट मात्र नहेरौं ।  पक्कै पनि थोरै सम्हालिएर बाटो पहिल्याउने प्रयत्न गरयौ भने  अवश्य एकपटक उज्यालोतर्फ  उन्मुख हुने  नै छौ । प्रकृतिको नियम नै हो विनाशपछि विकास । अँध्यारोपछि उज्यालो । कुशासनपछि सु्शासन । त्यागपछि प्राप्ति । त्यसैले धैर्य गर्नुस् जसरी पनि हामी अघि बढनुको अर्को विकल्पै छैन । मार्टिन लुथर किडको एउटा भनाइ याद आयो– यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिंड् र हिंड्न पनि सक्दैनौ भने घिस्र तर जसरी हुन्छ अघिचाहिँ बढ ।”  अन्ततः अघि बढनु नै छ ।




विकास र समृद्धिको उत्कर्षमा पुगेका देशहरूको अवस्था पनि कुनै बेला हाम्रोजस्तै थियो । अहिले शुशासन, समानता र स्वतन्त्रताका नमुना  मानिएका युरोप अमेरीकामा पनि हिजो हाम्रोमा जस्तै कुशासन, विकृति, विसंगति, भेदभाव, भ्रष्टाचारको डंगुर नै थियो ।   इतिहासले त्यही भन्छ ।   मात्र उनीहरूले यस्ता कालो बादललाई छिटो छिचोले र अघि बढे ।  हामीले अहिलेसम्म छिचोल्न नसकेको मात्रै हो ।  ती देश कसरी विकासको गतिमा उडन सके ? तर हामी घिस्रिन पनि किन सकिरहेका छैनौ त ?  यसलाई यो आलेखमा दुई पाटो बाट चर्चा गरौं ।  

पहिलो पाटो – विकास र  राजनीति 

हाम्रा नजिकैका छिमेकी देश हुन् थाइल्याण्ड र हङकङ । त्यहां केही वर्षदेखि विभिन्न राजनीतिक माग राखेर आन्दोलन र विरोध चर्किरहेको छ । जनता राजनीतिक परिवर्तन र सुधारको माग राख्दै आन्दोलित छन् । प्रदर्शनहरू गरिराखेका छन । त्यहाँ पनि धेरथोर तोडफोड, विध्वंस भइरहेकै छ ।तर यथार्थमा उनीहरूको त्यो राजनीतिक आन्दोलनले जनताको जीवनस्तर, प्रगती र परिवर्तनमा कुनै असर गरेको छैन । काम गर्ने मजदुर काम गरिराखेकै छन । पढाउने शिक्षक पढाइरहेकै छन । कृषि गर्ने कृषकले उत्पादन गरिराखेकै छन । उद्योगधन्दा र कलकारखाना चलिराखेकै छन । नयाँ बन्नुपर्ने विद्यालय, अस्पताल, पुलपुलेसा बनिराखेकै छन्।

वाार्षिक हुनुपर्ने तलव वृद्धि भइरहेकै छ । बढ्नुपर्ने जनता र देशको आयस्रोत बढिराखेकै छ । त्यसो त यस्ता प्रदर्शन, विरोध या सरकारको  फेरबदलले  जनताको जीवनस्तर उकास्ने कुरामा कुनै असर गरेकै छैन । भौतिक विकासको गतिलाई रोकेको छैन ।  पात्रा को आयो भन्दा पनि संस्कृति के बनायौ भन्ने कुराले मात्र अर्थ राखेको छ ।यसको मतलव राजनीतिक अस्थिरताको नाममा हाम्रोमा जस्तो विकासको गति ती देशमा प्रभावित हुँदैन । भएको छैन । 

अनि सुशासनका लागि नमुनाको रूपमा लिइने बेलायत र अस्ट्रियालाई पनि हेरौं । यी दुवै देशमा सुशासन छ । समृद्धि र विकास त छंदैछ । तर, हामीले देखिरहेकै छौं ।  बेलायतको सदनमा युरोपियन युनियानमा रहने नरहने मुद्धाले मात्रै पटकपटक प्रधानमन्त्री परिवर्तन भइराखेका छन । अझै यही मुद्धाले राजनीतिक विवाद लम्बिदो छ । अस्ट्रियाका चान्सलर सेबेष्टन क्रुज समय नपुग्दै पदबाट हटाइए । उनी फेरि जनवरी २०२० मा चान्सलर भए । अर्थात् असमयमा नै सरकार परिवर्तन भइरहयो । यसको मतलब हामीले समृद्ध र सुशासित सोचेका देशहरूमा पनि पात्राहरू हट्ने र फेरिने भइराख्छ । तर त्यसले ती देशको दिगो विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने कुरामा नकरात्मक असर गरेको हुँदैन । 

मेटी फ्रेडिक्सन उनको पार्टी सोसल डेमोक्रयाटसको एकल बहुमतबाट डेनमार्कको प्रधानमन्त्री बनेकी होइनन् । उनको क्याविनेट निर्माणमा सोसल पिपल्स पार्टी र सोसल लिवरल पार्टीको एलायन्स छ । जसलाई रेड ग्रिन एलायन्स भनिन्छ । फिनल्याण्डको नेतृत्व गरी राखेकी विश्वकै कान्छी प्रधानमन्त्री सान्ना मारिनाको पार्टीको पनि एकल बहुमत छैन । अर्थात् नर्डिक देशका जनताले एउटै दललाई बहुमत त कमै मात्रमा दिएको इतिहास छ ।  धेरै लामो समयदेखि यी देशहरूमा एलायन्स बनाएर सरकार बनाउने संस्कार नै बनेको छ । तर विरलैबाहेक हरेक सरकारले पूर्ण कार्यकाल काम गरेको दृष्टान्त छ ।  उल्लिखित देशहरूमा आन्दोलनको माझमा पनि विकास अघि बढिरहेकै छ । बहुमतको बाबजुद स्थिर सरकार बनेकै छ । उसो भए उनीहरूको मा किन सम्भव भयो ? हामी किन सकिरहेका छैनौं ?  यसको सिधा र सरल जवाफ हो– उनीहरू विधि र पद्धतिलाई पछयाउँछन्।

राजनीति र विकासको नीतिलाई आइसोलेट गरेर हेर्छन् । तर हामी अझै पनि राजनीति  र विकासलाई  फरकफरक चश्माले हेर्न अभ्यस्त भइसकेका छैनौं । आज दक्षिण एसियाका हाम्रा छिमेकी  देशहरू बंगलादेश, श्रीलंका र भारतले पनि  राजनीति र विकासलाई फरकफरक चश्माले हेर्न थालिसकेका छन् । पाकिस्तान त्यो दिशातर्फ गइरहेको छ । अफगानिस्तान अभ्यास गरिराखेको छ । विकास व्यक्तिले नभै विधिले गर्ने वातवरण निर्माण गरौं । जुन आज हामीले समृद्ध देखेका देशले हिजै गर्न सके  ।

राजनीतिक प्रतिस्पर्धा र संघर्ष राजनीतिक मुद्धामा सीमित होस । नकि विकासका लागि व्यवधान नबनोस् । नागरिकको जीवनस्तर उन्नत बनाउन तगारो नबनोस् । थाइल्याण्ड, बेलायत, डेनमार्कको यो यथार्थतालाई मनन गरौं ।

अर्को  तथ्यलाई पनि हेरौ । द ग्लोवल इकोनमीले सन् २०१९ मा विश्वका  १९५ देशको राजनीतिक स्थिरताको स्तरीकरण गरेको छ । २.५ अंक ल्याउने देशलाई  राजनीतिक स्थिरता बलियो भएको मानिएको छ । जुन अंक कुनै पनि देशले प्राप्त गरेका छैन । त्यस्तै माइनस (२.५ ल्याउने देशलाई  राजनीतिक समस्याबाट ग्रस्त मानिएको छ ।  जुन अंकभन्दा तल पनि धेरै देशहरू छन् । सोमालिया, लिविया, अफगानिस्तान, इराक यमन, र सिरिया यस्ता देशमा समेटिएका छन् । यो तथ्यांकमा नेपाल राजनीतिक स्थिरताको हकमा इन्डोनेसिया, रसिया, थाइल्याण्ड, ब्राजिल, छिमेकी देश भारतभन्दा धेरै अगाडि छ । नेपालले माइनस (०.४७ अंक प्राप्त गरेको छ भने भारतले माइनस (०.७० पाएको छ । नेपालको अवस्था बहराइन इजरायल,  इजिप्ट टर्कीभन्दा पनि अगाडि छ । अब हामी आफै कल्पना गरौं , राजनीतिक अस्थिरताको बिचमा पनि इन्डोनेसिया सन् २०३० सम्म विश्वको शक्तिशाली राष्ट्रभित्र पर्ने प्रक्षेपण गरिएको छ । बहराइन, इजरायल जस्ता देशले हजारौं नेपालीलाई काम दिइरहेका छन् । हामीले भन्ने गरेको राजनीतिक अस्थिरताले ती देशको समृिद्धमा कुनै असर गरेको छैन । भारत, रसिया विश्वका शक्तिशाली हुन तर पनि स्थिर राजनीति भएका देशमा पर्दैनन् ।  नेपालभन्दा राजनीतिक  अवस्था अस्थिर मानिएका  अधिंकांश देशका जनताको जीवनस्तर नेपालीको भन्दा धेरै माथि छ । समानता र सुशासनको स्तर उच्च छ । अनि विकासको गति धेरै अगाडि छ । हो तथ्यले पनि पुष्टि गर्छ कि उनीहरूले समृद्धि र विकासको नीतिमा राजनीतिलाई घुस्न दिएका छैन्न ।  जुन हामी गरिराखेका छैनौं ।  विकास कुनै दल विशेषले गर्ने कुराभन्दा पनि सिस्टमले गर्छ भन्ने मान्यताको विकास गरौं ।  राजनीतिक खिचतानीको बाबजुद  ती देशमा जस्तै हाम्रोमा पनि विकास सम्भव होस ।  

सोही  रिपोर्टमा उरुग्वे, डोमिनीका, फिजी, लाओस, बुल्गेरिया, क्युवा लगायतका देशलाई राजनीतिक स्थिरताको दृिष्टले अगाडि मानिएको छ । तर यी देशको आर्थिक अवस्था जनताको जीवनस्तर र सुशासनको स्तर हेर्ने हो भने  सन्तोषजनक छैन । राजनीतिक स्थिरता र स्थिर सरकार त एउटा तानाशाही व्यवस्थामा पनि हुनसक्छ । तसर्थ आधुनिक विश्वमा विकास विधि र पद्धतिबाट निर्देशित हुनुपर्छ । व्यक्ति र व्यवस्था भनेको गौण पक्ष हो ।  

दोस्रो पाटो  – जनताको सोच

 लोकतन्त्र र सुशासनको अभ्यासमा भर्खर बामे सर्दै गरेका हाम्रो जस्तो देशमा नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । आज  हामीले समृद्ध देखेका देश समृद्ध हुनुमा  नेता अब्बल भएर मात्र  होइन उत्तिकै  जनता पनि इमानदार भएर संभव भएको हो । उसो भए इमान्दारीताको अभ्यासमा कतै हामी चुकिरहेका त छैनौ । यसका पनि केही नजिर हेरौं ।

करिव ३ करोड जनसंख्या रहेको नेपालमा  राजनीतिमा कति संलग्न छन् होला ? अनि राजनीति गर्नेले मात्र राजनीति गर्छ कि सबैले राजनीति गर्छन् ? हाम्रोमा यो जटिल प्रश्न बनेर खडा भएको छ । कतिपय दलमा त कार्यकर्ताभन्दा नेता धेरै छन । विकसित देशका नागरिकमा यो समस्या  देखिंदैन । हाम्रोमा जस्तो घरघर र टोलपिच्छे दलका नेता कार्यकर्ता भेटिंदैन । अधिकांशका लागि आआफ्नो पेसाव्यावसाय नै पहिलो प्रथामिकतामा पर्छ । अब हामीले पनि राजनीति गर्नेलाई गर्न दिऔं । अरूले बुझौं । गलत गरे मतमार्फत दण्ड दिऔं । राम्रो गरे प्रोत्साहन गरौं । सबैले राजनीति गरेर समय बर्बाद नगरौं । 

दोस्रो, मानौ एसइई परीक्षामा कम विद्यार्थी  उत्तीर्ण  भए । किसानको  बाली राम्रो भएन । बारी बाँझो राखेर खाद्यन्न बेसाउने बानी  परयो । हुँदाखाँदाको अधिृकृतको सम्मानित पेशा छोडेर विदेश भासियौंं । अमुक व्यक्तिले व्याापारमा घाटा बेहोरयो । प्राकृतिक प्रकोपका कारणले पुल बगायो ।  तर हामी कतिपय अवस्थामा यस्ता विषयलाई पनि राजनीतिसंग जोडेर विरोध गरिरहेका हुन्छौं । राजनीतिले गर्दा नै सबै बिग्रियो भनिराख्दा राजनीति बाहेकका सबै कुरालाई सुधार्न आआफ्नो ठाउँबाट प्रयत्न पनि गर्ने कि । यो कोणबाट पनि सोचौं । संसार बदल्नु छ भने सुरुवात आफैबाट किन नगर्ने ।

अन्त्यमा प्रतिस्पर्धामा कमजोर ठहरिंदा पनि हामी कतिले आफ्ना र आफन्तलाई जागिर लगाउन नेतालाई दबाब दिने गरेका छौं ।  एकपटक मम भनेर सम्झौ त ।  स्वदेश तथा विदेशमा छोराछोरीको छात्रवृत्तिका लागि कति मन्त्री र सांसदलाई अर्को पटक पनि भोट चाहिएला नि भन्दै घुर्काउने गरेका छौं । ठण्डा दिमागले सोचौ त । निजामती सेवामा सरुवाबढुवाका निम्ति  हामी  कसरी नेतालाई  प्रलोभनमा पार्ने गर्छौं  । एकपटक निष्पक्ष भएर घोत्लनुस् त । अनि विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा उपकुलपति र रेक्टर जस्ता पद प्राप्त गर्न हामी कति चाकडी गर्ने गर्छौ । यस्ता धेरै क्षेत्र छन् जहाँ हामी राजनीतिक आस्था र पावरको आधारमा नियुक्ति चाहन्छौं । अब भन्नै पर्छ नेताले मात्रै बिगारे भनिराख्दा कतै हामीले उनीहरूलाई बिग्रन बाध्य त पारिराखेका छैनौ । हाम्रा गलत दबाब र प्रभावले अर्को योग्य पात्राले अवसरबाट वञ्चित हुन त परेको छैन।

तसर्थ सोच बदलौं ।  गलत संस्कार बदलौं । आफू बदलिएर अरूलाई बदलिन प्रेरित गरौं । फेरि पनि मार्टिन लुथर किडले भनेजस्तै जसरी पनि अगाडि बढ्नुबाहेक अर्को विकल्प छंदैछैन । जसका लागि ती देशहरूले जस्तै विधिलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ति पनि परिवर्तन गरौं ।
अर्को समाचार
सार्थक लगानी सम्मेलनको शुभकामना!
१६ वैशाख २०८१
•
३ मिनेट पाठ
सार्थक लगानी सम्मेलनको शुभकामना!
विकासको पथमा फड्को मार्दै गरेको नेपाल जस्तो मुलुकका लागि यतिबेला पर्याप्त स्रोत चाहिएको छ। यस्तो स्रोत नेपाल र नेपालीको पुँजीबाट मात्र जुटाउन असम्भव छ। त्यसैले मुलुकको विकास निर्माणका लागि स्रोत जुटाउन मुलुकले विभिन्न प्रयास गर्दै आएको पनि छ। आइतबार सुरु हुने लगानी सम्मेलन यही प्रयासको एउटा कडी हो।




लगानी गर्ने क्षमता भएका ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने निश्चित भएकाले यो सम्मेलन निकै फलदायी हुने सरकारको अपेक्षा छ। सम्मेलन प्रक्रियाको नेतृत्व गरिरहेको लगानी बोर्ड र सहआयोजकका रूपमा रहेका निजी क्षेत्रका छाता संस्थाहरू पनि यो सम्मेलनप्रति निकै आशावादी देखिन्छन्।

सम्मेलनमा लगानीयोग्य परियोजनाहरूबारे सहभागीलाई जानकारी गराइने उद्देश्य छ ताकि उनीहरू यस्ता परियोजनामा लगानी गर्न उत्सुक होउन्। लगानी बोर्डले विदेशी लगानीकर्ताका लागि डेढ सय आयोजना प्रर्दशनमा राखिने भएको छ। जसमध्ये २० वटा परियोजनाचाहिँ तत्काल सुरु गर्न सकिने छन्।

नेपालमा पर्यटन, कृषि , पूर्वाधार, विद्युत् उत्पादन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी अभाव छ। नेपाल उन्नत हुने सम्भावना भएका यी मुख्य क्षेत्रमै लगानी आकर्षित गर्ने उद्देश्यले सम्भावित परियोजनाहरू तयार भएका देखिन्छन्। यसरी तयार पारिएका मुख्य योजनामा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र, धुलिखेल मेडिसिटी परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग, बबरमहल प्रशासनिक प्लाजा, जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज आदि छन्।

खासगरी उद्योगीहरूले लगानीकर्तालाई लगानी गर्ने वातावरणका लागि बाधक बनेका तथा असहज कानुनहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको छ। वन ऐन, भूमिसम्बन्धी ऐन, जग्गा प्राप्ति ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जस्ता केही कानुन संशोधन गरेको छ। लगानीकर्तालाई विश्वास दिलाउन सरकारले हतार हतारमा मन्त्रिपरिषद्ले अध्यादेशमार्फत यस्ता कानुन संशोधन गरेको छ।

सम्मेलनमा बहुराष्ट्रिय कम्पनीका उच्च नेतृत्व सम्हालेका व्यक्तिलाई पनि आमन्त्रण गरेको छ। स्वदेशी र विदेशी गरी करिब १६ सय सहभागी हुने भएका छन्। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुन आएको बोर्डले जनाएको छ।

लगानी सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको होइन। त्यसैले सम्मेलनबाटै लगानीको ओइरो नै लाग्ने अपेक्षा पनि वास्तविकतामा आधारित नहुन सक्छ। जस्तो यसभन्दा अघिको सम्मेलनमा उपस्थित सहभागीहरूले करिब १४ खर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर आउने बेलामा अपेक्षित लगानी आएन। विदेशी लगानीकर्ताले उद्योग विभाग र लगानी बोर्डमार्फत गरेको प्रतिवद्धताको ३५–४० प्रतिशत विदेशी लगानी आउने गरेको छ।

हामीले विगतका प्रतिबद्धता र वास्तविकता तुलना गरेर यथार्थतामा आधारित भएर अपेक्षा राख्नुपर्छ।

लगानी सम्मेलन मुलुकका लागि आवश्यक थियो जुन हुँदै पनि छ। अब यसलाई कसरी सफल तुल्याउने भन्नेमा सबै नेपाली लाग्नुपर्छ। किनकि यो सम्मेलन गर्नु उचित थियो वा थिएन, अहिलेको सरकार यसका लागि सही पात्र थियो वा थिएन वा परियोजनाहरू सही वा बेठीक के थिए भन्नेबारे बहस गर्ने समय अहिले होइन। अहिलेको समय सुरु भइसकेको यो सम्मेलनलाई आकर्षक तुल्याउने, सम्भावित दाताहरूलाई हाम्रो र उनीहरू दुवैका लाभ र हितबारे सुझाउने र लगानीको पोको खन्याउँ खन्याउँ पार्ने हो।

हामी सबैले आआफ्नो ठाउँबाट सकेको योगदान गर्नु उत्तिकै जरुरी छ।

शान्त र सौम्य बनेर नेपालीपनको परिचय दिने, अराजकता खडा नगर्ने, फोहोर र ध्वनिलगायतका प्रदूषण न्यूनीकरण गर्ने जस्ता कार्यमार्फत सर्वसाधारण नेपालीले पनि विश्वभरका अतिथिलाई आकर्षित तुल्याउन सक्छौँ। त्यसैले यो सबै काम सरकारको वा कुनै अमुक निकायको हो भनेर नपन्छौँ। अतिथि देवोः भवः को नेपाली सर्वमान्य परम्परालाई फेरि एकपटक सार्थक तुल्याउन आआफ्नो ठाउँबाट योगदान गरौँ। यो हाम्रा लागि कर्तव्य र अवसर दुवै हो। यसलाई आत्मसाथ गरेर लगानीकर्ताको विश्वास जितौं।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस