सुन्धाराको चौबाटोबाट त्रिपुरेश्वरतिर जाँदा दाहिनेतर्फ एउटा ठूलो भवन बनाइँदैछ। त्यस भवनको ठीक अगाडि पैदल बाटो खनेर एउटा मागलजस्तो बनाइएको छ। त्यो मागल बनाउँदा खनिएको माटो पैदल बाटोमा त्यसै छाडिएकाले पानी पर्ने बित्तिकै त्यहाँ हिलो भइहाल्छ। सडकमा पनि त्यही ठाउँमा पानी जम्छ। माटाको ढिस्कोबाट चिप्लो बाटो हिँड्नु पर्दा हुनसम्मको सास्ती हुन्छ।

त्यसमाथि त्यो मागलजस्तो ठाउँमा पैदल यात्रुहरूलाई धराप थापेजस्तै एउटा डरलाग्दो दुलो बनाएर खुला छाडिएको छ। कुनै दिन बटुवाको खुट्टा त्यसमा फस्यो भने कम्तीमा दुई ठुन्का हुन्छ। आँखा नहेरी हिँडेको भनेर सबैले उसैलाई मूर्ख भन्नेछन्। त्यो ठूलो भवन बनाउनेलाई सकैले दोष दिने छैन।
न्यु रिपब्लिक मेडियाको कार्यालय रहेको जेडी अफिस कम्प्लेक्सको पूर्वतर्फ पनि एउटा विशाल भवन बन्दैछ। त्यहाँ खन्ने र सिमेन्टको मसला बनाउने काम मेसिनले गर्छ। कंक्रिट तयार गर्ने काम त्यही जेडी कम्प्लेक्स जाने बाटामा नै हुन्छ। खन्ने मेसिन र सिमेन्ट बनाउने कामले गर्दा सिमसिम पानी पर्नेबित्तिकै बाटो हिलाम्मे हुन्छ। मोटरमा आउनेले कुन बेला हिलो छ्याप्ने हो डरै मर्नु छ। मोटर साइकलमा आउनेहरू चिप्लिने पनि उत्तिकै डर छ। त्यहाँ पनि त्यसरी कसैमाथि हिलो पर्यो वा कोही लड्यो भने त्यो घवन बनाउनेलाई पक्कै दोष दिइने छैन।
सहरभित्र यस्ता निर्माण कार्य गर्न मन्जुरी दिने काठमाडौं महानगरपालिकाको कार्यालय वागदरबार यहीँ पर्छ। अचेल त महानगरपालिकामा विशिष्ठ श्रेणीका अधिकृतलाई प्रमुख बनाइएको छ क्यारे। त्यहाँको कामकाज राम्ररी चलाउन त त्यति ठूलो हाकिमलाई खटाइएको होला। ती हाकिम त मोटरमा नै हिँड्लान्। हिलो र धुलोको उनलाई उति मतलब भएन तर अरू त त्यो धराप थापेजस्तो हिले बाटो हिँड्छन् होला नि। किन मतलबै नगरेका होलान्? मैले महानगरपालिकाका मूल ढोकामा बस्ने सुरक्षाकर्मीहरूलाई बाटो धराप भएको गुनासो हाकिमलाई सुनाइदिन अनुरोध गर्दा ‘आफैँ भन्नुस्' भने। उनीहरूले केही भने हामिकले किन बाटो हुनुपर्यो भन्छन् रे। उजुरै नपरी महानगरपालिकाले हेर्नै नहुने कानुन पो रहेछ कि? कि ठूला माछा जालमा नपर्ने ठानेर हो?
यस्तो काम धेरैजसो ठेकेदारलाई गराइन्छ। ठेकेदारले बाटामा फोहोर गर्न त अवश्य पनि नपाउनु पर्ने हो। अरू मुलुकमा पनि भवन वा सडक बनाएको देखेको छु। यहाँ झैँ यसरी बाटामा मनपरी त गर्दैनन्। काम गर्न अप्ठेरो भए ठेकेदारले त्यसको पनि पैसा लिएको हुन्छ। आफू पैसा लिने बटुवालाई सास्ती दिने गर्नु त बदमासी नै हो नि। यस्तो बदमासीको नियन्त्रण महानगरपालिकाले नगरे कस्ले गर्ने हो? महानगरपालिका वा अन्य सम्बन्धित कसैले यो टिप्पणी पढे भने त्यसैलाई उजुरी ठानेर कारबाही गरिदिए जनी हुने थियो। ठेकेदारको कमाइका लागि सर्वसाधारणले कति सास्ती भोग्ने?