फेयर प्ले
अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले चटारोमा छ। आउँदो साता एन्फा केन्द्रीय समिति निर्वाचन हुँदैछ। एन्फाले दशैं र तिहारलगत्तै एसियालीस्तरको युवा च्याम्पियनसिप छनोट आयोजना गर्दैछ।
असोज ९-१९ सम्म यु-१६ र कार्तिक ८-१८ सम्म यु १९ को छनोट खेल आयोजना गर्ने जिम्मा नेपालले पाएको छ। त्यसका लागि १ करोड ८० लाख रुपैयाँ खर्च हुने एन्फाको दाबी छ। योमध्ये धेरै रकम सहभागी टोलीको खानपान र बसोबासमा मात्रै खर्च हुनेछ। यी दुई प्रतियोगिताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले आर्थिक सहयोग नदिने एन्फाले जनाएको छ। आन्तरिक स्रोतको अभाव र ठूलो धनराशी खर्च हुने भएपछि एन्फाले सरकार गुहारेको छ। एन्फाले सरकारसँग ६० लाख मागेको छ। प्रायोजककहाँ पुग्नु नौलो विषय भएन। एन्फा अध्यक्ष गणेश थापाकै शब्दमा भन्ने हो भने एन्फाका लागि पछिल्लो १४ वर्षमा यो सबैभन्दा ठूलो चुनौती हो।
तर यो चुनौती एन्फालाई कसैले निम्त्याइदिएको होइन, आफैले हो। एएफसीले यी दुई प्रतियोगिताबाहेक सबैखाले अर्न्तराष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आर्थिक सहयोग गर्छ। लामो समयदेखि एएफसी कार्यकारी समितिको सदस्य गणेश थापालाई यसको ज्ञान भएकै हुनुपर्छ। त्यसैले सधै आर्थिक पक्ष नै मुख्य चुनौती हुने गरेको नेपाली खेलकुदमा यस्ता बोझिला प्रतियोगिता गर्नु बुद्धिमानी निर्णय होइन। प्रतियोगिता आयोजना र त्यसमा गरिने प्रदर्शन अलग अलग विषय हुन्। यी दुवै प्रतियोगितामा नेपाली युवा टिमले सहभागिता जनाउँछन्। त्यसमा बरु राम्रो प्रदर्शनका लागि आवश्यक तयारीमा खर्च गरेको भए त्यो नेपाली फुटबल विकासमा लाभदायी हुने थियो। एन्फाले थेग्नै नसकिने आर्थिक भार बोकेर युवा टोलीलाई घरेलु मैदानमै उतार्नुपर्छ भन्ने छैन। युवा टोलीले विदेशमा खेल्दा एन्फालाई आर्थिक भार कम हुने थियो। बाँकी रकम तयारी र अन्य योजनामा खर्च गर्न सकिन्थ्यो। सरकार र प्रायोजकसँग यसरी हारगुहार गर्नै पर्दैनथ्यो।
यसको अर्थ नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु हँुदैन भन्ने होइन। खाली कस्तो प्रतियोगिताका लागि पैसा, समय र मेहनत खर्च गर्ने भन्ने मात्र हो। अर्थ अभावमा कोकोहोलो मच्चाउनुपर्ने प्रतियोगिता आयोजना गरेर मुर्ख्याई देखाउनुभन्दा आर्थिक रूपमै फाइदा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता गरेर बहादुरी देखाउनुपर्छ। प्रश्न त्यस्ता प्रतियोगिता आयोजनामा एन्फाको ध्यान किन पुगेन भन्ने नै हो। सन् १९९७ पछि नेपालमा साफ च्याम्पियनसिप फुटबल भएको छैन। एन्फा अध्यक्ष थापा आफै दक्षिण एसियाली फुटबल महासंघको अध्यक्ष छन्। उनले नेपालमा साफ च्याम्पियनसिप आयोजनाको पहल गर्न सक्थे। साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीले घरेलु मैदानमा खेल्ने हुँदा एन्फा आर्थिक रूपमा समेत लाभान्वित हुन्थ्यो। युवाको भन्दा राष्ट्रिय टोलीको खेल हेर्न धेरै दर्शक टिकट काटेर रंगशाला धाउने गर्छन्। गत वर्ष प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा नेपाल रातोको खेल हेर्न २० हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए।
निर्वाचन र यी दुई च्याम्पियनसिपको आयोजनाले एन्फाले आफ्नो मुख्य प्राथमिकता ए डिभिजन लिग सञ्चालनलाई बिर्से जस्तो देखिन्छ। एन्फाले तिहारलगत्तै ए डिभिजन लिग सुरु गर्ने बताए पनि त्यो सम्भव देखिंदैन। राष्ट्रिय फुटबलको मेरूदण्ड ए डिभिजन लिग तयारीमा एन्फाको ध्यान अझै पुगेको छैन। अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा पनि ए डिभिजन लिग चलाउनु एन्फाको मुख्य दायित्व हो। अन्तर्राष्ट्रिय प्रतियोगिता नै गर्ने हो भने दशरथ रंगशालामा साफ च्याम्पियनसिप गर्नुपर्यो। साफ च्याम्पियनसिप गर्दा एसियाली मार्केटिड तथा एएफसीबाट आर्थिक सहयोग पनि पाइने, नेपाली दर्शकले राष्ट्रिय टोलीको प्रदर्शन घरेलु मैदानमा हेर्न पाउने, देशमा फुटबलको माहोल सिर्जना हुने, एन्फाले राम्रो अर्थोपार्जन गर्न सक्ने, त्यसलाई उसले बहुप्रचार गरेको युवा विकास परियोजनामा खर्च गर्न सकिनेलगायतका फाइदा छन्। पछिल्लो ८ वर्षदेखि साफको बागडोर सम्हालेका एन्फा अध्यक्ष थापाले कम्तीमा आफ्नै इज्जतका लागि भए पनि साफ च्याम्पियनसिपजस्तो प्रतियोगिता आयोजना गर्नुपर्छ।
prakashdear@gmail.com