१. समग्रमा मिजास, बानी र सोच बुझाउने शब्द 'सौर' नेपाली बृहद् शब्दकोशमा समावेश भएको रहेनछ । बालकृष्ण समले आफ्ना नाटकमा प्रयोग गरेका छन् । सौर नभएको भनेमा अंग्रेजी 'ननसेन्स'को पर्याय हुन्छ ।

नेपाली समाजमा यस्ता मान्छे र व्यवहार पाइलै पिच्छे भेटिन्छन् । बुधबार दिउँसो त्रिपुरेश्वरतिरबाट सुन्धारा आउने बेला केही सौर नभएका मान्छेहरूको बाहन भेटिए । पैदल बाटामा मोटर र मोटर साइकल पार्क गर्नेहरूलाई 'ननसेन्स' भन्दा फरक त नपर्ला नि! सडक त यसै मोटरका लागि नै हो । पैदल यात्रुले फुटपाथमा पनि हिँड्न नपाउने ? पक्कै पनि पैदलबाटो मोटर र मोटरसाइकलको पार्किङका लागि हैन । सबारी साधन प्रयोग गर्ने धेरैले भने पैदल यात्रुलाई पर्ने मर्काको कहिल्यै ख्याल गर्दैनन् र यो तस्बिरमा देखाएजस्तै गरी अर्काको बाटो छेकेर आफ्ना सबारी राख्छन् । ट्राफिक प्रहरीले पैदल यात्रीको मर्का हेर्दैनन् । उनीहरू त सबारी नियमन गराउने हुन् नि! यस्ता ननसेन्स सबारी चालकलाई तह लगाउन भारतको कुनै सहरमा पैदल यात्रुले अपनाएको उपाय थियो - बाटो छेकेर राखिएको सबारी साधनमा फेबिकोलजस्तो टाँसिने पदार्थ सिटमा हालिदिने । त्यसो नगरीकनै यिनको 'सिभिक सेन्स' उम्रे हुन्थ्यो नि!
२. अक्युप्रेसरमा आधारित व्यायाम गर्न थालेको डेढ महिना भयो । बिहान १ घन्टा । व्यायाममा मुख्य २ वटा मेसिन प्रयोग गरिन्छ । रानीबारीको व्यायामशालामा त्यस्ता मेसिनका २ सेट छन् । थुप्रै मानिस आउन थालेका छन् । एक जनाले समयको ख्याल नगरिदिादा सबैको तालिका भद्रगोल हुन्छ । तैपनि न त्यहाँको व्यवस्थापनले न व्यायाम गर्न आउनेले नै समय पालना गर्नुपर्छ भन्ने ठान्छन् । यिनलाई पनि सौर नभएको भन्दा फरक पर्ला र ? व्यायाम गर्नेहरूमा एक जना पात्रले त झन् दिक्कै बनाउँछ । बिहानभर बोलेको बोल्यै । बकबक गरेको गर्यै । सबैका बारेमा सबै विषयमा बोल्नुपर्छ । अखबार पायो भने हातमा लिन्छ तर बकबक गर्न थाल्छ । अरू कसैले मागे दिँदैन । भन्छ म पढ्दै छु । अनि फेरि उही बकबक सुरु गर्छ । व्यायामका लागि समय पनि मनपरी नै छ । उसको बकबक सुन्दा उल्टै ब्लड प्रेसर बढ्ला भन्ने डर लाग्छ । उसको उपस्थिति नै यातना जस्तो लाग्न थालेको छ । भदौको पैसा नतिरेको भए व्यायाम बीचैमा छाड्ने पो थिएँ होला ।
आफ्नो व्यवहारले अरूलाई मर्का पर्छ कि असजिलो हुन्छ कि भनेर किन वास्ता नगरेको होला? अरूलाई मर्का पार्नु हुन्न भन्दा पनि त्यो बकबके केटो मान्दैन । उल्टो तर्क गर्न थाल्छ । यस 'ननसेन्स'लाई 'सिभिक सेन्स' सिकाउने उपाय केही होला ?