झाको व्यवहार...
उपराष्ट्रपति परमानन्द झाको व्यवहारले मधेश आन्दोलनको साख र समर्थन खुम्च्याएको छ । झाको आचरण उपराष्ट्रपति पदको गरिमा सुहाउादो भएन । अराजनीतिक व्यक्तिलाई राजनीतिमा उतार्दा यस्तै हुन्छ । सर्वोच्च अदालतबाट घटुवा भएर पुनरावेदन अदालतमा फिर्ता पठाइँदा पनि राजीनामा नगर्ने झालाई उपराष्ट्रपतिजस्तो महत्वपूर्ण र गरिमामय पदमा उम्मेदवार बनाउनु नै मधेशवादी दलहरूको गल्ती थियो । अहिले झाजी सबैभन्दा बढी घाँडो मधेशी नेताहरूलाई नै हुनपुगे । झाको पक्षमा बोलौा लोकतन्त्रको आधारभूत मर्ममा प्रहार हुन्छ । झाका विरुद्ध बोलौा मधेश आन्दोलनलाई असहयोग गरेको ठहरिन्छ । विजय गच्छेदार, महन्त ठाकुर र राजेन्द्र महतो झाको गल्ती देखे पनि बोल्दा जीब्रो चपाउन विवश छन् । विवेकले ठहर्याएको बोल्नका लागि राजनीति गर्ने हो । लोकतन्त्रमा विश्वास भए विवेकको हत्या गर्न हुादैन । इमानदार नेताले विवेकलाई वाणी दिन्छ ।
परमानन्द झा राजनीतिक व्यक्ति भए यस्तो अवस्थामा राजीनामा गरेर आफ्नो पक्ष जनतासमक्ष राख्ने थिए । मुलुकको माया गर्ने विवेकशील लोकतन्त्रवादी भएको भए सरकारले संविधान संशोधन गर्ने तयारी गरिसकेको अवस्थामा सर्वोच्च अदालतको सम्मान पनि हुने र मुलुकमा अनावश्यक झमेला पनि उत्पन्न नहुने उपाय अपनाउाथे । अर्थात् नेपालीमा शपथ ग्रहण गर्थे । उनले त पद खाली पनि नगर्ने र त्यसलाई क्रियाशील हुनपनि नदिने कपट गरेर सिन्दवादको बुइमा चडेको समुद्री बूढालेजस्तै बेइमानी गरे । सिंगो मुलुक कपटीको रकमी जालमा फस्यो । सर्वोच्च अदालतको निर्णयमा न्यायिक मनको अभाव देखिएको छ । तर अरूले जे भने पनि न्याय सेवामा जीवन बिताएका झाले उपराष्ट्रपति पदको मात्र हैन न्यायाधीशको गरिमा पनि घटाइदिए ।
मधेश आन्दोलन लोकतन्त्रको जगमा उभिएको थियो । यसका उन्नायक गजेन्द्रनारायण सिंह विचार र व्यवहार दुवै दृष्टिले लोकतन्त्रवादी थिए । पञ्चायतमा चुनाव लड्दा पनि उनले आप\mनो लोकतान्त्रिक परिचय लुकाएका थिएनन् । यस्तै नेपाली राष्ट्रियताका विषयमा पनि सिंहमा कुनै दुबिधा थिएन । मैले सिंहलाई जनमत संग्रहपछि २०३७ सालतिर पहिलो पटक भेटेको थिएा, श्रीभद्र शर्माको निवासमा । निेपाल सद्भावना मञ्चका विषयमा उनीहरूबीच छलफल भएको थियो । त्यति बेला सिंहले राष्ट्रियता ढुंगा माटोमा हैन जनताको मनमा हुन्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाको विचारमा सहमति जनाएका थिए । र सद्भावना मञ्चको उद्देश्य राष्ट्रियता बलियो बनाउने रहेको बताएका थिए । सिंह संयमी, विवेकी र राष्ट्रप्रति इमानदार थिए । उनका उत्तराधिकारी कसैमा पनि सिंहको यो गुण देखिएन । हुन पनि श्यामसुन्दर गुप्ताहरूले गजेन्द्रनारायण सिंहको उत्तराधिकारको दाबा गरेपछि अर्को स्थितिको कल्पना पो कसरी गर्न सकिन्छ र ?
मधेश आन्दोलनको परिणाम परमानन्द झाका रूपमा प्रकट हुनु दुर्भाग्य हो । मधेश आन्दोलन लोकतन्त्रको मूल मर्म स्थानीय स्वायत्तताको निम्ति भएको हो भन्ने ठानेर त्यसको समर्थन गर्ने मजस्ता गैरमधेशीलाई झाको व्यवहारले ग्लानि भएको छ । झाको व्यवहारकै कारण 'पहाडी राष्ट्रवाद'का प्रवक्ताहरू मधेशीलाई यस्ता पदमा पुर्याउनु नै हुादैन थियो भन्न थालेका छन् । यद्यपि, झाजीको व्यवहारकै कारण मधेश आन्दोलनको औचित्यमा प्रश्न गर्न भने मिल्दैन । तैपनि, कताकता मधेश आन्दोलनको समर्थन गल्ती पो थियो कि भन्ने लाग्न थालेको छ ।
धिक्कार, श्रीलंका सरकार
यस्तै दिक्क श्रीलंका सरकारको व्यवहारले बनाएको छ । लोकतान्त्रिक भनिएकै मुलुकमा लेखेबापत पत्रकारलाई २० वर्ष जेल सजाय दिनुभन्दा आपत्तिजनक र दुर्भाग्य अरू के होला ? प्रभाकरणको लिबरेसन टाइगर्स स्वतन्त्र सञ्चारकर्मीप्रति बढी नै असहिष्णु थियो । यस्तै मानव अधिकार उल्लघंन र मानवीयताविरोधी क्रियाकलापमा पनि लिबरेसन टाइगर्स अगाडि नै थियो । संसारले निन्दा गर्दा पनि टाइगर्सले आप\mनो क्रुर व्यवहार सुधारेन । फलस्वरूप, विश्व जनमत पनि उनीहरूप्रति उदासीन र निरपेक्ष हुन पुग्यो । यथार्थमा श्रीलंका सरकारले त्यत्रो नरसंहार गर्दा र स्वयं प्रभाकरणको हत्या गर्दा पनि अन्तर्राष्ट्रिय समुदायले खासै चासो राखेन । यद्यपि, त्यो निरपेक्षता पनि मानवीय दृष्टिले गलत हो । टाइगर्सविरुद्धको युद्धका क्रममा सरकारी सेनाले गरेको नृशंश व्यवहारको पोल खुल्दै गएपछि अन्तर्राष्ट्रिय जनमत बिस्तारै श्रीलंका सरकारविरुद्ध मुखर हुन थालेको छ ।
विडम्बना, अहिले श्रीलंका सरकार पनि तमिल टाइगर्सकै अनुयायी बनेको छ । चरम असहिष्णु व्यवहार देखाउँदै पत्रकार टी. एस. टिसाइनायगमलाई ३१ अगस्ट, २००९ का दिन दिइएको २० वर्ष सश्रम कारावासको सजायले श्रीलंका सरकारलाई पनि टाइगर्सकै पंक्तिमा उभ्याएको छ । मानव अधिकारवादीहरूको आाखामा अब टाइगर्स र श्रीलंका सरकारबीच भेद देखिन छाडेको छ । मानव अधिकारवादीले यस सजायलाई न्यायको उपहासका रूपमा लिएका छन् । यी तिनै पत्रकार हुन् जसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले ँलेखेबापत कष्ट सहनेहरूको प्रतीक' भनेर सराहना गरेका थिए ।
दक्षिण एसियामा आर्थिक-सामाजिकरूपमा सबैभन्दा विकसित र कुनै लामो लोकतान्त्रिक परम्परा भएको मुलुकका रूपमा श्रीलंकाको पहिचान टिसानियगमको सजायपछि समाप्त भएको छ । र, श्रीलंकाको छिमेकी भएको ग्लानिको अनुभव भएको छ ।