उल्टो यात्रा
०९ भदौ २०६६
•
७ मिनेट पाठ
उल्टो यात्रा
त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा पुर्‍याएको योगदानलाई त्यहाँ हुने राजनीतिको फोहोरी खेलको हिलोले छोपिसकेको छ। राजनीतिको हिलो छ्यापाछ्यापबाट जोगिनकै कतिपय युवा लागि त्रिवि छाडेर भर्खर खुलेका र विश्वास आर्जन बाँकी नै रहेका विश्वविद्यालयका कलेजमा पढिरहेका छन् यद्यपि, राजनीति र विकृतिको वनमाराले अरू विश्वविद्यालयलाई पनि बाँकी राखेन। कतिपय विद्यार्थीको उद्दण्डता, प्राध्यापक र राजनीतिकर्मीको चलखेलले अरू विश्वविद्यालयलाई पनि गाँज्दा त्रिविबाट त्रसितहरू जोगिन सकेका छैनन्।
६ महिनाभित्र हुनुपर्ने जाँचको तालिका त्योभन्दा धेरैपछि मात्रै सार्वजनिक गरेको पूर्वाञ्चल विश्वविद्यालयले यसै साता फेरि अर्को सूचना निकालेर परीक्षा स्थगित गरिदियो। आमसञ्चार तथा पत्रकारिता पहिलो सेमेस्टरको परीक्षा भदौ १२ र तेस्रो सेमेस्टरको परीक्षा १४ गतेबाट सुरु हुँदै थियो। विश्वविद्यालयले स्थगनको कारण दीक्षान्त समारोहको आयोजना भनेको छ। दीक्षान्त कार्यक्रम ३१ गते हुने हो भने परीक्षा २८ गते नै सकिने थियो। एक दिनको दीक्षान्त गर्न परीक्षै स्थगन गर्नुपर्ने अवस्था किन आयो बुझिनसक्नु छ।

पहिला विद्यार्थीलाई दीक्षित गर्नु विश्वविद्यालयको दायित्व हो। दीक्षित नै भइसकेपछि त्यसको प्रमाणपत्र त जहिले जसरी लिए पनि हुन्थ्यो होला। दीक्षित नै नबनाई दीक्षान्त गर्नुको औचित्य के हो ? विद्यार्थीले बुझ्न सकेका छैनन्। एक दिनको दीक्षान्त कार्यक्रम गर्न परीक्षा रोक्नुपर्ने कारण त नहुनुपर्ने हो तर यसभित्र ठूलै केही खेल होला भनेर अडकल चाहिँ गर्नैपर्ने भयो। परीक्षा आमसञ्चार र पत्रकारिताका मात्रै होइनन् सबै संकायका रोकिएका छन्। अहिलेसम्मको इतिहासमा देशका ५ विश्वविद्यालयमध्ये पछाडिबाट मात्रै एक नम्बरमा आउँछ पूर्वाञ्चल। त्रिवि त अझै अब्बल नै मानिन्छ। शैक्षिक गुणस्तरमा जित्न नसकेपछि त्रिविका अवगुण र राजनीतिक दुश्चक्रका घिनलाग्दा व्यवहारको नक्कल पो पूर्वाञ्चलले गरेको हो कि ?

त्रिभुवन विश्वविद्यालयमा एक वर्षमा हुने परीक्षा अब १८ महिनामा हुन थालेको छ। कसैले म पहिलो वर्षको विद्यार्थी भन्यो भने जुनियर कि सिनियर भनेर सोध्नुपर्ने अवस्था छ। अचेल कीर्तिपुरमा पहिलो वर्षको परीक्षा दिन कुर्नेलाई सिनियर र पढ्दै गरेकालाई जुनियर फस्ट इयर भन्ने चलन छ। यो रोगको लक्षण अब पूर्वाञ्चल विश्वविद्यालयमा पनि देखिन थाल्यो।

कान्तिपुर सिटी कलेजले भर्ना हुन आउने विद्यार्थीले भर्नुपर्ने फर्ममा एउटा प्रश्न राखेको थियो, यो कलेज किन रोज्नु भयो ? मैले त्यसैबेला लेखेको थिएँ- विकल्पहीन बाध्यता। आखिर अहिले आएर त्यही बाध्यताको बिच्छीले नै बिझायो फेरि। त्रिवि अन्तर्गत पत्रकारितामा स्नातकोत्तर पढाइ हुने एक मात्र आरआर कलेजले प्रवीणता र स्नातकमा पत्रकारिता नपढेका हामीजस्ता मोफसले विद्यार्थीलाई लिँदैन। मेरो घरगाउँ पोखरालगायत काठमाडौंबाहेकका कुनै नगरमा पनि त्रिविको स्नातक तहमा पत्रकारिता पढाइ नै हुँदैन। यो विषयको प्रमाणपत्र तह पनि छैन मोफसलमा। त्रिविले हामीलाई नस्वीकार्ने अनि पूर्वाञ्चलबाहेक अरु विश्वविद्यालयमा पढाइ नै नहुने भएपछि पूविअन्तरगत पनि भएका जम्मा दुई कलेजमध्ये एउटा नछानेर के गर्ने त ?

अहिलेसम्म आफ्नो गतिलो भवन पनि बनाउन नसकेको पूर्वाञ्चलका अकर्मण्यता धेरै छन्। विश्वविद्यालय नयाँ छ तर यात्रा भने उल्टो दिशातिर गरिरहेको छ। परीक्षामा मात्रै होइन पाठ्यक्रममै लापरबाही गरेको छ यो विश्वविद्यालयले। कम्प्युटर विषयअन्तर्गत राखिएका धेरै पाठ पत्रकारितामा काम लाग्नेखालका छैनन्। फिल्म क्यामेरा संग्रहालयबाहेक अन्त नभेटिने जमानामा पनि 'डार्क रुम' पढाइ हुन्छ। डिजिटल फोटोग्राफीको गुदी के हो कोर्समा छैन। सार्क देशमा अफगानिस्तान मिसिँदा पनि कोर्स परिमार्जन गरिएको छैन।

२०५८ सालमा पत्रकारिता विषय सुरु हुँदा खेरि जेजे पढाइन्थ्यो त्योबाहेक केही थपघट गरिएको छैन। रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, कुन्दन अर्याल र सुरेश आचार्यको समूहले पाठ्यक्रममा थपघट गर्न सुझाव दिएको पनि वर्षौँ बित्यो। तर, पूर्वाञ्चल विश्वविद्यालय कानमा पिउरी कोचेर मात्रै बसेको छ। हुँदाहुँदा अहिले आएर ६ महिनामा हुनुपर्ने परीक्षा ८ महिनामा गर्न लाग्दा पनि फेरि १० महिनातिर घचेट्न खोज्दैछ। अब लगत्तै दसैं आउँदैछ त्यसैले परीक्षा १० महिनामै पुग्ने देखिन्छ। यसले २ वर्षमा सकिने कोर्सलाई ३ वर्ष लाग्ने भो। पत्रकारितामा धेरै त काठमाडौंका डेराबासी विद्यार्थी छन्। के विश्वविद्यालयले विद्यार्थीलाई हुने क्षतिको हर्जाना तिर्छ ? तिर्दैन भने परीक्षा रोक्ने अधिकार पनि छैन। विश्वविद्यालयको कमजोरी र अकर्मण्यताको सजाय विद्यार्थीले किन भोग्ने ?
अर्को समाचार
मोटरसाइकल उल्टो कुदाएर विश्व यात्रा
०७ पौष २०६९
•
२ मिनेट पाठ
मोटरसाइकल उल्टो कुदाएर विश्व यात्रा
भीम चापागाईं, इलाम, पुस ७ - विश्व शान्तिको कामना गर्दै उदयपुरका एक युवा मोटरसाइकल उल्टो कुदाएर विश्व यात्रामा निस्केका छन्। शान्ति तथा भ्रातृत्वको कामना गर्दै उदयपुर त्रियुगा नगरपालिकाका चित्रकुमार कार्कीले विश्व यात्रा शुरु गरेका हुन्।
 
आज आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले उनको यात्राको उद्घाटन गरे। उद्घाटनका अवसरमा कार्कीले इलाम बजार-धोविधारा-जिरोकिलोमिटर र टुँडिखेल हुँदै पुनः चोकबजारसम्मको करिब चार किमीमा मोटरसाइकल उल्टो कुदाएका थिए।

२० वर्षीय कार्कीलाई जिल्लाबासीले स्वागत गरे। उनको यात्रामा मोटरसाइकल र्याडली नै आयोजना गरिएको थियो। कार्कीले देशमा संविधान निर्माण गर्न र शान्तिप्रिय नागरिकको भावनाप्रति राजनीतिक दलहरुको ध्यानाकर्षण गराउन पनि आफ्नो यात्राले महत्वपूर्ण भूमिका खेल्ने आशा गरे।

यात्राका लागि उदयपुरको त्रियुगा टाइम्सले सहयोग संकलन गरेको छ। ‘शान्ति र संविधान, युवाको अभियान' भन्ने नाराका साथ उल्टो मोटरसाइकल यात्रा गर्न लागेका कार्कीले यसअघि पनि यसरी नै मेची-महाकाली यात्रा गरिसकेको बताए।

१५ घण्टामा चार सय किलोमिटर दूरीको यात्रा तय गर्ने उनको लक्ष्य छ। सदरमुकाममा आयोजना गरिएको उद्घाटनका लागि स्थानीय द पियर फाउण्डेशन इलामले सहयोग गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस