सरकारको उल्टो यात्रा
१२ फागुन २०७७
•
५ मिनेट पाठ
सरकारको उल्टो यात्रा
सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवनका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावटमा मात्रै ४८ करोड रुपियाँ खर्च गर्नु मितव्ययिता नीतिको हिसाबले ठाडो उल्लंघन हो । एकातिर सरकारले मितव्ययी नीति लिएको घोषणा गर्ने तर प्रधानमन्त्री कार्यालयको सजावटमा मात्रै यति ठूलो रकम खर्च गर्नुले सरकारको भनाइ र गराइमा ठूलो विरोधाभाष देखिएको छ । अझ अचम्मलाग्दो पक्ष त के छ भने भूकम्पपछि साविकको स्थानीय विकास मन्त्रालयमा सारिएको प्रधानमन्त्री कार्यालयमा आवश्यक भौतिक सामान हुँदाहुँदै पनि त्यसलाई प्रयोग नगरी त्यसै प्रकृतिका नयाँ सामान किनिएको हो । प्रधानमन्त्री कार्यालयमा हुँदै नभएको सामग्री किनेको भए पनि केही हदसम्म जायज हुन सक्थ्यो । त्यसमा पनि अहिले कोभिड–१९ को महामारी रोकथाम एवं नियन्त्रणका लागि खोप किन्ने पैसा जोहो गर्नुपर्ने अवस्था छ भने महामारीले धराशायी भएका व्यापार/व्यवसायलाई उकास्न पनि सरकारी कोष प्रयोग गर्नुपर्ने अवस्था छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले यहीबेला प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका छन् । दुई वर्ष अवधि हुँदै गरिएको यस्तो विघटनले अनाहकमा खर्च बढाउने मात्र काम  गरेको छ । कथंकदाचित सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेन भने तत्कालै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता पनि छ । त्यसका लागि पनि रकमको जोहो गर्नुपर्ने आवश्यक छ । यस्तो अवस्थामा सरकारी कार्यलयहरूमा नभएका कतिपय सामग्रीको खरिद प्रक्रिया त पछि सार्नुपर्ने हुन्छ भने अहिले भएका सामग्रीको प्रयोग नगरी प्रधानमन्त्री कार्यालयको सजावटमा जुन हिसाबको तडकभडक गरिएको छ, त्यो कुनै हिसाबले पनि जायज हुन सक्दैन ।

कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा परिरहेका बेला सरकारले अर्थतन्त्र उकास्नतर्फ ध्यान दिनुपर्ने हो । त्यसका लागि सरकारी कोषलाई मितव्ययी हिसाबले खर्च गर्दै धराशायी भएका उद्योग/व्यवसाय उकास्नतर्फ लाग्नुपर्ने हो । छिटोभन्दा छिटो खोप ल्याएर आफना नागरिकको जीवन रक्षा गर्नुपर्ने हो तर सरकार भने उल्टो बाटो हिँडेको छ । 
प्रधानमन्त्री कार्यालयमा यसअघि भएका फर्निचर, कम्प्युटरलगायत सामानको अवस्था राम्रो छ । तर यहीबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार बनाइरहेको छ । प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न ३९ करोड रुपियाँ खर्च गरे पनि प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र आवश्यक उपकरण खरिदमा मूल्य अभिवृद्धि करबाहेक नै ४८ करोड रुपियाँ खर्च गरेको हो । यसरी प्रधानमन्त्री कार्यालय यसअघि रहेको भवनबाट यो नयाँ भवनमा सार्दा कार्पेटिङ र पर्दा खरिदमा बाहेक अन्य सामानमा खर्च गर्नुपर्ने अवस्था थिएन किनकि ती अन्य सबै सामग्री अहिले प्रधानमन्त्री कार्यालय चलिरहेको स्थानबाटै लैजान सकिन्थ्यो । तर प्रधानमन्त्री कार्यालय भवनको पुनर्निर्माणसँगै कार्यालयका लागि आवश्यक सबै सामग्रीको नयाँ सेट खरिद गरिएको छ । प्रधानमन्त्री कार्यालयको सजावटका लागि अहिले जे/जसरी अनावश्यक खर्च गरिएको छ, त्यसले सरकारको मितव्ययिताको नारालाई नै गिज्याएको छ ।  

प्राधिकरणले भने प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटी/सेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसनिङ, सिसिटिभी, बगैँचा, फर्निसिङ तथा फर्निचर खरिद गरिएको र त्यसका लागि ४८ करोड रुपियाँ खर्च भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन अहिलेको प्रधानमन्त्री कार्यालयबाट केही सामान नल्याइएको र सबै नयाँ सामग्री खरिद गर्दा धेरै रकम लागेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार सिंहदरबारको उत्तरी, दक्षिणी र पूर्वी खण्डको प्रबलीकरण तथा फिनिसिङ, फर्निचरसहितको सम्पूर्ण कामलाई प्रथम चरण र द्वितीय चरणमा ठेक्का व्यवस्थापन गरेर हालसम्म ८७ करोड रुपियाँ खर्च भएको छ जसमध्ये सजावटमा ४८ करोड रुपियाँ खर्च भएको हो । सिंहदरबारको तीनवटै मोहडा निर्माणका लागि पहिलो चरणको ठेक्का शर्मा न्यु टेक्निकल जेभीले पाएको थियो भने दोस्रो चरणको ठेक्का शर्मा माइक्रोटेक न्यु टेक्निकल जेभीले पाएको थियो । पहिलो र दोस्रो चरणको ठेक्कामा परामर्शदाताको जिम्मेवारी भने डिबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले पाएको थियो । प्राधिकरणले सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडा तथा प्रधानमन्त्री कार्यालय तयार भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ३ मा उद्घाटनसमेत गरिसकेका छन् ।  

सिंहदरवारको उत्तर, दक्षिण र पूर्वतर्फको मोहडा करिब १२ हजार ४ सय ६१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको छ । २०३० सालमा सिंहदरबारमा भीषण आगलागी हुँदा पश्चिमीबाहेक अन्य तीन मोहडा जलेर नष्ट भएका थिए भने २०३७ सालमा तत्कालीन सरकारले आगलागीबाट नष्ट भएको सिंहदरबारको तीनतर्फकै मोहडा आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुरानै शैलीमा बनाएको थियो । भूकम्पअघि सिंहदरबारको पूर्वी, उत्तरी, दक्षिणी मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो भने राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयलगायत महत्वपूर्ण सरकारी निकायसमेत यही भवनमा थिए । अहिले प्राधिकरणले भूकम्पछि पुनर्निर्माण गरी प्रधानमन्त्री कार्यालयलाई फेरि यही भवनमा सारेको हो । तर यो भवनमा आन्तरिक सजावटमा गरिएको अनावश्यक खर्च आफैँमा आलोचनाको विषय बनेको छ ।  

प्रधानमन्त्री ओलीलाई खुसी बनाउन पनि प्राधिकरणका उच्च पदाधिकारीहरूले कार्यालयमा पुरै नयाँ सामग्री राखेका  देखिन्छ । त्यसो त नयाँ सामान खरिद गर्दा कमिसन आउने भएकाले अनावश्यकरूपमा ठूलो रकम खर्च गरिएको शंका पनि उत्तिकै छ । जे भए पनि अहिले प्रधानमन्त्री कार्यालयमा आन्तरिक सजावटका नाममा जे गरिएको छ, त्यो गलत मात्रै होइन एक किसिमको अनियमितता हो । विगत एक वर्षयता कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा परिरहेका बेला सरकारले अर्थतन्त्र उकास्नतर्फ ध्यान दिनुपर्ने हो । त्यसका लागि सरकारी कोषलाई मितव्ययी हिसाबले खर्च गर्दै धराशायी भएका उद्योग÷व्यवसाय उकास्नतर्फ लाग्नुपर्ने हो । छिटोभन्दा छिटो खोप ल्याएर आफ्ना नागरिकको जीवन रक्षा गर्नुपर्ने हो । तर सरकार भने उल्टो बाटो हिँडेको छ । भाषणमा मितव्ययी भन्ने तर प्रधानमन्त्री कार्यालयको आन्तरिक सजावटमा नै ४८ करोड खर्च गर्ने जस्ता कार्यले सरकार ढोँगी भएको सन्देश गएको छ ।
अर्को समाचार
हामी उल्टो बाटो हिँडिरहेका छौँ: गगन थापा
१० साउन २०७९
•
२ मिनेट पाठ
हामी उल्टो बाटो हिँडिरहेका छौँ: गगन थापा
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताएका हुन्।

सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम नभएको गुनासो गरे। उनले सरकार शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा गम्भीर बनेर लाग्नुपर्ने बताए।

सांसद थापाले संघीय शिक्षा ऐन नल्याएको र अर्कोतर्फ शिक्षा नीति बनाएर प्रस्तुत गर्न नसकेको बताए। सांसद थापााले संघीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने, नयाँ विश्वविद्यालय बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालयलाई थप ध्वस्त पार्ने दाबी गरे।

उनले भने, ‘हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ। हाम्रो संविधानले अनुसूची ९ मा शिक्षा तीनै तहको सरकारको अधिकार हो भन्यौँ। अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो। संविधानले यी सबै व्यवस्था गरिसकेपछि हाम्रो यात्रा अघि बढाउनुपर्ने काममा हाम्रो संघीय विश्वविद्यालय थिए, छन्। केही विश्वविद्यालयको अवस्था थिए, केही समस्या थिए, अवसर पनि हामीलाई प्राप्त भएको थियो। समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन कसरी गर्ने? हाम्रा कमी, कमजोरी अपर्याप्ततालाई सम्बोधन गरेर कसरी अघि बढ्ने? एउटा अवसर हामीलाई आएको थियो। हामी हिँड्ने बाटो भनेको शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने? भइरहेकोलाई के गर्ने? नयाँ कसलाई खुल्न दिने, कसलाई नदिने?'

थप उनले भने, 'केन्द्र र प्रदेशले के गर्ने भनेर बाटो देखाउँथ्यो। हामीले त्यो गरेनौँ। एकातिर संघीय शिक्षा ऐनपनि ल्याएनौँ। शिक्षा नीति बनायौँ, प्रस्तुत गर्न सकेनौँ। हामीले अहिले विद्यमान भएको त्रिभूवन विश्वविद्यालय लगायतको ऐनलाई संशोधन गर्‍यौँ। अहिले धमाधम प्रदेशले प्रदेशका विश्वविद्यालयको ऐनहरु बनाउन थालेको छ। अहिले पनि हामीले संघीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने र कहिले एउटा, कहिले अर्को विश्वविद्यालय बनाउने हो भने यसले हाम्रो विश्वविद्यालयलाई थप ध्वस्त बनाउँछ। विश्वविद्यालय बनाउने, संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा सरकारको ध्यान जाओस्।’ सांसद थापाले समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन गर्न जरुरी रहेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस