संविधानसभालाई निष्फल विघटनमा पुर्याउने राजनीतिक दलका शीर्षनेताहरूले उल्टो यात्रा थालेका छन्। संविधानसभाले संविधान बनाउन नसकेपछि यसका उपलब्धिलाई जोगाउनेतर्फ एकजुट भएर लाग्नुपर्ने बेलामा एकअर्काविरुद्ध मोर्चाबन्दी थालेका छन्। नयाँ संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र लिपीबद्ध गर्नुपर्थ्यो अविभारा संविधानसभाको थियो।
तर, मुख्य दलका शीर्षनेताहरूको सत्ताको खिचातानीमा संविधानसभा बन्दी भयो। अहिले संक्रमणकाल लम्बिएको छ। ०६३ को आन्दोलनका सहयात्रीहरू माओवादी-मधेशी सत्तासीन कित्ता र कांग्रेस-एमालेको विपक्षी कित्तामा बाँडिएका छन्। आफ्नो पक्षमा धेरै दलको समर्थन देखाउन देशभरिबाट २० हजार भोट पाएर संविधानसभामा एक सीट पनि ल्याउन नसक्ने दललाई मञ्चमा उभ्याएर हातेमालो गर्दैछन्।
एमाले-कांग्रेसले आन्दोलन घोषणा गरेका छन्। यसैको सुरुवात स्वरुप जेठ २६ गते एमाले-कांग्रेस गठबन्धनले टुँडिखेलमा आन्दोलनको लक्ष्य राखिएको छ- राष्ट्रिय सहमतिको सरकार गठन गराउन दबाब दिने, माओवादीको सत्ताकब्जा असफल पार्ने। सीधा भन्ने हो भने वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर कांग्रेसका 'अमुक' नेतालाई प्रधानमन्त्रीको कुर्सीमा आसिन गराउने। जनता यसका लागि जेठको गर्मी र असारे खेतीको तयारी छाडेर सडक आन्दोलनमा आउन यी दलका नेताहरूले आह्वान गरेका छन्। आफ्ना एजेन्डा कति कमजोर छन् र जनताले आफ्ना मुद्दाहरूलाई कसरी लिएका छन् भन्ने नेताहरूले बुझ्नु जरुरी छ।
यता एकीकृत नेकपा माओवादी-मधेशी मोर्चाका नेताहरू त्यसको प्रतिकार गर्ने हाँक दिइरहेका छन्। माओवादीले कांग्रेस-एमाले आन्दोलनको विपक्षमा जनतालाई सडकमा उतार्ने तयारी गरेको छ। असार १ गते नेवाः र तामसालिङ क्षेत्रका माओवादी कार्यकर्ताले सरकार नछाड्ने र नयाँ संविधानसभा चुनावमै जानुपर्ने दवाबका लागि शक्ति देखाउन लागेका छन्। मधेशी मन्त्रीहरूले पनि प्रतिकार गर्ने अभिव्यक्ति दिइसकेका छन्। कांग्रेस-एमालेको दबाबमा सरकार नछाड्ने शक्ति देखाउन उनीहरू पनि 'आन्दोलन' मा लागेका छन्।
कांग्रेस-एमालेको शक्ति जेठ २६ को खुल्लामञ्चमा देखिइसकेको छ। अब माओवादीको शक्ति पनि त्यही रूपमा देखिने पक्का छ। बरु देशमा गणतन्त्र ल्याउने आन्दोलनकारी शक्तिहरू विभाजित भएको अवस्थामा दुवै गठबन्धनका सैद्धान्तिक प्रतिपक्षी राप्रपा नेपालले शक्ति देखाउने प्रयास गरेको छ। कांग्रेस-एमाले गठबन्धनका २२ दलले सभा गरेको भोलिपल्टै त्यही ठाउँमा त्यस्तै कार्यक्रम गरेर त्योभन्दा उत्साहजनक अनुहारमा 'राजतन्त्र' फर्काउने घोषणा गरे। राप्रपा नेपाल एउटै दलले आयोजना गरेको सभामा पहिलेभन्दा रौनक देखिएको छ। संविधानसभाले संविधान बनाउन नसकेपछि ०६३ को आन्दोलनका सबै उपलब्धि समाप्त भए भनेर घोषणा फूर्तिसाथ हुन थालेको छ। तर, परिर्तनका बाहक तत्कालीन 'सात दल' र माओवादी भने आ-आफ्नै दाउमा छन्। सत्ताको छिनाझम्टीमा व्यस्त छन्।
कांग्रेस-एमाले गठबन्धनमा रहेका भनिएका २२ दलमध्ये संविधानसभामा १ सीटसम्म जित्ने पनि जम्मा छ वटा दल छन्। ती दलका सबै नाम सुन्दा कांग्रेस मुख्यालय, सानेपामा 'लोकतान्त्रिक अभियान' निर्माणका लागि बसेको पहिलो बैठकमा नै नयाँ पार्टीहरूको नाम सुनेर त्यहाँ उपस्थित कांग्रेस-एमालेकै नेताहरू छक्क परेका थिए। यो गठबन्धनमा चुरे भावर नामका दुई दल, सुकुम्बासी पार्टी (लोकतान्त्रिक), जनमोर्चा, एकीकृत क्रान्तिकारी जस्ता नयाँ दलहरू छन्। सत्तारुढ १९ दल गठबन्धनमा पनि समानुपातिकतर्फ जम्मा १ सीट पाएको र त्यो पनि ३ टुक्रा भैसकेको चुरे भावरले मन्त्री पद पाएका छन्। ठूला नेताका रूपमा सबैभन्दा चर्का कुरा गर्नेहरू फुट्दा-फुट्दा भएका पार्टीहरू क्रियाशील छन्। दुवै गठबन्धनले अझै केही समय रमिता देखाउने लक्षण छ।
माओवादी नेतृत्वको सरकारले नयाँ संविधानसभा चुनाव घोषणा गरेको छ। तर, आवश्यक कानूनी पूर्वाधार नै तयार नगरी घोषित चुनाव कसरी हुने भन्नेमा विवाद छ। दलहरूबीच सहमति नभई यो पनि संभव छैन। भैरहेको संविधानसभालाई निष्फल विघटन गराएर नयाँ चुनावमा जाने घोषणा विरोधाभाषपूर्ण हो। सायद, यही यथार्थ बुझेर पनि हुनसक्छ- विपक्षी गठबन्धनले चुनावको विरोध गरेको छ।
सैद्धान्तिक रूपमा भन्ने हो भने लोकतान्त्रिक दलले चुनावको विरोध गर्दैन। तर, 'हामीले संविधान बनाउन सकेनौं, फेरि कोशिश गर्छौ- भोट दिनुस्' भनेर जनतामा जाँदा कम्तिमा विघटित संविधानसभा सदस्यहरूलाई जनताले पत्याउने छैनन्। संविधानसभामा रहेका ठूला दलका नेतालाई पनि जनताले सजिलै पत्याउने अवस्था हुन्न। बहुदलीय राजनीतिको लामो अभ्यास कांग्रेस-एमालेका नेताले यो वास्तविकता बुझेकै कारण विरोध गरेका हुनसक्छन्। तर, देशको इतिहासमा एक पटकमात्र हुने संविधानसभा चुनाव फेरि गर्ने प्रयत्न पनि उल्टो बाटो हिंड्ने कोशिश हो।
नयाँ संविधानसभा चुनावमा जाने घोषणा भैसकेको छ। सरकारको नेतृत्व परिवर्तन गरे चुनावमा जान सबै सहमत हुने लक्षण पनि देखाएका छन्। तर, नयाँ संविधानसभामा चुनिएर आएका प्रतिनिधिले पनि संविधान बनाउन सक्ने छैनन्। अबका उम्मेद्वारले कि अखण्ड सुदुर पश्चिम कि खण्ड-खण्ड सुदुर पश्चिम, अखण्ड चितवन वा खण्डित चितवन, एकल जातीय राज्य कि बहुजातीय राज्य वा गैरजातीय राज्यजस्ता मुद्दासहित चुनाव लड्नेेछन्। अहिले केन्द्रमा देखिएको जातीय, क्षेत्रीय र दलगत विभाजन नयाँ चुनावमा वडा र गाउँ तहसम्म पुग्नेछ। कित्तासहित विभाजित भएर चुनिने नयाँ सभासद् संविधानसभामा प्रवेश गर्दा नै विभाजित हुनेछन्। यसपटक चार वर्षपछि जुन रुप देखिंदै थियो, त्यो उत्कर्ष सुरुकै दिनदेखि देखिने त्यो सदन संविधान बनाउन सक्नेछैन। अवरोध, विरोध र मारपीट गर्ने अखडा मात्र बन्ने छ।
दुई वर्षका लागि भनेर जनताबाट मत माग्ने, अनि आफैं बढाएर चार वर्ष पार्ने, ६०१ सभासद्लाई भूमिकाहीन बनाएर ८-१० जना नेतामा सबै अधिकार सीमित गर्ने अनि निष्फल विघटन गराउने शीर्षनेता नै हुन्। त्यसैले दलका शीर्षनेताले बिर्सनु हुँदैन- जनता सार्वभौम हुन्। कसैका पेवा हुन्नन्। विकल्प तयार नभए पनि एमाले-कांग्रेस र माओवादी-मधेशी दुवै गठबन्धनका शीर्षनेताका गलत क्रियाकलापप्रति असहमति जनाउनु जरुरी छ। कुनै पनि सभामा गएर उनीहरूका गलत कामका लागि प्रोत्साहित गर्नु जरुरी छैन। के अब देशमा संविधान चाहिँदैन भन्ने निष्कर्षमा दुवै पक्ष पुगेका हुन्? संविधानका नमिलेका विषय कसरी मिल्न सक्छन् र संविधान निर्माणलाई निष्कर्षमा कसरी पुर्याउन सकिन्छ भन्नेबारे छलफलमा बस्नु जरुरी छ। मिल्न बाँकी विषयमा सहमति जुटाउन सक्ने हो भने संविधान जारी गर्ने उपाय अहिले पनि गाह्रो छैन, यो प्राविधिक विषय मात्र हो। तर, एकअर्का विरुद्धको मोर्चाबन्दीले चुनाव त हुँदैन नै, दुवै पक्षलाई नोक्सानी हुनेछ। अहिलेको अवस्थाले अन्ततः लोकतन्त्रलाई कमजोर बनाएको छ।