नेपाली मार्सल आर्ट्सको हैसियत एक दशकअघि दक्षिण एसियालीकै 'पावर हाउस' का रूपमा थियो। सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा नेपालले तेक्वान्दो र करातेबाट २८ स्वर्ण पदक जितेको थियो। त्यही प्रदर्शनले नेपालले साफमा ऐतिहासिक दोस्रो स्थान पायो। मार्सल आर्ट्समा नेपालको यो सबैभन्दा सफल नतिजा थियो।
समय धेरै बितेको छैन। दशक पछि आइपुग्दा नेपालको स्थिति दक्षिण एसियामा दोस्रो स्थानको कल्पनासमेत गर्न नसक्ने अवस्थामा गुजिन पुगेको छ। श्रीलंकामा सन् २००६ मा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्थान प्राप्त गर्न पनि धौधौ भयो।
बंगलादेशमा ६ महिनापछि हुने ११औं सागमा चौथो स्थानलाई जोगाउन पनि हामीलाई मुस्किल पर्नेछ। कारण एउटै हो, पछिल्लो दशकमा नेपालको मार्सल आर्ट्स जहाँको त्यहीं रह्यो। जबकि दक्षिण एसियाका अन्य राष्ट्रले मार्सल आर्ट्समा निकै प्रगति गरे।
गत साता थाइल्यान्डमा सम्पन्न प्रथम एसियन मार्सल आर्ट्स गेम्समा नेपालको सहभागिता आगामी दिनको अन्तर्राष्ट्रिय नतिजा संकेत गर्न पर्याप्त छ। त्यहाँ नेपाली खेलाडीको प्रदर्शन लज्जास्पद थियो। नेपाली टोलीले उपहारमा पाएको एउटा कांस्य पदकमा चित्त बुझाएर घर र्फकनुपर्यो। प्रतिस्पर्धी तीन खेलाडी मात्र भएकाले उसुकी झरना गुरूङले कांस्य थापेकी थिइन्। यो गेम्सको केही खेलमा नेपालले दोस्रो रोजाइको खेलाडी सहभागी गराएको थियो, भविष्यका लागि अनुभव संगाल्ने बहानामा। बिहानीले दिनको संकेत गर्छ भने पनि भविष्यका हाम्रा नम्बर एक खेलाडी पहिलो प्रयासमै कमजोर बनेर फर्किए। मार्सल आट्समा हामीभन्दा निकै पछि रहेको दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानले दुई स्वर्ण जित्दै सागमा सबैलाई दरिलो चुनौती पेश गर्ने प्रस्ट संकेत गर्यो। जसका कारण हिजोको 'पावर हाउस' नेपाल आज अफगानिस्तानसँग डराउनुपर्ने अवस्था आएको छ।
यो हारको जिम्मेवारी कसले लिने ? राष्टिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि (एनओसी), सरकार वा सम्बन्धित संघले। स्वभाविक रूपमा हारले धेरै प्रश्न जन्माउँछ। नेपाली खेलपदाधिकारी तयारीलाई चुस्त बनाउनभन्दा आˆनो विदेश सयरलाई पक्का पार्न दौडधूप गर्छन्। खेलकुदको बिडम्बना यही हो। तयारी बेला खेलाडी र सम्बन्धित प्रशिक्षकबाहेकलाई चिन्ता हुन्न। तयारी कस्तो, खेलाडीको मनोबल कुन अवस्थामा छ त्यो चिन्ता सम्बन्धित निकायले लिएको देखिँदैन। जब खेलाडी हार्छन् अनि मात्र जिम्मेवार व्यक्तिको आँखा खुल्छ र भन्न थाल्छन्, 'हारबाट पाठ सिक्नुपर्छ।' आखिर पाठ सिक्ने कहिले ? अघिल्लो महिना सिंगापुरमा सम्पन्न प्रथम युथ एसियन खेलकुदमा पनि नेपालको सहभागिता औपचारिकता मात्र बन्यो। पछिल्लो दशकमा हामीले कति खेलमा हार्यौं, कसैले पाठ सिकेको देखिएन। विदेशमा खेल चलिरहादा पदाधिकारी निकै चिन्तित भएको देखाउँछन्, तर स्वदेश फर्केपछि अर्को भ्रमणको चाँजोपाँजो मिलाउँदै उनीहरूलाई फुर्सद हुँदैन।
पछिल्लो खेल अवस्था हेर्ने हो भने नेपालले सँगमा पनि चुनौती दिन गाह्रो छ। अब नेपाललाई अफगानिस्तान, भुटान, माल्दिभ्सले पनि चुनौती दिनेछन्। राखेपमा देखिएको अस्थिरता र संघबीचको गुटबन्दीलगायतका कारणले नेपालको खेलकुद दिन प्रतिदिन खस्कादो छ। सँगका लागि ६ महिनाभन्दा कम समय रहादा राखेप नेतृत्वबिहिन छ। संघहरूसँग स्पष्ट योजना छैन।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिवलाई काम चलाउन सदस्यसचिवमा नियुक्त गरिएको छ। यसले प्रशासनिक काम मात्र सम्भव भएको छ। सँग तयारीका लागि ठोस योजना आउन सकेको छैन। गणेश नेपाली युवा तथा खेलकुदमन्त्री बनेको झन्डै दुई महिना हुन लाग्यो। तर नेपाली खेलकुद कस्तो अवस्थामा छ, उनले अझै भेउ पाएका छैनन्। राखेपमा नयाँ नेतृत्व नआएसम्म खेलकुदको अन्योल नहट्ने पक्का छ। अस्थिर प्रशासनका कारण खेलाडी निरीह छन्। नेपाली खेलाडीसँग पर्याप्त क्षमता छ, खाँचो मात्र छ त मनोबलकोे। अस्थिर खेलराजनीतिले मनोबल बढाउँदैन, बरू घटाउँछ।
राखेप नेतृत्वबिहिन भए पनि सम्बन्धित संघले खेलाडीको मनोबल बढाउने काम गर्नुपर्छ। यस्तो अवस्थामा स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न सक्ने संघका पदाधिकारीलाई मात्र सक्षम मान्न सकिन्छ। ११औं सागका लागि संघहरूले योजना बनाउन अब ढिला गर्न हुन्न। राखेप नेतृत्वबिहिन भए पनि नेपालका लागि ११औं सँग रोकिन्न। समय छादै सँग तयारीबारेमा आजैबाट काम थाल्नुपर्छ, नत्र सँगमा पुगेर यो हारबाट हामीले पाठ सिक्नुपर्छ भन्नुबाहेक हामीसँग केही हुने छैन। नेपालले सबैभन्दा बढी महत्व दिँदै आएको सँगबाट पदकविहिन भएर र्फकनुपर्ने हुन्छ।