'जय होस्..... यतिबेला हामी सिन्धुलीको यात्रा तय गर्दैछौं। यो इन्द्रसरोवर हो जो तपाईंहरुले देखिरहनुभएको छ। अब, हाम्रो यात्रा सिन्धुलीको... माओवादी सेनाको शिविरतिर जाँदैछौं।..'
हामी बेस्सरी हाँस्यौ। किनकि दर्शकलाई हामीले बेकुफ बनाउँदै थियौँ।
सिन्धुली निस्कँदा हामी सिस्नेरीबाट निस्किऔं। इन्द्र लोहनीको चाहना जसरी पनि इन्द्रसरोबर जानु थियो। सिन्धुली पुगेर छापामारहरुको सुटिगं सकेपछि हामी हेटौडा आइपुग्यौं। बिहान उठेर भीमफेदीमा लोकल कुखुरा खाने कुरा भयो।
इन्द्र भने बेलुका अलि बढी भयो भन्दै पसिना निकाल्छु भनेर हिँड्यो। लोकल कुखुरा बनाउँदा झण्डै १ घन्टा लाग्यो। इन्द्र त्यस्तै आधा घण्टामा आइपुग्यो। घडी ठ्याक्कै हेरिएन। मासु पाक्दै गर्दा समय बाँकी रह्यो। त्यही बेला तास खेल्न करले खेल्न शुरु गरियो।
अघिल्लो बेलुका मैलै झण्डै ४ हजार जितेको थिएँ। बिहान पनि उस्तै दाउ लाग्यो। मासु पाक्दासम्म मैले १२ सयको हाराहारीमा जितिसकेछु। 'यो मुला मगरको छोरा सोझो भन्ने बाहुनहरुलाई बेवकुफ बनायो..' भनेर बेस्सरी हाँसो भयो। ड्राइभर पनि ज्यापु थिए। उनले पनि हाँसेर भने ...मगर साँच्चै थीक रैछ..।
बहस कार्यक्रमका निर्देशक सुरेश, क्यामेरामेन विदुर र इन्द्रको ल फर्मका सहयात्री सजन दाइ बेस्सरी हाँसे। ..लु भन्नुस त गुरु जी मगर कस्तो ठीक रे ? गुरुजीले पनि दुई प्याक लिइसकेका थिए। उनले भने... ल ट्यो तपाईंहरुले भनेर हुन्छ। मगर चलाख भएको थीकै ट हो नि... सबै हाँसे। हुन त गुरुजी भन्दा मेरो पनि लवज त के कम, ठ्याक्कै मगरको। फेरि हाँसो भयो।
त्यस्तै ११ बजेतिरको भीमफेदीको रापिलो घाम। हल्का अल्कोहल, तातो लोकल कुखुराको झोल सुरुपसुरुप लगाएपछि निधारमा पसिनाको चिलचिल भयो।'खाँदा पसिना आउने कि भाग्यमानी, कि दुखिया हुन्छ भन्छन्। यो मगरको पसिना हेर त भनेर इन्द्र फेरि हाँस्यो।
ल लागौं उकालो। गुरुजीले यति ट्राभल्सको गाडी घुइँघुइँ बनाए। सातघुम्ती उकालो। डाँडामा आइपुगियो। इन्द्रसरोबरको ड्यामबाट फेरि सिस्नेरी र इन्द्रसरोबर जाने जोर्ते बाटो आयो। सबै गाडी सिस्नेरीबाट जाने। कारण थियो, त्यो बाटो जाँदा बीचमा मर्मत सम्भार कार्य हुँदै थियो।
इन्द्र कै बलमा इन्द्रसरोबर पुगियो। सेनाले भन्यो ख्वै पास ? खासमा त्यो बाटोबाट जाँदा तलै पावर हाउसबाटै पास लिएर जानु पर्ने रहेछ। सेनाको जवाफ दिंदै इन्द्रले भन्यो, 'ए भाइ हामी हो क्या हामी हाहाहा गरेर हाँस्यौँ। ती सेनाका जवानले पनि चिनेछन्, अहो सर... म तपाईंको कार्यक्रम हेर्छु।
चेकपोष्टदेखि अलिक माथि आएर इन्द्रसरोबर देखिने तर, अप्ठेरो बाटोमा उभिएर हाम्रो यात्रा यहाँदेखि शुरु भयो भनेर फर्जी सुटिगं गर्नुपर्ने भयो। कार्यक्रम त्यही अनुसार बनाइयो। सबैले इन्द्रसरोबरबाट कार्यक्रम पहिलो भने। तर, त्यो फर्जी थियो।
सिन्धुलीको छापामार क्याम्पमा बसेको बेलिविस्तार। सभासद् निरु दर्लामीको आत्मकहानी। बोँसैबोँसो भएको खसीको मासु र चिउरा, मोटरसाइकलबाट मलाई एउटा माओवादी छापामारले दुर्घटना गराएको त यहाँ भन्नै बाँकी छ।
इन्द्र स्वर्ग गएको सातौं महिना भयो। जहिले पनि सपनीमा देखिने झलझली र उसको नामसङ्गगै जोडिएको इन्द्र सरोबरको अन्तिम सुटिङ। उसकै सम्झनाले सताएपछि झझल्को हटाउन उसैको नाममा यो एउटा दिलको घाउमा मलम।
हामी बेस्सरी हाँस्यौ। किनकि दर्शकलाई हामीले बेकुफ बनाउँदै थियौँ।
सिन्धुली निस्कँदा हामी सिस्नेरीबाट निस्किऔं। इन्द्र लोहनीको चाहना जसरी पनि इन्द्रसरोबर जानु थियो। सिन्धुली पुगेर छापामारहरुको सुटिगं सकेपछि हामी हेटौडा आइपुग्यौं। बिहान उठेर भीमफेदीमा लोकल कुखुरा खाने कुरा भयो।इन्द्र भने बेलुका अलि बढी भयो भन्दै पसिना निकाल्छु भनेर हिँड्यो। लोकल कुखुरा बनाउँदा झण्डै १ घन्टा लाग्यो। इन्द्र त्यस्तै आधा घण्टामा आइपुग्यो। घडी ठ्याक्कै हेरिएन। मासु पाक्दै गर्दा समय बाँकी रह्यो। त्यही बेला तास खेल्न करले खेल्न शुरु गरियो।
अघिल्लो बेलुका मैलै झण्डै ४ हजार जितेको थिएँ। बिहान पनि उस्तै दाउ लाग्यो। मासु पाक्दासम्म मैले १२ सयको हाराहारीमा जितिसकेछु। 'यो मुला मगरको छोरा सोझो भन्ने बाहुनहरुलाई बेवकुफ बनायो..' भनेर बेस्सरी हाँसो भयो। ड्राइभर पनि ज्यापु थिए। उनले पनि हाँसेर भने ...मगर साँच्चै थीक रैछ..।
बहस कार्यक्रमका निर्देशक सुरेश, क्यामेरामेन विदुर र इन्द्रको ल फर्मका सहयात्री सजन दाइ बेस्सरी हाँसे। ..लु भन्नुस त गुरु जी मगर कस्तो ठीक रे ? गुरुजीले पनि दुई प्याक लिइसकेका थिए। उनले भने... ल ट्यो तपाईंहरुले भनेर हुन्छ। मगर चलाख भएको थीकै ट हो नि... सबै हाँसे। हुन त गुरुजी भन्दा मेरो पनि लवज त के कम, ठ्याक्कै मगरको। फेरि हाँसो भयो।
त्यस्तै ११ बजेतिरको भीमफेदीको रापिलो घाम। हल्का अल्कोहल, तातो लोकल कुखुराको झोल सुरुपसुरुप लगाएपछि निधारमा पसिनाको चिलचिल भयो।'खाँदा पसिना आउने कि भाग्यमानी, कि दुखिया हुन्छ भन्छन्। यो मगरको पसिना हेर त भनेर इन्द्र फेरि हाँस्यो।
ल लागौं उकालो। गुरुजीले यति ट्राभल्सको गाडी घुइँघुइँ बनाए। सातघुम्ती उकालो। डाँडामा आइपुगियो। इन्द्रसरोबरको ड्यामबाट फेरि सिस्नेरी र इन्द्रसरोबर जाने जोर्ते बाटो आयो। सबै गाडी सिस्नेरीबाट जाने। कारण थियो, त्यो बाटो जाँदा बीचमा मर्मत सम्भार कार्य हुँदै थियो।इन्द्र कै बलमा इन्द्रसरोबर पुगियो। सेनाले भन्यो ख्वै पास ? खासमा त्यो बाटोबाट जाँदा तलै पावर हाउसबाटै पास लिएर जानु पर्ने रहेछ। सेनाको जवाफ दिंदै इन्द्रले भन्यो, 'ए भाइ हामी हो क्या हामी हाहाहा गरेर हाँस्यौँ। ती सेनाका जवानले पनि चिनेछन्, अहो सर... म तपाईंको कार्यक्रम हेर्छु।