निर्विकल्प थापा !...
नेपालको फुटबल नेतृत्वमा गणेश थापाको विकल्प रहेनछ । राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (एन्फा) मा करिब डेढ दशक नेतृत्व गर्ने क्रममा थापाले धेरै आलोचना खेपे । थुप्रै पटक उनीविरुद्ध फुटबलकर्मीले चर्को आन्दोलन गरे । तर सधैं भाग्यको राम्रो साथ पाएका उनले आवश्यकता पर्दा विरोधीकै साथ पाए । अनि ऐन मौकामा उनलाई विरोधीलाई समेत घुर्की लगाउन सक्ने अवस्थामा पुर्याएको छ । एन्फा अध्यक्ष थापाले आजकल घुर्की लगाउन थालेका छन् । त्यो अरु नभई हिजो आˆनैविरुद्ध आन्दोलन र अहिले सहकार्य गर्नेसाग हो ।
दुई साताअघि चितवन साधारण सभाबाट उनले यसरी घुर्की लगाउन सुरु गरेका थिए । यो साता अध्यक्षको उम्मेद्वारी घोषणा गर्दा पनि त्यो क्रम दोहोरियो । घोषणा सभामा एन्फा र नेफा पदाधिकारी लगभग सबैमाझ उनी भन्दै थिए,'यहाँ रहेका एक साथीले पनि विरोध गर्छन् भने म पद त्याग्न तयार छु ।' एन्फामा थापाको विकल्प छैन, उनको मात्र होइन सबै फुटबलकर्मीको आसय यही देखियो । यदी थापाको भावना साँचो थियो भने हिजो यिनै 'साथी' ले चर्को आन्दोलन गरेर राजिनामा माग गर्दा किन त्यागेनन् पद ।
नेफालाई आफ्नो उम्मेद्वारीको प्रस्ताव गर्न लगाएर थापाले फुटबल राजनीतिमा एउटा ठूलो बाजी मारे । खासमा एन्फा अध्यक्षमा थापाको उम्मेद्वारी प्रस्ताव गर्ने नेफा पदाधिकारीसाग कानुनी ल्याकत छैन । यो एमाले संसदीय दलको नेता कांग्रेसले प्रस्ताव गरेजस्तै हो । कानुनी रूपमा एन्फा र नेफा अलग संस्था हुन् । तर नेफा पदाधिकारी त्यसमा चुके । फुटबल नेतृत्वमा थापाको विकल्प नरहेझैं गरी नेफा पदाधिकारीले आगामी निर्वाचनका लागि अध्यक्षमा उनको प्रस्ताव गर्दा तीन वर्ष नेपाली फुटबल नै हुन नदिने गरेर आन्दोलन गर्दाको अवस्था बिर्से । आन्दोलनका क्रममा थापाको राजिनामालाई एक मात्र अड्डी बनाएका उनीहरु अहिले उनैलाई निर्विवाद नेताका रूपमा व्याख्या गर्न चुकेनन् । नेफावालाले पनि चाहेको पद पाउने आशमा थापाको प्रस्ताव गरेका हुन सक्छन् । भागबन्डा मिलिसकेको हुन सक्छ । नेफा महासचिव इन्द्रमान तुलाधरबाट थापाको उम्मेद्वारी प्रस्ताव भएको थियो ।
एक वर्षअघिसम्म थापाको राजिनामा माग्दै हिडेका नेफा पदाधिकारी अहिले उनकै गुणगान गाउन मस्त छन् । हिजो आˆनो राजिनामा माग्नेहरूलाई नै थापा अहिले आवश्यक परे पद छोड्ने चेतावनी दिने अवस्थामा पुगेका छन् । थापाले छोडे अरुले सम्हाल्छन् भन्ने कसैले आाट गरेनन् । त्यही घोषणा सभामा थापा चिप्लिएका थिए, 'हामी भागबन्डा गरेर चुनावमा जान लागेका होइनौं ।' क्षमताका आधारमा पदाधिकारी निर्वाचित हुने उनको दाबी थियो । दाबी प्रमाणित हुन झन्डै २ महिना कुर्नै पर्छ । भागबन्डा पहिले नै थियो थिएन, भदौ २२ को निर्वाचनले प्रस्टै पार्ला । क कस्ले के के जिम्मेवारी पाउाछन् त्यसबाट पनि पूर्वसहमतिको अनुमान लगाउन गाह्रो पर्ने छैन ।
अहिलेको फुटबल माहौल हेर्दा थापा पुन अध्यक्ष हुने लगभग पक्का छ । थापा नेतृत्वमा नेपालको फुटबल स्तर खस्कियो भन्नेहरू आज उनकै प्रस्तावक र समर्थक भएर निस्किएपछि उनको यात्रा सजिलो हुने नै भयो । हिजो थापालाई जसको डर थियो आज तिनै उनको रक्षाकवच भएर अगाडि आएका छन् । पानी बाराबारको स्थितिमा रहेका एन्फा र नेफाबीच भएको नाटकीय मिलेमतोले थापाको मनोबल यति बढिसक्यो, अब उनी फेरि आफूलाई भर्खरै निर्वाचित भएको अध्यक्षका रूपमा प्रस्तुत गर्न थालिसकेका छन् ।
थापाको उम्मेद्वारी घोषणा भइसक्यो, तर उनको एजेन्डा प्रस्ट छैन । फेरि चार वर्षका लागि उनलाई नै नेतृत्व प्रस्ताव गर्नेले एन्फामा किन उनै अध्यक्ष हुनुपर्छ, नेपाली फुटबलमा उनी कसरी निर्विकल्प भए जस्ता प्रश्नको जवाफ दिनुपर्छ । विगतमा उनकै विरोधमा दुई वर्ष लिग रोक्नेले अहिले रातारात उनको नेतृत्व स्वीकार्नुर्को आधार दिनुपर्छ । नभए आउादो निर्वाचन पनि विवादास्पद नहुने र लिग नियमित हुने ग्यारेन्टी कसले लिन सक्छ ? अहिले थापालाई साथ दिनेले विगतमा पनि पटक पटक क्याम्प परिवर्तन गरेको इतिहास नेपाली फुटबलमा छ । निर्वाचनपछि त्यही भित्रका कुनै पक्ष आन्दोलनमा नउत्रेलान् भन्ने जिम्मा कसले लिन सक्छ ।