मिलान – युडिनेसीलाई १–० को नतिजा सुम्पिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा खराब सुरुआत गरेको छ। पाँचौं स्थानमा बस्दै गत सिजनको अन्त्य गरेसँगै मिलानले यस सिजन च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो भने फाइनान्सियल फेयर प्ले रुल तोडेको भन्दै यस सिजन युरोपा लिग खेल्नसमेत प्रतिबन्ध लगाएको छ।
मिलानले नयाँ सिजनका लागि प्रशिक्षक जियोनारो गाटुसोको स्थानमा साम्पडोरियाका प्रशिक्षक मार्को जियामपाउलोलाई टोलीको जिम्मा दिएको थियो। गत सिजन सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ताको सूचीको तेस्रो स्थानमा रहेका क्रिजस्तोब पायटेक, ब्राजिली सुसो र स्पेनिस साभमु कास्टिलेजो सम्मिलित मिलानको अग्रपंक्तिले खेलअवधिभर एक पटक पनि युडिनेसीको पोस्टमा सम्झनलायक आक्रमण गर्न सकेनन्।
७२औं मिनेटमा युडिनेसीका रोड्रिगो बेकाउले गरेको गोल मिलानलाई स्तब्ध पार्न पर्याप्त बन्यो। रोड्रियोले डी पाउलको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए।
‘हारका साथ सिजनको सुरुआत गर्नु सुखद होइन, तर यस खेलले हामीलाई टोलीमा रहेको कमीकमजोरी केलाउने राम्रो अवसर दिएको छ,’ जियानपाउलोले भने, ‘मिलानमा मेरो भिजन फरक छ। सिजनका अन्य खेलमा त्यो प्रमाणित हँुदै जानेछ।’ यसअघि साबिकको विजेता युभेन्ट्स र उपविजेता नेपोलीले भने शनिबार सिजनको सुखद सुरुआत गरेका थिए। युभेन्ट्सले पार्मालाई १–० ले हराएको थियो भने नेपोलीले फियोरेन्टिनालाई ४–२ ले हराएको थियो।