बडाघर काकाको कुरा बुझिनसक्नु थियो। मलाई पनि लाग्यो ठट्यौली गरिरहनु पर्ने मानिसको यो अर्को ठट्टा हो। त्यसैले हाँसेर सोधेँ- अनि त्यसका लागि सहर नै किन जानुपर् यो त कुराको सुरुवात काकाको सहर जाने इच्छासाथ भएको थियो। किन जाने भन्ने मेरो जिज्ञासामा उनले भनेका थिए-भूत खोज्न !
अनि यस्तो कुरा सुनेर मलाई स्वाभाविकरुपमा हाँसो उठ्यो। उनको बानी थियो ठट्टा गरिरहने। मलाई लाग्यो आज पनि ठट्टाको मुडमा छन् काका ! तर बुढा त गुण्टा कसेर तयार भइरहेका थिए। कारण भने उनले सोझो भनेका थिएनन्। सहर जाने त पक्का थियो।
जस्तोसुकै कुरालाई उनी ठट्यौली पारामा भन्ने गर्थे। 'हैन आज नागपाचमी हो कि क्या हो !' एक पटक आफ्नी श्रीमतीले दूध पिउँदै गरेको देख्दा उनले भनेका थिए। तर कति पटक त उनी निकै गम्भीर कुरालाई पनि ठट्टाले बेरेर फाल्ने गर्थे।
त्यसका लागि सहर किन जानु पर् यो त काका गाँउमै खोजे भइहाल्यो नि ! पुरानो मान्छेले भूतप्रेतमा विश्वास राख्छन् भन्ने सोचका साथ ठट्टाकै शैलीमा भनेको थिए तर जवाफ सुन्दा लाग्यो उनी ठट्टाको मुडमा छैनन्।
'हे लाटा' पहिलो कुरा त म सहरमात्र होइन राजधानी जान लागेको हो ! दोस्रो कुरा तँलाई भनिदिऊँ- सक्कली भूत खोज्न गाउँको पिपलबोट र खण्डहरमा होइन सहर जानुपर्छ। अझ राजधानीमा त कति भेटिन्छन् कति ! गाँउमा भेटिने त काल्पनिक भूत हुन् बच्चा ! प्रत्यक्ष हेर्ने हो भने सहर जानुपर्छ। काकाले हँसिलो पारामा दिएको जवाफले मलाई झनै रनभूल्ल पार् यो। मैले उनको कुरामा लुक्न सक्ने सम्भावित गम्भीर पक्षलाई खोज्ने असफल प्रयास गरेँ।
काका त्यसै पनि सहर जान मन गर्दैनथे। हावा र पानीसमेत शुद्ध नपाइने ठाउँका मानिसको विचार कसरी शुद्ध हुन सक्छ ठट्यौलो पारामा उनले सहरका लागि प्रयोग गर्ने वाक्य थियो त्यो।
'त्यहाँको हाँसोमा पनि जीवन हुँदैन। सबैथोक यान्त्रिक हुन्छ।' कुनै बेला निकै सस्तोमा जग्गा भेटाउँदा पनि आफू राजधानी बस्न नचाहेको पनि उनी बताउन बिस्रदैनथे।
अब सुन-भूतपूर्व मन्त्री भूतपूर्व प्रधानमन्त्री भूतपूर्व सचिव सबै त सहरमै बस्छन् अझ त्यो पनि राजधानीमा। मलाई उनीहरुसँग भेट्नु छ। उनीहरुलाई हेर्न मन लागेको छ !
एकै छिन म बेसरी हाँसेँ। वाह काका वाह ! तपाईँ पनि ! 'सुन्दै जा न !' उनले भने -त्यति मात्र हो र भूतपूर्व सम्राट् पनि सहरमै छन् रे !
उनीहरुलाई सत्तामा हँ'दा कहिल्यै भेट्न सकिएन। आफू सहर जान नसक्ने उनीहरु गाउँ आउन नसक्ने। सहर जानेले पनि भेट्न सक्दैनथे। अहिले त चाह्यो भने ती सबै भूतपूर्वलाई सजिलै भेट्न सकिन्छ होला !
वास्तवमा काकाको ठट्टा गर्ने शैली गजबको थियो कहाँको कुरा कहाँ ल्याएर मिलाएका थिए उनले !
मेरो हाँसो भने अझै रोकिएको थिएन। एक्कासि काकाले मेरो हात चपक्क समाते।
'त्यति मात्र होइन मैले उनको अनुहार हेरँे त्यहाँ अब त्यो ठट्यौलीपन थिएन। 'मेरो भूत भनेको मेरो विगत पनि हो त्यसैले म आफ्नै भूत पनि हेर्न चाहन्छु। अनि आफ्नो गाउँ र समाजको पनि।
'त्यो भूत जसमा हामी गाउँमा एकै परिवारझैँ बसेका थियौँ त्यो भूत जुन बेला गाउँ अहिलेजस्तो वृद्ध होइन तन्नेरी थियो त्यो भूत जसमा एकता थियो आफ्नोपन थियो। यहाँ मर्दा र पर्दा आफन्त र छिमेकीको भीड लाग्ने गथ्र्यो। ती सबै क्षण हामीले यही गाउँमा गुमायौँ। त्यस्तो समय हाम्रा लागि भूतकाल बनिसकेको छ। त्यो भूत मेरो गाउँको हाँसो हो त्यो भूत शान्ति हो। मलाई त्यही भूत खोज्नु छ हेरौँ सहरमा पाइन्छ कि ! अझ राजधानीमा त कसो नपाइएला !'
मेरो हाँसो अघिनै रोकिइसकेको थियो साँच्चै भन्ने हो भने मैले फेरि पनि केही बुझ्न सकिनँ काका साँच्चै भन्दै छन् वा ठट्टा गर्दैछन्।