हैन श्रीपेच त छैन त ! सन्तरामले आफैसँग भन्यो । यही श्रीपेच हेर्न र गर्मी छल्न ऊ तराईबाट आएको । तर दुबै कुरामा ठगियो । गर्मी त यहाँ पनि लगभग उस्तै रहेछ । बीच बाटोमा बन्दका कारण एक दिन ढिलो काठमाडौंको बस पार्कमा झरेपछि उसले भनेको थियो ।
ऊ अर्को दिन बिहानै संग्रहालय बनी सकेको नारायणहिटी हेर्न पुगेको थियो । सरकारी गाइडको सहयोगमा दरबारभित्र हेर्दै गर्दा त्यहाँको भव्यता देखेर ऊ छक्क परेको थियो । वाह ! दरबारको भव्यता देखेर बेलाबखत उसको मुखबाट निस्कने गथ्र्यो ।
नारायणहिटी निकै बेर घुमी सकेपछि पनि उसले हेर्न खोजेको चिज भेटिएन । त्यो थियो श्रीपेच !
उसले राजाहरूलाईर् प्रत्यक्ष नदेखेको होइन । तर कहिलेकाहीं लगाउने श्रीपेच भने तस्बिरमा मात्र देखेको थियो । त्यही श्रीपेच कस्तो हुादो होला ? यो मैले प्रत्यक्ष देख्न पाउँला नपाउँला ? यस्ता कुरा उसको मनमा धेरै पटक खेल्ने गथ्र्यो ।
मुलुक गणतन्त्र भएपछि नारायणहिटी दरबारलाई संग्रहालय बनाएर जनतालाई हेर्न खुला गरएिको सुनेपछि ऊ राजधानी आएको थियो । 'दरबार र श्रीपेच पनि हेर्छु । अनि यहाँको गर्मीबाट पनि केही दिन जोगिन्छ,' उसले मनमनै भनेको थियो ।
तर दरबारमा श्रीपेच देखिएन । उसले संकोच मान्दै नजिकैको मानिसलाई सोध्यो - हैन श्रीपेच देखिएन त ! 'ए त्यो त अन्तै राखेका छन् रे ! सुरक्षाका लागि !' उसले जबाफ पायो ।
ठीकै छ, अर्को पटक हेरौंला, भन्दै ऊ दरबारबाट बाहिरयिो । श्रीपेच हेरेर घरमा गफ लगाउाला भनेको नपाइने भयो । यही गुन्दै ऊ एक सुरमा हिडी रहेको थियो एक्कासि नजिकै एउटा भव्य गाडी कडा ब्रेक लगाउादै रोकियो ।
गाडीको झ्यालबाट गालीको भेल सन्तरामतर्फ आयो । तर सन्तरामले भने केही सुनेन । उसको आँखा त आश्चर्यले फैलिएको थियो । कारण उसको दृष्टि त गाडी भित्रको श्रीपेचमा थियो । ओहो ! ठ्याक्कै तस्बिरमा देखिने जस्ते श्रीपेच । हैन त्यही हो क्या हो ! तर उसले केही सोच्नु पहिल्यै गाडी त्यहाँबाट हुइँकियो ।
सन्तराम छक्क पर्यो । नारायणहिटीमा नभएको श्रीपेच त्यो गाडीमा कसरी पुग्यो हा ? पक्कै पनि त्यो गाडीवालाले चोरेको हुनुपर्छ ।' यो कुरा त प्रहरीलाई बताउनु पर्यो भन्दै ऊ प्रहरी कार्यालय खोज्न थाल्यो ।
प्रहरी कार्यालय पुगेपछि ऊ झन् छक्क पर्यो । त्यहाँ एउटा होइन थुप्रै श्रीपेच थिए ।
उसले सोच्यो यो त शिवकुमारलाई भन्नै पर्छ । शिवकुमार उसकै गाँउको केटा अहिले नेता भएर राजधानीमै बस्छ । ऊ शिवलाई भेट्न पार्टी अफिसतर्फ लाग्यो । आखिर ठूलो संघर्ष गरेर आएको पार्टी हो । सधैा समानताको नारा दिदै आएको क्रान्तिकारी पार्टीको नेतालाई यस बारेमा थाहा हुनैपर्छ ।
ऊ पार्टी अफिस पुग्यो । ढोकाभित्र टाउको पसाएर के हेरेको थियो झन् छक्क पर्यो । कारण पार्टी कार्यालयभित्र त एउटा होइन अनेक श्रीपेच थिए । सबै भव्य । हैन के भा'को यस्तो ?
ऊ अत्तालियो र अझ ठूलो पार्टीको कार्यालय जाने सुर गर्यो । त्यहाँ पनि उसले चिनेको एक जना नेता थियो । तर त्यहाँ पनि उस्तै हाल छ । पार्टी कार्यालयभित्र अनेकौं श्रीपेचहरू गजक्क परेका देखिए । ऊ डराएर त्यहाँबाट हिड्यो । यसरी एक एक गर्दै उसले हरेक पार्टी कार्यालयका चहार्यो तर सबै ठाउँ श्रीपेचले भरएिको !
सरकारी कार्यालयमा काम गर्ने आफन्तलाई भेट्न गयो । तर त्यहाँ पनि श्रीपेचै श्रीपेच !
ओ हो ! उसलाई लाग्यो यो ठूलो खबर हुनसक्छ । उसका एक जना गाउले ठूलो पत्रकार भइसकेको थियो । उनलाई यो कुरा भने आफ्नो नाम पनि छापिने छ । अझ यो खबर टेलिभिजनमा पनि आए त ! त्यसो भए सुन्तलीले पनि मलाई हेर्न पाउने छ ।
ऊ गमक्क पर्दै पत्रिकाको कार्यालय पुग्यो । तर हेर अचम्म ! यहाँ पनि श्रीपेच ! उ अब साच्चिकै डरायो र त्यहाँबाट भाग्यो ।
सोझै बस पार्क गएर फिर्ती टिकट काट्दासम्म सन्तरामले थाहा पाइसकेको थियो - एउटा श्रीपेच जंगी अड्डामा पनि छ रे !