हालको बकस
२० जेष्ठ २०६६
•
११ मिनेट पाठ
हालको बकस
… भन्दिभइन् कैकयी
रामलाई वनवास भरत कन त राज माग्छु म चाँडो गई ।’





'भानुभक्तकृत भाषा रामायण’अनुसार रामको राज्याभिषेक हुनै लागेका बेला मन्थराद्वारा उक्साइएकी कैकेयीले दशरथसँग छोरालाई राज्य मागिन् । दशरथले 'सत्यवादी’ हुन राममाथि अन्याय गरे । राजकाज यस्तै रहेछ क्यारे । राष्ट्रिय सहमति र सहकार्यको नारा लगाएर नथाक्ने गिरिजाप्रसाद कोइरालाले पनि पार्टीका पानीमरुवा नेताहरुको रुन्चे अनुनय पन्छाएर अन्ततः छोरीलाई राज मागे । रामलाई वनवास पठाउँदा दशरथको देहावसान भएको थियो। छोरी सुजाता मन्त्री होलिन् न होलिन् पिता गिरिजाप्रसाद कोइरालाको नाक र उनको पार्टी नेपाली कांग्रेसको साख चाहिँ यही निर्णयले समाप्त भएको छ ।
अर्को अर्थमा कांग्रेस र कोइरालाको आत्माको अवसान भएको छ । जीवनका सुख सुविधा र सम्भावना सबै छाडेर कांग्रेसको आदर्श र विश्वेश्वरप्रसाद कोइरालाको आकर्षणमा राजनीतिमा होमिएका साथीहरुको अवस्था कस्तो भयो होला भन्ने सम्झँदा मन गरुंगो हुन्छ । यद्यपि, बेलैमा राजनीति छाडेर अहिले त्यो पीडा खप्न नपरेकोमा आनन्द पनि लागेको छ ।
नेपाली कांग्रेसको विनिर्माण हुनसक्छ भन्ने लागेको थियो । यसका सभापति गिरिजाप्रसाद कोइरालाको पछिल्ला निर्णयहरु र वरिष्ठ नेताहरुको लोभ पाप र लाछी स्वभाव हेर्दा अब कांग्रेसको विघटनबाहेक अरु विकल्प देखिँदैन । कांग्रेस अहिलेको नेतृत्व र नीतिका भरमा अगाडि बढ्न सक्तैन । नयाँ नेतृत्व स्थापित हुने ढोका पनि लगभग बन्द छ । सबैभन्दा निराशाजनक त दोस्रो तेस्रो वा चौथो पंक्तिसम्म एकाधबाहेक आशा लाग्दो नेतृत्व देखिएकै छैन ।
यथार्थमा दोस्रो जनआन्दोलनपछि कांग्रेस निरन्तर ओरालो लागेको छ । आधा दशकबढी मुलुकको राजनीतिको केन्द्रमा रहेको आन्दोलनको सफल नेतृत्व गरेपछि झन् ओरालो लाग्नु सामान्य र सहज भने होइन । तर यसका सभापति कोइराला र केही नेताका व्यक्तिगत स्वार्थ एवं महत्वाकांक्षाले गर्दा नेपाली जनताले धेरै पटक पत्याएको र नेतृत्व स्वीकार गरेको मध्यमार्गी पार्टी अवसानको संघारमा पुग्यो । केही वर्ष जसोतसो सत्तामा टाँसिन सके पनि कांग्रेसको मौलिक पहिचान र मान्यता समाप्त भइसकेको छ । अब कांग्रेससँग हिङ छैन, टालोको बास्ना धेरै टिक्दैन ।
कांग्रेस ओरालो लाग्ने कारण केलाउने हो भने मूलतः उसको माओवादी तुष्टीकरणको नीति जिम्मेवार देखिन्छ । भन्न त यसलाई मुलुकमा शान्ति कायम गर्न लिएको नीति भनेर ढाकछोप गर्न खोजिएला तर यो कोइराला र उनका चाटुकारको स्वार्थमा लिइएको नीति थियो । माओवादी तुष्टीकरणले मुलुकलाई निकै जटिल अवस्थामा पुर् याएको छ । अहिलेका धेरै समस्या माओवादीलाई कानुन मिच्न दिइएका अनुचित छुटका परिणाम हुन् । कोइरालालाई एमाले तहलगाउने सजिलो उपाय माओवादी उक्साउनु लाग्यो । अनि माओवादीलाई उचाल्न थालियो । फलस्वरुप निर्वाचनमा मध्यमार्गी र लोकतन्त्रका पक्षधर शक्ति तथा व्यक्ति अधिकांश पराजित भए । त्यसको परिणाम के भयो यहाँ लेखिरहनु पर्दैन ।
त्यसपछि कोइरालाले पार्टी राजनीतिबाट पन्छिएर पहरेदार बनेका भए पनि आजको अवस्था आउने थिएन । तर उनलाई त राष्ट्रपति हुने मोह जाग्यो । त्यसैको मोलतोल गर्दागर्दै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा गराएको इतिहास र इज्जत मेटिएको पनि कोइरालाले चेत पाएनन् । माओवादीले मात्र हैन नियतिले पनि उनलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन दिएन । उनैका नाममा रामवरण यादव राष्ट्रपति भए । यति भएपछि उनले विश्राम लिएको भए पनि उनको साख केही जोगिन्थ्यो । इतिहासले दिएको सबै जस खोस्ने निर्णय नियतिले गरेको थियो सायद । उनले सक्रिय राजनीति छाडेनन् । उनमा बार्धक्यसँगै धृतराष्ट्र प्रवृत्ति थपिँदै गयो । पोखरा महाधिवेशनमा सुजाताको उम्मेदवारी खारेज गराउने कोइराला अन्ततः अहिलेको जटिल घडीमा उनलाई कांग्रेसको नेतृत्वमा स्थापित गराउन लोकलाज त्यागेर लागे ।
सरकारमा कांग्रेस सुजाताको नेतृत्वमा जाने र उनलाई परराष्ट्र मन्त्री बनाउने काम भयो भने सम्भवतः नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाकै पनि इतिहासमा सबैभन्दा गलत र दुर्नाम कमाउने निर्णय साबित हुनेछ । सुजातालाई नेतृत्व दिने र त्यसमा पनि परराष्ट्र मन्त्री बनाउने निर्णय अव्यवहारिक असैद्धान्तिक अनुपयोगी छ ।
सुजाता पछिल्ला दिनमा माओवादीकै सरकारमा जाने तरखरमा थिइन् । अर्थात् नयाँ समीकरणका पक्षमा थिइनन् । गठबन्धनको प्रमुख घटककै नेतृत्व समीकरण विरोधीले गर्दा सुरुदेखि नै विश्वासको संकट उत्पन्न हुन्छ । सरकारले राम्ररी काम गर्न सक्तैन । सुजातालाई सरकारमा नेतृत्वदायी भूमिकामा पठाउनु गठबन्धनको आयु छोट्याउनु हो । यसैले यो व्यावहारिक छैन ।
सुजाता जर्मन नागरिककी पत्नी हुन् । उनका पति र सन्तान विदेशी हुन् । यसैले कतै न कतै विदेश नीति र कामकाजमा उनको स्वार्थ मिसिन सक्छ । त्यस्तो स्वार्थ राष्ट्र हितविपरीत पनि हुनसक्छ । यसैले उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिनु प्रशासनिक दृष्टिबाट खतरनाक मात्र हैन नैतिक दृष्टिबाट अनुचित पनि हुन्छ ।
नेपाली कांग्रेसको मूलधार उदार मध्यमार्गी हो । सुजाता सधैँजसो अतिवादी देखिएकी छिन् । यसैले उनले कांग्रेसको सैद्धान्तिक प्रतिनिधित्व पनि गर्न सक्तिनन् । कोइराला वंशी हुँदैमा पुग्थ्यो भने त प्रकाश कोइराला नै सबैभन्दा ठूला नेता हुने थिए नि।
यस आत्मघाती निर्णयका लागि गिरिजाबाबु र सुजाता त मूल दोषी हुँदैहुन् सुशील कोइराला र रामचन्द्र पौडेल पनि कम दोषी छैनन् । केन्द्रीय समिति वा संसदीय समितिबाटै निर्णय गरेको भए गिरिजाबाबुले निर्णय गर्नै पाउने थिएनन् । केन्द्रीय समितिलाई पन्छाएर सभापतिबाट आफूले खोजेजस्तो निर्णय गराउन उनीहरुले चलेको चाल 'बुमर् याङ’ भएपछि पानीमाथि ओभानो हुन खोज्नुको अर्थ छैन । रहे शेरबहादुर देउवा । देउवा आफ्ना गुरु गिरिजा कोइरालाका पक्का चेला हुन् । लोकतन्त्र उनका लागि आएको हो । कांग्रेस सकिए पनि आफूलाई नाफा भए हुन्छ भनेर नै उनले पार्टी फुटाएका थिए भन्ने धेरैले बिर्से होलान् तर सबैले बिर्सेका छैनन् ।
कांग्रेसका समितिहरु निकम्माहरुको क्लब साबित भए । निर्णय गर्न पाउनुपर्छ भन्छन् तर निर्णय गर्न सत्तैुनन् । सबै लोभी र पापी भएपछि यस्तै हुन्छ । यस्तो क्लबको सदस्य भइरहन नरहरि आचार्य, गगन थापालगायतलाई लाज लाग्नुपर्ने हो ।
कांग्रेस र नयाँ सरकार बचाउने हो भने कोइरालालाई उनको गलत निर्णय फिर्ता गर्न प्रधानमन्त्री माधवकुमार नेपाललगायतले सल्लाह दिनुपर्छ । कांग्रेसका अरु नेताले दबाव दिनुपर्छ । र, उनले पनि सच्याउनुपर्छ । सबैभन्दा राम्रो त यति भएपछि सुजाताले नै हठ छाड्नुपर्छ । नत्र सरकार चल्ने छैन, अराजकता अन्त्य हुने छैन । सबैभन्दा बढी अस्थिरता र अराजकता झन् बढ्नेछ । र, इतिहास नेपाली कांग्रेसको आत्मघातको साक्षी बस्नेछ ।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस