खेलग्राममा लगभग ४५ राष्ट्रका प्रतिनिधि बसेका थिए। खेलग्रामभित्रै मनोरञ्जनका लागि चलचित्र भवन र डिस्कोथेक पनि व्यवस्था गरिएको थियो।

भुइँ चुम्न लागिरहेको विमानको झ्यालबाट मैले हेरेँ - बिजुलीको प्रकाशबीच दोहा सहर रातमा पनि दुलहीजस्तै सिंगारिएको थियो। २०६३ मध्यमंसिरतिर म गल्फ एयरको उडानबाट १५ औं एसियाली खेलकुद प्रतियोगिताको समाचार संकलन गर्न कतार जाँदै थिएँ। पत्रकारहरू चेतन पाण्डे, नारायण उपाध्याय, विष्णुहरि घिमिरे र राष्ट्रिय खेलकुद परिषद्का कानुनी सल्लाहकार ओम थपलिया पनि एउटै उडानमा थिए।
ओमानको राजधानी मस्कटमा भएको चारघन्टे ट्रान्जिट क्रममा दोहाबाट फर्कंदै गरेका एक नेपाली कामदारले भनेको सम्झँे, 'एसियाली खेलकुद आयोजना स्थल दोहा अहिले दुलहीझै सिंगारिएको छ।'
मस्कट विमानस्थल ओर्लने बेला विमानको झ्यालबाट हेर्दा देखियो - मरुभूमिमा उभिएको सहर। बलजफ्ती ठड्याइएको जस्तो। एकदमै उराठलाग्दो। लगत्तै ती नेपाली भाइको कुरा मलाई अनौठै लागेको थियो। अहिले हेर्दा लाग्यो, उनी सतप्रतिशत ठिक थिए। विमानस्थल त झनै भव्य थियो। हामी त्यहाँको आधुनिकता र भव्यताबाट प्रभावित भएका थियौं।
एसियाली खेलकुदमा सहभागिताका लागि बेग्लै टर्मिनल व्यवस्था भएको नेपालमै थाहा पाइसकेको थिएँ। झोलामा १५ औं एसियाली खेलकुदको लोगो टाँस्नुपर्ने निर्देशनअनुसार टाँसेको थिएँ। केहीबेर मुख्य टर्मिनलभित्र गएपछि हामी त्यहाँबाट बस चढेर एसियाडसँग सम्बन्धितका लागि व्यवस्था गरिएको टर्मिनलतर्फ गयौं।
त्यहाँ एसियाडमा सहभागी राष्ट्रका खेलाडी, अधिकारी, पत्रकार आउने क्रम जारी थियो। निकै बेरपछि हाम्रो सामान आइपुग्यो। विशेष व्यवस्थाअनुसार एसियाडको लोगो टाँसेको सामान यही टर्मिनलमा ल्याइने व्यवस्था थियो।
हामी सामान लिएर बाहिर निस्कन तयार थियौं। ओम थपलियाको सामान भने आइपुगेको थिएन। हामीले उनका लागि निकैबेर कुर्यौं। सामान फेला नपरेपछि अर्को दिन आउने विमानस्थलका कर्मचारीको सुझावलाई मान्दै बाहिर निस्कियौं।
त्यहाँ खेलाडीलाई खेलग्राम लैजान आयोजकले प्रतिनिधि पठाएका थिए। हामी कसैको परिचयपत्र बनिसकेको थिएन। परिचयपत्रबारे नेपालमा ओलम्पिक कमिटीसँग सम्पर्क राख्दा त्यो दोहामै दिइने जवाफ पाएको थिएँ। थपलिया नेपाली टोलीको सदस्यकै रूपमा गएको हुँदा उनको व्यवस्था पनि खेलग्राममै थियो। म पनि अन्योलमा परँे। म नेपाल ओलम्पिक कमिटीको तर्फबाट जाँदै थिएँ।
मेरो बस्ने व्यवस्था खेलग्राममै हुने बताइएको थियो। तर राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभाग प्रमुख एवं खेल मनोविज्ञ रमेश खनालले पत्रकारलाई खेलग्राममा राख्ने चलन नभएको बताएका थिए। त्यसैले गर्दा पनि म अन्योलमा परेको थिएँ। हामीले खेलग्राममा रहेकी एक प्रतिनिधिसँग टेलिफोनमा सम्पर्क गर्दा उनले हाम्रो देश र कुन जिम्मेवारीसहित आएको भन्ने प्रश्न गरिन्। मलाई त्यो थाहा भएन। यी सबै झमेलामा पनि लगभग एक घन्टाजति हामी विमानस्थलबाहिर यताउता गर्न थालेका थियौं।
विमानस्थलबाहिर दोहामा नेपाली टोलीका कुनै पनि प्रतिनिधि नआएको हुनाले पनि केही समस्या परेजस्तो लाग्यो। विगतमा पनि आफ्नो परिचयपत्रमा पत्रकारको स्थानमा अधिकारी लेखिएको घटना पटक-पटक भएका थिए। तर, आयोजक समितिका सदस्यसँग सम्पर्क गर्दा हतारमा यस्तो भएको बताउँदै त्यसले खासै फरक नपर्ने जवाफ पाएँ। यसपटक पनि मलाई उपलब्ध गराइएको भिसामा मेरो नामको हिज्जेमा फरक परेको थियो। त्यसका कारण अध्यागमनमा भने कुनै समस्या आएन।
अन्ततः एसियाड सहभागीलाई लिन आएको बसमा हामी खेलग्राम जाने निधो गर्यौं। त्यहाँ कडा जाँचपछि ठूलो हलमा पुग्यौं। त्यहाँका कर्मचारीले हाम्रो नाम सोधेर परिचयपत्र बनाउन थाले। त्यही क्रममा थाहा भयो ओम थपलिया र मेरा लागि खेलग्राममै व्यवस्था गरिएको थियो भने बाँकी साथीले पत्रकारले आफ्नो व्यवस्था आफै गर्नुपर्ने भयो।
रातको लगभग दस बजिसकेको थियो। मलाई मिडिया अटेचीका रूपमा लगिएको बताइएको थियो। मैले त्यसबारे जिज्ञासा राख्दा यो सञ्चार सम्बन्धित नै भएको बताइएको थियो। तर पनि मैले पत्रकारलाई खेल ग्राममा बस्न दिँदैन भन्ने खनालको भनाइ बिर्सन सकेको थिइनँ।
अर्को दिनभरि म खेलग्रामको व्यवस्था हेर्दै छक्क परेको थिएँ। सन् १९८२ मा नयाँ दिल्लीमा भएको नवौं एसियाली खेलकुद प्रतियोगितामा सहभागीले खेलग्राममा गरिने व्यवस्थाका बारेमा भनेको सुनेको थिएँ। तर यहाँको व्यवस्था त सुनेभन्दा निकै भव्य थियो। चार हजारले एकैपटक खान सक्ने डाइनिङ हल थियो। जसमा विश्वका हरेक कुनाका परिकार खान पाइन्थ्यो। खेलग्राम आफैमा एसियाको सानो रूपजस्तै थियो। जहाँ लगभग ४५ राष्ट्रका प्रतिनिधि बसेका थिए। खेलग्रामभित्रै मनोरञ्जनका लागि चलचित्र भवन र डिस्कोथेक पनि व्यवस्था गरिएको थियो।
बेलुका नेपाली टोलीका लागि बनाइएको कार्यालय कोठामा म अरू साथीसँगै थिएँ। त्यतिकैमा कसैले तपाईंको टेलिफोन भनेर मलाई दियो। उताबाट एउटी महिला स्वरमा प्रश्न गरियो - तिमी पत्रकार हौ? मैले हो भन्ने जवाफ दिनासाथ उताबाट आएको कुराले मेरो अनुहार तातेर आयो। अपमान र क्रोधले मेरो सोच्ने शक्तिलाई ढाक्न थाल्यो। मैले आफूलाई पत्रकार भन्नासाथ उताबाट ती महिलाले भनिन्, 'त्यसो भए तिमी तुरुन्त बाहिर निस्किहाल। हैन भने सुरक्षाकर्मी लगाएर हामी बाहिर निकाल्छौं। मैले केही कुरा बुझ्न सकेको थिइनँ। कहाँ त अघिल्लो दिन खेलग्रामभित्र छिर्दा भन्ने शब्दसाथ उपस्थिति महिलाले नम्रतापूर्वक 'स्वागत छ' भनेका थिए। अहिले भने खै के भएछ!
मैले टेलिफोन नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठलाई दिए। उनले केही क्षण कुरा गरेपछि टेनिफोन राखिदिएँ। के भएको हो भनेर सोधेँ। उनले सबै कुरा बताएपछि मैले खनालले खेलग्राममा पत्रकारलाई बस्न दिँदैन भनेको फेरि सम्झेँ।
भएको के रहेछ भने एक कुबेती पत्रकार कसरी हो खेलग्रामभित्र छिरेका रहेछन्। त्यो थाहा पाएपछि आयोजकले कुबेती टोली बसेको ठाउँमा सम्पर्क गर्दा झुक्किएर नेपाली टोलीकहाँ पुगेछ।
टेलिफोन गर्ने महिलाको नाम अपर्णा थियो। भारतीय मूलकी क्यानाडाकी नागरिक अपर्णासँग त्यहाँको व्यवस्थापन हेर्ने जिम्मा थियो। म झनै रनभुल्लमा परेँ। किनभने नेपाल ओलम्पिक कमिटीले मलाई समाचार संकलनका लागि भनेर पत्रकारकै रूपमा निम्त्याएको थियो। प्रतियोगिता समापन समारोहको एक दिनअघि अपर्णासँग मेरो भेट नेपाली टोलीको कार्यकक्षमा भयो। निकै मिजासिली एवं हसिली ती युवतीलाई परिचयपछि मैले त्यस बेलुका उनले खेलग्रामबाट निकाल्न खोजेको व्यक्ति मै भएको बताउँदै भनेँ - साच्चै भनूँ म पत्रकार नै हुँ। उनले मेरो परिचयपत्र हेरेर भनिन्, 'तिमीसँग यहाँ बस्न पाउने परिचयपत्र छ। मैले यसलाई मान्नुपर्छ।'
पत्रकारलाई खेलग्राममा बस्ने अनुमति किन हुँदैन भन्ने मेरो प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'तिमी आफै भन न। खै तिमी पत्रकारहरू के-के लेख्छौ के के अनि!'