'तिम्रो देशमा सरकार छैन?'
२२ फागुन २०६६
•
९ मिनेट पाठ
'तिम्रो देशमा सरकार छैन?'
'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्रकार' भन्नासाथ फेरी सोध्यो-कति कमाउछौ नी? दोस्रो प्रश्न सुनेर मैले उसलाई गहिरिएर हेरे। सेतै फुलेका दारी। उमेर ६० काटे जस्तै देखिन्थ्यो।




'किन र?' मैले उसको प्रश्नको जवाफ प्रश्नैबाट गरे। आफ्नो पारिश्रमिक पनि बताएँ। 'अनि तिम्रो देशमा सरकार छैन?' यो भने उसको प्रश्नभन्दा जिज्ञासा थियो। 'किन?' मेरो प्रश्न वेवास्ता गर्दै भन्यो-'तिमीलाई थाहा छैन यहाँ नेपालबाट आएकाहरूले कति कमाउछन्?'  मैले कुरो वुझे। सन् २००६ मा कतारको राजधानी दोहामा भएको १५ औँ एसियाली खेलकुद प्रतियोगिताको समाचार संकलन गर्न जानेक्रममा ट्रान्जिट परेको ओमानको राजधानी मस्कट विमानस्थलमा कामको खोजीमा विदेशिन लागेका नेपालीको हुल देखेको थिए।

पहिलो पटक कामका लागि खाडी जान लागेकाको आँखामा सपना देखिन्थ्यो। तर कोही दोस्रो अथवा तेस्रो पटक जान लागेका पनि थिए जो बढी मात्रामा निराश थिए। 'वाध्यता हो सर। नत्र को जान्छ मुलुक छाडेर?' धेरै पटक समाचारमा पढेको यो भनाई पहिलोपटक सुनेको थिए। गाउँमा वुढा आमा बाबा छाडेकाहरूको माझमा कोही कोही त भरखरै भित्र्याएकी श्रीमतीलाई छाडेर जान लागेका पनि थिए।

मस्कट विमानस्थलमा चार घण्टाको ट्रान्जिट क्रममा थुप्रै नेपाली दाजुभाईका पिडालाई अनुभव गरेको थिएँ। यो क्रम कतार पुगेपछि पनि कायमै थियो।
'लौन जसरी भएनि घर जान पाए पुग्थ्यो।'

एसियाली खेलकुदमा सहभागी खेलाडी र खेल अधिकारीका लागि बनाईएको खेल ग्राममा काम गर्न आएकामध्ये धेरै नेपालीको पिडा त्यहाँ पुगेको अर्को दिन सुनेको थिएँ। 'महिनाको मुश्किलले ७ हजार नेपाली रुपैयाँ जति हुन्छ।' त्यो पनि विरामी भएर काम नगरेको दिन काटिन्छ।' त्यति पैसाले आफूले खाने कि घरमा पठाउने कि आउदा लागेको ऋण तिर्ने, के गर्ने?' अर्घाखाँची घर बताउने एक भाईले दुखेसो पोखेका थिए। दिनभर ५० डिग्री सेल्सियस तापक्रममा काम गरेपछि एउटा मध्यम खालको कोठामा १५ जनासम्म कोचिएर वस्नु परेको वाध्यता उनीहरूले सुनाएका थिए।

कहाँसम्म भने वल्ल वल्ल त्यहाँबाट उम्केर घर फर्केकामध्ये पनि धेरै फेरी आएका थिए। कारण देशमा जारी द्धन्द्ध। 'के गर्ने गाँउमा वस्ने स्थिती पनि छैन।' पूर्वी नेपालका एक जनाले भनेका थिए। उनी कतारमा वस्न नसक्ने स्थिती आएपछि जसो तसो फर्केका थिए। तर फेरी ऋण काढेर आउनु पर्‍यो।

'पहिलो पटक आउदाको ऋण त्यसै छ अब त्यसमाथि नयाँ पनि थपियो।' उनले रोक्न नसकेको आँशुलाई मैले पनि अनुभव गरेको थिएँ। काम गर्न विदेसिनेको कथा त्यसै पनि मार्मिक हुन्छ। पहिलो पल्ट धेरै अघि हिन्दी चलचित्र 'नाम'मा कामका लागि विदेसिनेहरूको पिडादायक कथा पर्दामा हेरेको थिए। अझ त्यही चलचित्रमा गजल गायक पंकज उदासले गाएको 'चिठ्ठी आई है' वोलको गित अहिले सम्झदा मनै अमिलो हुन्छ।
'आफ्ना नागरिकको स्थिती बारे तिम्रो सरकारले वुझ्नु पर्ने होइन र?' पेशाले सिकर्मी उसले त्यहाँ काम थाल्दै भनेको थियो। नेपालीले भोग्नु परेको दुखको एउटा कारण त उसलाई अहिले देखेपछि थाहा भयो। त्यहाँ पनि सुनेको थिएँ तालिम प्राप्त नभएकाले नेपालीले प्राय सडक खन्नेदेखि घर बनाउनमा मजदुरको काम गर्नु पर्ने वाध्यता थियो। त्यस्ता काम निकै खतरनाक पनि हुने सुनेको थिएँ। दिनको प्रचण्ड घाममा काम गरेर आएपछि वेलुका मदिरा सेवन गरेर एउटा सामान्य आकारको कोठामा कोचिएर वसेकै कारण केही नेपालीले ज्यान गुमाउन परेको पनि नसुनिएको होइन।

'एउटै काम गर्ने हामीभन्दा नेपालीको तलब किन कम हुन्छ त? उसको सामान्य प्रश्नको जवाफ मसँग पनि थिएन। ऊ पाकिस्तानबाट आएको रहेछ। सडक र घर बनाउने सिकर्मी उसलाई नेपालीको पिडा सहि नसक्नु भएपछि मलाई भन्न आएको रे। 'के गर्ने आफूसँगै काम गर्ने नेपालीको पिडा देख्दा मन पग्लिएर आउँछ।' उसले मसँग कुरा खोतल्नुको कारण बतायो। 'तिमीले खेलका बारेमा लेख्छौ होला। नेपालीले पाएको दुखका बारेमा लेख्दैनौ होला त्यसैले सरकारले थाहा पाएन।'

एउटा विदेशी हाम्रा दाजुभाईको पिडा बारे खप्नै नसकेर मसँग गुनासो गर्दै थियो। मलाई संकोच लागेर आयो। मेरो देश भित्र यो पिडाका बारेमा नलेखिएको पनि त होइन।
दिनहु जस्तो विदेशमा अलपत्र परेका नेपालीको समाचार पत्रपत्रिकामा छापिएकै छन्। यसवारे सरकारी गैर सरकारी निकायले सावधान गराएको समाचार पनि पढेको थिए। वाध्यताका अगाडी सूचना र सावधानी समेत नतमस्तक हुँदो रहेछ। त्यही वाध्यताले परदेशमा पाइने पिडाबारे जानकारी हुँदाहुँदै पनि आएका धेरै नेपाली भेटेको थिएँ।
त्यसो त त्यहाँ दुख पाएर वसेका मात्र छैनन्। इन्जिनियर, व्यापारी, चिकित्सकलाई पनि भेटेको थिए। तर त्यो नगण्य संख्याले वाकी नेपालीको पिडालाई ढाक्न सक्दैनथ्यो। 'तपाईहरू आउन चाहनु हुन्छ आउनु होस, तर केही सिकेर, तालिम लिएर आउनु होस।' पश्चिम नेपाल घर भएर त्यही वस्दै आएका इन्जिनियर महेश जोशीले भनेको सम्झन्छु।
'हामीलाई पनि दुख लाग्छ। तर के गर्ने। तै पनि सक्दो सहयोग हामीले गर्दै आएका छौँ।' उनले भनेका थिए। उनको विचारमा नेपालीको दुखको एउटा कारण दक्ष नभई आउनु पनि हो।

अर्को कारण भने सरकारकै निर्णय थियो। नेपाल सरकारले विदेशमा काम गर्ने नेपालीको न्यूनतम पारिश्रमिक सय अमेरिकी डलर भनेको रहेछ। केही वर्ष अघि भएको त्यो निर्णयका बारेमा पुनः छलफल पनि नभएको र त्यतिबेला डलरको भाउ घटेर छ हजार नेपाली रुपैयाभन्दा केहीमाथि भएको थियो। 'एउटा कारण यो पनि हुन सक्छ', तिनै इन्जिनियरले बताएका थिए। तर हाम्रो सरकारले पनि त्यस वारे वेला वेला अनुगमन गर्नु पर्ने होइन र?
अर्को समाचार
अञ्जलिका दुई गजल
२७ फागुन २०७७
•
१ मिनेट पाठ
अञ्जलिका दुई गजल

            १)

सरकार चलाउन पनि गजब – गजबका आउँछन्,




र त देशमा सधैंभरि अनेकौं समस्या आउँछन्।

हिजो छोरालाई बन्दुक बोक्न सिकाएथ्यौ,

आज बाको हत्या गर्न बन्दुक महंगा आउँछन्।

सरकार घमण्ड र अहंकार बोकेर कहीँ पुग्दैनौं,

एक दिन तिम्रो अहंकार जलाउन जनता आउँछन् ।

समयले पनि कस्तोकस्तो पाठ सिकाएर गयो,

डिस्कोबाट अचेल छोरीहरू पनि अबेला आउँछन्।

आफ्ना भन्नेहरूलेअवसर छोपेर बदला लिन्छन्,

बरु दुस्मनहरू आफ्नो बनेर आँखामा आउँछन्।

        २)            

शालिकले पनि पुरानो जिन्दगी देखायो,

दुस्मनले छुटेको हिसाब कसरी देखायो।

देशले नयाँ नक्सा फेरेको दिनदेखि नै,

छिमेकीले बडो अनौठो दुश्मनी देखायो।

कहाँ – कहाँबाट आएछन् यी उज्यालाहरू,

निभेको दियोले पनि यहाँ रोशनी देखायो।

जसले सीमामा देशको लागि बोल्दै थियो,

कानूनले उसैलाई किन हतकडी देखायो।

थाहा छैन कसरी छुटे मेरा यी  आदतहरू

लाग्छ उस्ले मेरो मुटुको ढुकढुकी देखायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस