प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताएका छन्।
‘बाटो आयो, बिजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’
वन भोज खान गएका तीन जना नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। सुर्खेतमा दुई र जाजरकोटमा एक जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पाँच दलीय गठबन्धनको साझा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले जीवनको अन्तिम घडीमा कोइरालाले एक्लै बोलाएर आफूलाई देशको नेतृत्व लिन आग्रह गरेको बताए। उनले यो कुरा कांग्रेसले बुझ्न आवश्यक रहेको बताए।
उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सन्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन...