विकास दिनेलाई भोट
२५ कार्तिक २०७९
•
३ मिनेट पाठ
विकास दिनेलाई भोट
गुर्भाकोट नगरपालिका–९ पोखरेका तोरे घर्ती १०० वर्षका भए। आफ्नो जीवनकालमा उनले गरेको संघर्ष र भोगाइको फेहरिस्त लामै छ। भेरी किनारको यो बस्तीमा खानेपानीको सुविधा थिएन। भेरीको धमिलो पानी खानुपर्ने बाध्यता थियो। विद्युत्, सडक, स्वास्थ्य, विद्यालय त झन् टाढाको कुरा भए।  




अहिले उनको बस्तीबाटै जाजरकोट हुँदै डोल्पा जाने सडक छ। विद्युत्ले दियालो र टुकी विस्थापित गरेको छ। खानेपानीका लागि भेरी किनार पुग्नुपर्दैन। घरघरमा धारा जोडिएका छन्। ‘यस्तो विकास होला भन्ने सोचेकै थिइन,’ नागरिकसँग उनले भने, ‘जनताले राम्रो नेता छानेर पठाए विकास पनि छिटोछिटो हुँदो रहेछ।’ उनको खेत भेरी किनारमै छ। हरेक वर्ष बाढीले खेत कटान गरिरहेको छ। भोट माग्न आउने उम्मेदवारलाई उनी तटबन्धन गरिदिए माग गर्छन्।  

‘बाटो आयो, बिजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’

धारापानीलाई पूर्वी सुर्खेतको सबैभन्दा दुर्गम क्षेत्र मानिन्थ्यो। यातायात, विद्युत, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुराहरूबाट पनि धारापानी टाढा थियो। बोटेचौर बजारबाट भालुखोला हुँदै अहिले धारापानीसम्म नियमित यातायातका साधन चल्छन्। विद्युत्ले धारापानी झिलीमिली भएको छ।

दशकअघि बोटेचौर बजार नजिकैको भालुखोलामा बसाइ सरेको मिना गैरेको परिवार मुलथलो फर्किएको छ। ‘पहिले यहाँ सुविधा केही थिएन, बिरामी हुँदा उपचारै नपाएर मरिन्छ कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँमै सबै सुविधा पुगेपछि पुख्र्यौली थलो फर्किएका हौं।’ उनले पछिल्ला तीन दशकमा पूर्वीसुर्खेतले विकासमा उल्लेख्य फड्को मारेको बताइन्। ‘बाँदर लोट्ने भीरमा गाडी गुड्लान् भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘हेर्दाहेर्दै गाउँमा आधारभूत सेवाहरू पुगेका छन्।’

संघीयता अघिसम्म सुर्खेतमा तीनवटा निर्वाचन क्षेत्र थिए। अहिले सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्। दुईवटा निर्वाचन क्षेत्र भएपछि चिंगाड गाउँपालिकासँगै वीरेन्द्रनगर नगरपालिकाको १५ र १६ वडा पनि क्षेत्र नं. १ मा गाभिएका छन्। पछिल्लो पटक गाभिएका यि क्षेत्रहरू तुलनात्मक रूपमा दुर्गम छन्। विद्युत पुगेको छैन्। अधिकांस ठाउँमा सडकको सुविधा छैन। ‘भेरी किनारमा भएका विकास अब यी क्षेत्रमा पनि हुने आशमा हामी छौं,’ साविकको पाम्का गाविसका स्थानीय तुलबहादुर रानाले भने, ‘विकास गर्ने नेतालाई भोट दिएर विकास माग्ने योजनामा हामी छौं।’

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनबाट कांग्रेस उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन्। शाही निर्वतमान सांसद हुन्। पाँच वर्षअघिको निर्वाचनमा बाम गठन्बन्धनका साझा उम्मेदवार शाहीले तीन हजार तीन सय मतले खड्कालाई पराजित गरेका थिए। ‘हामीलाई विकास ल्याउने नेता चाहिएको छ,’ गुर्भाकोटका भक्तबहादुर घर्तीले भने, ‘त्यसैले यसपटक पार्टी होइन्, उम्मेदवार हेरेर भोट हाल्ने हो।’ गाविस अध्यक्ष हुँदा प्रभावकारी काम गरेर चर्चामा आएका शाहीले संसद् हुँदा आफ्नो क्षेत्रमा विकास–निर्माणका कामहरू गर्न नसकेको आरोप स्थानीयको छ।

‘अघिल्लो वर्ष बाम गठबन्धनबाट उम्मेदवार हुनु भएका शाहीलाई भोट दियौं, उहाँले जित्नु पनि भयो, जितेर गएपछि हामीले अपेक्षा गरेअनुसार प्रभावकारी काम गर्न सक्नुभएन, ’भक्तबहादुरले भने, ‘त्यसैले यो पटक मत परिवर्तन गर्ने निर्णय गरेको छु।’ यहाँका मतदाताहरूका उम्मेदवारसँग धेरै ठूला अपेक्षा छैनन्। ‘नेताहरू आएर घरको चुल्हो बालिदिने होइनन्, खेत जोतिदिने पनि होइनन्,’ भेरीगंगाकी रामकली खत्रीले भनिन्, ‘बाह्रै महिना चल्ने सडक, झिलिमिली हुने बिजुली, घरको आँगनमा धारा, गाउँमै प्रभावकारी स्वास्थ्य र शिक्षा भइदिए पुग्छ।’
अर्को समाचार
विकास दिनेलाई भोट
०१ मंसिर २०७९
•
३ मिनेट पाठ
विकास दिनेलाई भोट
तस्बिर: गुर्भाकोट नगरपालिका–९ पोखरेका १०० वर्षका तोरे घर्ती।
गुर्भाकोट नगरपालिका–९ पोखरेका तोरे घर्ती १०० वर्षका भए। आफ्नो जीवनकालमा उनले गरेको संघर्ष र भोगाईको फेहरिस्त लामै छ। भेरी किनारको यो बस्तीमा खानेपानीको सुविधा थिएन। भेरीको धमिलो पानी खानुपर्ने बाध्यता थियो। विद्युत, सडक, स्वास्थ्य, विद्यालय त झन् टाढाको कुरा भए।  




अहिले उनको बस्तीबाटै जाजरकोट हुँदै डोल्पा जाने सडक छ। विद्युतले दियालो र टुकी विस्थापित गरेको छ। खानेपानीका लागि भेरी किनार पुग्नु पर्दैन। घरघरमा धारा जोडिएका छन्। ‘यस्तो विकास होला भन्ने सोचेकै थिएन्,’ नागरिकसँग उनले भने, ‘जनताले राम्रो नेता छानेर पठाए विकास पनि छिटोछिटो हुँदो रहेछ।’ उनको खेत भेरी किनारमै छ। हरेक वर्ष बाढीले खेत कटान गरिरहेको छ। भोट माग्न आउने उम्मेदवारलाई उनी तटबन्धन गरिदिए माग गर्छन्।  

‘बाटो आयो, विजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’

धारापानीलाई पूर्वी सुर्खेतको सबैभन्दा दुर्गम क्षेत्र मानिन्थ्यो। यातायात, विद्युत, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुराहरुबाट पनि धारापानी टाढा थियो। बोटेचौर बजारबाट भालुखोला हुँदै अहिले धारापानीसम्म नियमित यातायातका साधन चल्छन्। विद्युतले धारापानी झिलीमिली भएको छ।

दशकअघि बोटेचौर बजार नजिकैको भालुखोलामा बसाइ सरेको मिना गैरेको परिवार मुलथलो फर्किएको छ। ‘पहिले यहाँ सुविधा केही थिएन, बिरामी हुँदा उपचारै नपाएर मरिन्छ कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँमै सबै सुविधा पुगेपछि पुख्र्यौली थलो फर्किएका हौं।’ उनले पछिल्ला तीन दशकमा पूर्वी सुर्खेतले विकासमा उल्लेख्य फड्को मारेको बताइन्। ‘बाँदर लोट्ने भीरमा गाडी गुड्लान् भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘हेर्दाहेर्दै गाउँमा आधारभूत सेवाहरु पुगेका छन्।’

संघीयता अघिसम्म सुर्खेतमा तीन वटा निर्वाचन क्षेत्र थिए। अहिले सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन्। दुई वटा निर्वाचन क्षेत्र भएपछि चिंगाड गाउँपालिकासँगै वीरेन्द्रनगर नगरपालिकाको १५ र १६ वडा पनि क्षेत्र नं. १ मा गाभिएका छन्। पछिल्लो पटक गाभिएका यी क्षेत्रहरु तुलनात्मक रुपमा दुर्गम छन्। विद्युत पुगेको छैन। अधिकांश ठाउँमा सडकको सुविधा छैन। ‘भेरी किनारमा भएका विकास अव यी क्षेत्रमा पनि हुने आशमा हामी छौं,’ साविकको पाम्का गाविसका स्थानीय तुलबहादुर रानाले भने, ‘विकास गर्ने नेतालाई भोट दिएर विकास माग्ने योजनामा हामी छौं।’

सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनबाट कांग्रेस उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन्। शाही निर्वतमान सांसद हुन्। पाँच वर्षअघिको निर्वाचनमा बाम गठन्बन्धनका साझा उम्मेदवार शाहीले तीन हजार तीन सय मतले खड्कालाई पराजित गरेका थिए। ‘हामीलाई विकास ल्याउने नेता चाहिएको छ,’ गुर्भाकोटका भक्तबहादुर घर्तीले भने, ‘त्यसैले यसपटक पार्टी होइन, उम्मेदवार हेरेर भोट हाल्ने हो।’ गाविस अध्यक्ष हुँदा प्रभावकारी काम गरेर चर्चामा आएका शाहीले सांसद हुँदा आफ्नो क्षेत्रमा विकास–निर्माणका कामहरु गर्न नसकेको आरोप स्थानीयको छ।

‘अघिल्लो वर्ष बाम गठबन्धनबाट उम्मेदवार हुनु भएका शाहीलाई भोट दियौं, उहाँले जित्नु पनि भयो, जितेर गएपछि हामीले अपेक्षा गरे अनुसार प्रभावकारी काम गर्न सक्नु भएन्,’ भक्तबहादुरले भने, ‘त्यसैले यो पटक मत परिवर्तन गर्ने निर्णय गरेको छु।’ यहाँका मतदाताहरुका उम्मेदवारसँग धेरै ठूला अपेक्षा छैनन्। ‘नेताहरु आएर घरको चुल्हो बालिदिने होइनन्, खेत जोतिदिने पनि होइनन्,’ भेरीगंगाकी रामकली खत्रीले भनिन्, ‘बाह्रै महिना चल्ने सडक, झिलिमिली हुने विजुली, घरको आँगनमा धारा, गाउँमै प्रभावकारी स्वास्थ्य र शिक्षा भइदिए पुग्छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस