नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएको बताएका छन्।
उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरूलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सन्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
सुर्खेत क्षेत्र नं.१ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्वोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निक्यौल गर्ने बताए। उनले ७० वर्षको नेपाली जनताको संघर्षपछि जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए। उनले संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि लोकतान्त्रिक-बाम गठबन्धनको जीत आवश्यक रहेको बताए।
ञसंविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रूततर विकासका लागि लोकतान्त्रिक-बाम गठबन्धन बनेको हो,झ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले भने।
उपसभापति खड्काले मंसिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताउँदै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न र मुलुकको आर्थिक रूपान्तरणसँग पनि जोडिएको छ। छिन्चु, घारीवन,बाल्चे,सल्यान जोड्ने सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने घोषणा गरे।