गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहन्छ: प्रधानमन्त्री देउवा
२९ कार्तिक २०७९
•
४ मिनेट पाठ
गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहन्छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताएका छन्। उनले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तिव्र आर्थिक विकासमा केन्द्रीत हुने पनि बताए।




सभापति देउवाले संसदमा सरकारको विरोध हुने वित्तिकै दुई–दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको बताउँदै गठबन्धन संविधानको मर्म र भावना विपरित नजाने प्रतिवद्धता जनाए। ‘संसदलाई सरकारको विरोध गर्ने, आलोचना गर्ने, संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हक छ,’ सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईँहरुलाई के बचन दिन्छौं भने संविधान कुल्चिने, अपव्याख्या गर्ने, संविधानविपरित संसद भंग नगर्ने र संसदको कार्यकाल पूरा गर्ने बचन दिन्छौं।’

गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने पनि बताए। ‘यो गठबन्धन सत्ता प्राप्तिका लागि होइन्, शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न, संविधानको रक्षा गर्न र तिब्र आर्थिक विकासका लागि निर्माण भएको हो,’ उनले भने, ‘त्यसैले शंका नगरेर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको संज्ञा दिए। उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरु समूह देखा परेको बताए। ‘एकातर्फ पाँच पाण्डवहरु एकढिक्का भएर अघाडि बढेका छौं, अर्कोतिर कौरवको समूह राजा फिर्ता गर्न, सामन्ती निरंकुशतातर्फ देशलाई फर्काउन, नेपाली जनताले पाएका अधिकार खोस्न कसरत गरिरहेका छन्,’ दाहालले भने, ‘त्यसैले मंसिर ४ को निर्वाचन पाण्डव र कौरवहरुकोबीचको महाभारत जस्तो हुँदैछ, त्यसैले परिवर्तन, संविधान, लोकतन्त्र र समावेशीताको पक्षमा मत जाहेर गर्नुपर्नेछ।’ उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए।  

दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए। ‘अहिलेको परिवर्तन सानो दुःखले आएको होइन्, १२ बुँदे वृस्तृत शान्ति संझौतापछि देश नयाँ युगमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसलाई उल्ट्याउने कुनै दुस्प्रयास हाम्रा लागि सैय छैन्।’ उनले हालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भूमिगत हुँदा पहिलो पटक देशलाई शान्ति प्रक्रियामा लिने विषयमा कुरा गरेको बताए। ‘१७ हजारको ज्यान गइसकेको थियो, एउटा पक्षले पूरै जित्न नसक्ने, देश असफल राष्ट्र हुने र विदेशी सेनाको उपस्थिति नेपालमा हुने संभावना देखिएपछि भूमिगत हुँदा पहिलो पटक अहिलेका प्रधानमन्त्रीसँग शान्ति संझौताका विषयमा कुरा भएको थियो,’ दाहालले भने, ‘त्यसैले अहिलेको गठबन्धन शान्ति संझौताको निरन्तरता पनि हो।’ दाहालले वामपन्थीको गोलभित्र अहंकारी केपी ओलीको उदयले बाम गठबन्धन टुटेको बताए। उनले अब ओलीसँग सहकार्य नहुने दोहोर्‍याए।  

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समृद्धि र विकासका लागि गठबन्धन दलका साझा उम्मेदवारलाई मत दिन आग्रह गरे। उनले ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीमा विकास बजेट न्यून आउने गरेको बताउँदै गठबन्धन दलका साझा उम्मेदवार विजयी भए संघीय बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने बताए।  

‘गठबन्धनको मूल सूत्रधार कर्णाली प्रदेश हो,’ उपसभापति खड्काले भने, ‘नयाँ बन्ने गठबन्धन सरकारले गठबन्धनको सूत्रधार कर्णालीलाई केन्द्रको बजेटमा पहिलो प्राथमिकतामा राख्छ।’

उपसभापति खड्काले कर्णाली प्राकृतिक स्रोत–साधनले सम्पन्न भएपनि भौतिक पूर्वाधारमा पछाडि परेकाले केन्द्रको बजेटमार्फत कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइने बताए। ‘विगतमा जनसंख्याका आधारमा छुट्टिने बजेटले कर्णालीलाई अन्याय गर्‍यो,’ उनले भने, ‘अव भूगोललाई आधार बनाएर गठबन्धन सरकारले बजेट छुट्याएर कर्णालीलाई पूर्वाधार सम्पन्न बनाइन्छ।’  

उपसभापति खड्काले शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नका लागि पनि गठबन्धनका साझा उम्मेदवारहरुको जित आवश्यक रहेको बताए।  ‘देशलाई सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याउन नेतृत्व गर्ने कांग्रेस र माओवादी एक ठाउँमा उभिएर भोट माग्न आएका छौं,’ उनले भने, ‘१२ बुँदे शान्ति संझौताको मर्म अनुसार द्वन्द्वको घाउमा मल्हमपट्टी लगाउन, सहिदका परिवारलाई सम्मान गर्न, आर्थिक प्याकेजमार्फत पीडितहरुलाई क्षतिपूर्ति दिएर देशलाई स्थायी शान्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित गठबन्धन बनेको हो।’  

खड्काले पाँच दलीय गठबन्धन २०७४ सालमा एमाले र माओवादी मिलेजस्तो नभएको बताउँदै सडक र संसदबाट संघर्ष गरेर बनेको बताए। ‘यो गठबन्धन पाँच दलको रहरले बनेको होइन्,’ उनले भने, ‘तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, संविधान ध्वस्त पार्ने षड्यन्त्र, व्यक्ति केन्द्रीत शासन र असंबैधानिक कदमकाविरुद्धमा संसद र सडकबाट संघर्ष गरेर बनेको गठबन्धन हो।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस