बर्सेनि १३ लाख मेट्रिक टन रासायनिक मल माग हुने मुलुकमा ६ लाख मेट्रिक टन पनि भ्याउन नसक्ने मन्त्रीको भनाइपछि विकल्पको बाटो खोज्नुपर्ने आवश्यकता बोध भएको छ।
धान बालीको वर्तमान समयमा रासायनिक मलको अभाव भइरहेको बेला सत्तारुढ नेकपा एमाले महासचिव शंकर पोखरेलले मलमा दिइने अनुदानको शैलीका विषयमा प्रश्न उठाएपछि अहिले त्यसको चौतर्फी चर्चा भइरहेको छ।
यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा मलको अभाव नरहेको पोस्ट गरेपछि उनीहरूले पनि सामाजिक सञ्जालमार्फत नै प्रधानमन्त्रीलाई जवाफ फर्काए।