सुलेखन अर्थात् सुन्दर अक्षर सिर्जना कला
२८ साउन २०८२
•
५ मिनेट पाठ
सुलेखन अर्थात् सुन्दर अक्षर सिर्जना कला
कतै लेखिएको छ - मानिसको असली सुन्दरता उसको अक्षरको सुन्दरताभित्र लुकेको हुन्छ। क्यालिग्राफी अर्थात् सुलेखन भनेको मानिसको आत्माबाट फुल्ने सुगन्धित फूल हो, जुन आदर्श अक्षर र आदर्श आत्माको अद्भूत संगमबाट निस्कन्छ।




विश्व क्यालिग्राफी दिवस अर्थात् सुलेखन दिवस बुधबार मनाइँदै छ। हरेक वर्ष अगस्ट महिनाको दोस्रो बुधबार यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। अक्षरलाई सौन्दर्यसहित प्रस्तुत गर्ने कलालाई क्यालिग्राफी भनिन्छ। डिजिटल युगसँगै सुन्दर अक्षरका कुरा ओझेलमा पर्दै गए पनि यसको महत्त्व र सान्दर्भिकता सधैं रहने छ।  

राम्रो लेखाइले आनन्द मिल्छ। ‘भन्न खोजेको कुरा सामान्य ढंगले लेख्नुलाई राइटिङ भनिन्छ,’ सुलेखन क्षेत्रमा काम गर्दै आएका क्यालीग्राफी नेपालका रतन कर्ण भन्छन्, ‘त्यही राइटिङलाई विभिन्न औजार प्रयोग गरेर सुन्दर ढंगले प्रस्तुति दिन सके त्यो सुलेखन बन्छ।’ सुलेखनमा डर लेख्दा डरको अनूभुति हुने र माया लेख्दा मायाको आनन्द मिल्ने उनले बताए।

‘क्यालिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैंमा एउटा कला हो,’ उनी भन्छन्, ‘विभिन्न कार्यशालामार्फत हामीले परम्परागत नेपाली लिपिहरूको बारेमा समुदायलाई सचेत गराउँदै आएका छौं।’

केही अघिसम्म स्कुलमा चिटिक्क परेका अक्षर लेख्ने अभ्यासको ठुलो महत्त्व थियो। शिक्षकले कापीमा केरमेट नगरी सफा र राम्रा अक्षर लेख्न सिकाउँथे। शिक्षकहरू पनि थरीथरीका कलम प्रयोग गरेर सुन्दर अक्षर लेख्ने सिप सिक्थे। तर पछिल्लो समय स्मार्टफोन, ल्यापटप र डिजिटल टाइपिङको बढ्दो प्रभावसँगै हस्तलेखनको अभ्यास घट्दै गइरहेको छ। ‘कलम समाएर नलेखेको पनि धैरै भयोे जस्तो लाग्न थालेको छ,’ जोरपाटीका रमेश पुडासैनी भन्छन्। उतिबेला राम्रा अक्षर बनाउन डिको दिएर घन्टौं समय लगाएको अनि नयाँ कापीमा आकर्षक ढंगले नाम लेखेको स्मरण उनले गरे। ‘हस्ताक्षर गर्न कलम चाहिन्थ्यो तर मोबाइल बैकिंकले त्यही कलम पनि खोसेर लगेको छ,’ उनले भने। कापीमा अथवा भित्तामा राम्रा अक्षर देखियो भने मनै खुसी हुने उनले सुनाए।

उनले भने जस्तै खुसी मिलोस् भनेर पछिल्लो समय राजधानी सहरका भित्ताभित्तामा आकर्षक लिपि कोरिन थालेका छन्। क्यालिग्राफी अर्थात् सुलेखन भन्नाले ब्रस, पेन वा आधुनिक डिजिटल उपकरण प्रयोग गरी सुन्दर अक्षरहरू सिर्जना गर्ने कला हो। यसमा केवल अक्षर मात्र होइन, विभिन्न चिह्न, प्रतीक र रूपरेखाहरू पनि समावेश हुन्छन्।

क्यालिग्राफीको उत्पत्ति

सुलेखनको इतिहास निकै पुरानो छ। मिस्रको सभ्यतादेखि इस्लामिक जगतमा अरबी सुलेखन छ। त्यस्तै जापानको ‘सोडो’देखि संसारका विविध संस्कृतिहरूमा अक्षर कलाले उच्च स्थान ओगटेको देखिन्छ। त्यतिबेलाका पाण्डुलिपि पनि यही सुलेखनको अध्याय रहेको जानकारहरू बताउँछन्। ‘पुराना धार्मिक ग्रन्थका सुन्दर अक्षरले भगवान्सँग जोडेको अनूभुति हुन्छ,’ सुलेखनको महत्त्व बुझाउँदै कर्ण भन्छन्, ‘अक्षर भनेको खबरको जानकारी दिने मात्र हैन, मनलाई आनन्द दिने माध्यम पनि हो।’

अक्षरको सौन्दर्यले केवल आँखालाई तृप्त पार्दैन, यसले मानिसको भावना र सोचमा पनि प्रभाव पार्छ।

विशेषगरी धार्मिक वा सांस्कृतिक प्रतीकका रूपमा लेखिएका सुन्दर अक्षरहरूले समुदायमा गर्व र पहिचानको भावना जगाउने उनको बुझाइ छ।

इस्लामिक सभ्यतामा कुरानमा सुलेखन कला अझै जीवित छ। त्यस्तै युरोपमा मध्ययुगका मठहरूमा ‘म्यानुस्क्रिप्ट इलुमिनेसन’ मार्फत अक्षरलाई चित्रकलासँग मिलाएर सजाइन्थ्यो। विश्वका थुप्रै देशहरूमा क्यालिग्राफी केवल सजावट होइन, सांस्कृतिक पहिचानको मेरुदण्ड रहेको बझ्न सकिन्छ।

नेपालमा क्यालिग्राफीको इतिहास लिपिसँग जोडिएको छ। यसको इतिहास कोट्याउँदा काठमाडौं उपत्यकामा नेवार समुदायले प्रयोग गर्ने रन्जना लिपिलाई लिन सकिन्छ। ‘रन्जनाको अर्थ आनन्द हो,’ क्यालीजात्राका आनन्दकुमार महर्जन भन्छन्, ‘पछिल्लो समय हामी यो लिपिको प्रचारप्रसारमा जुटेका छौ।’

यसबाहेक मुलुकमा रहेका अन्य जाजातिले बोल्ने भाषा लिपीहरूको पनि सौन्दर्यमा जुटेको उनले सुनाए। सुन्दर लिपिहरू फन्टको रुपमा डिजिटल माध्यममा प्रयोग हुन थालेको उनले बताए। ‘डिजिटल प्रविधिमा पनि सुलेखन मरेको छैन,’ उनी भन्छन्, ‘रुप केही फरक भएको छ तर सुन्दरतमा कमी आएको छैन।’

युनिकोड फन्टहरू (जस्तै मंगल, आनन्द) ले नेपाली भाषालाई डिजिटल जगत्मा सशक्त उपस्थित गराए पनि यी फन्टहरू स्वयं सुलेखनको आधारमा तयार हुन्छन्। डिजिटल युगमा पनि सुलेखनको आवश्यकता उस्तै छ।

नेपालमा सुलेखन प्रवर्धन गर्ने प्रमुख समूहहरूमा क्यालिजात्रा, क्यालीग्राफी लगायत छन्। सुलेखन संस्कृतिको संरक्षण र प्रवर्धनमा अग्रणी यी समूह रञ्जना, देवनागरी जस्ता लिपिहरूको पुनरुत्थानमा केन्द्रित छन्। ‘नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन्। हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठुलो योगदान दिएको छ र यसलाई जोगाउन अत्यन्त जरुरी छ। विशेषगरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ,’ क्यालिजात्राका संस्थापक महर्जन भन्छन्, ‘ हामीले भारतको टाइपफेस कम्पनीसँग सहकार्य गरेर नित्य रञ्जना नामक सुन्दर फन्ट विकास गरेका छौं, जसले अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरव हो।’

पछिल्लो समय सुलेखनका लागि उत्सवहरू पनि सञ्चालन गर्दै आएको उनले सुनाए। क्यालिजात्राले कार्यशाला, प्रदर्शनी र सामुदायिक शिक्षणका माध्यमबाट आधुनिक पुस्तालाई परम्परागत लिपिहरूसँग जोड्ने प्रयास गदै आएको महर्जनले बताए। यस्तै क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षणमा समर्पित क्यालिग्राफर र कलाकारहरूको नेटवर्क निर्माण गरेको संस्थापक कर्ण भन्छन्।

परम्परा र प्रविधिको सहकार्य

डिजिटल युगले सुलेखन कला हराउने खतरा मात्र छैन, यसले नयाँ अवसर पनि दिएको छ। नेपाली परम्परागत लिपिहरूलाई डिजिटल फन्टमा रूपान्तरण गरेर विश्वभरिका डिजाइनर र टाइपोग्राफरलाई उपलब्ध गराउन सकिन्छ। त्यस्तै भर्चुअल कार्यशाला र कोर्स युवालाई सुलेखन सिकाउने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ।

सुलेखन केवल सुन्दर अक्षरको कला होइन, यो संस्कृतिको आत्मा पनि हो। ‘सुलेखनलाई ग्राफिक डिजाइन, ब्रान्डिङ, इन्टेरियर डेकोर र फेसनमा प्रयोग गरेर नयाँ बजार सिर्जना गर्न सकिन्छ,’ क्यालीजात्राका महर्जन भन्छन्, ‘योसँगै यसको महत्त्व झनै बढ्ने विश्वास हामीले लिएका छौं।’  
अर्को समाचार
सुलेखन अर्थात् सुन्दर अक्षर सिर्जना कला
२८ साउन २०८२
•
५ मिनेट पाठ
सुलेखन अर्थात् सुन्दर अक्षर सिर्जना कला
कतै लेखिएको छ - मानिसको असली सुन्दरता उसको अक्षरको सुन्दरताभित्र लुकेको हुन्छ। क्यालिग्राफी अर्थात् सुलेखन भनेको मानिसको आत्माबाट फुल्ने सुगन्धित फूल हो, जुन आदर्श अक्षर र आदर्श आत्माको अद्भूत संगमबाट निस्कन्छ।




विश्व क्यालिग्राफी दिवस अर्थात् सुलेखन दिवस बुधबार मनाइँदै छ। हरेक वर्ष अगस्ट महिनाको दोस्रो बुधबार यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। अक्षरलाई सौन्दर्यसहित प्रस्तुत गर्ने कलालाई क्यालिग्राफी भनिन्छ। डिजिटल युगसँगै सुन्दर अक्षरका कुरा ओझेलमा पर्दै गए पनि यसको महत्त्व र सान्दर्भिकता सधैं रहने छ।  

राम्रो लेखाइले आनन्द मिल्छ। ‘भन्न खोजेको कुरा सामान्य ढंगले लेख्नुलाई राइटिङ भनिन्छ,’ सुलेखन क्षेत्रमा काम गर्दै आएका क्यालीग्राफी नेपालका रतन कर्ण भन्छन्, ‘त्यही राइटिङलाई विभिन्न औजार प्रयोग गरेर सुन्दर ढंगले प्रस्तुति दिन सके त्यो सुलेखन बन्छ।’

सुलेखनमा डर लेख्दा डरको अनूभुति हुने र माया लेख्दा मायाको आनन्द मिल्ने उनले बताए।

‘क्यालिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैंमा एउटा कला हो,’ उनी भन्छन्, ‘विभिन्न कार्यशालामार्फत हामीले परम्परागत नेपाली लिपिहरूको बारेमा समुदायलाई सचेत गराउँदै आएका छौं।’

केही अघिसम्म स्कुलमा चिटिक्क परेका अक्षर लेख्ने अभ्यासको ठुलो महत्त्व थियो। शिक्षकले कापीमा केरमेट नगरी सफा र राम्रा अक्षर लेख्न सिकाउँथे। शिक्षकहरू पनि थरीथरीका कलम प्रयोग गरेर सुन्दर अक्षर लेख्ने सिप सिक्थे तर पछिल्लो समय स्मार्टफोन, ल्यापटप र डिजिटल टाइपिङको बढ्दो प्रभावसँगै हस्तलेखनको अभ्यास घट्दै गइरहेको छ। ‘कलम समाएर नलेखेको पनि धैरै भयो जस्तो लाग्न थालेको छ,’ जोरपाटीका रमेश पुडासैनी भन्छन्।

उतिबेला राम्रा अक्षर बनाउन डिको दिएर घन्टौं समय लगाएको अनि नयाँ कापीमा आकर्षक ढंगले नाम लेखेको स्मरण उनले गरे। ‘हस्ताक्षर गर्न कलम चाहिन्थ्यो तर मोबाइल बैकिंकले त्यही कलम पनि खोसेर लगेको छ,’ उनले भने।

कापीमा अथवा भित्तामा राम्रा अक्षर देखियो भने मनै खुसी हुने उनले सुनाए।

उनले भने जस्तै खुसी मिलोस् भनेर पछिल्लो समय राजधानी सहरका भित्ताभित्तामा आकर्षक लिपि कोरिन थालेका छन्। क्यालिग्राफी अर्थात् सुलेखन भन्नाले ब्रस, पेन वा आधुनिक डिजिटल उपकरण प्रयोग गरी सुन्दर अक्षरहरू सिर्जना गर्ने कला हो। यसमा अक्षर मात्र होइन, विभिन्न चिह्न, प्रतीक र रूपरेखाहरू पनि समावेश हुन्छन्।

क्यालिग्राफीको उत्पत्ति

सुलेखनको इतिहास निकै पुरानो छ। मिस्रको सभ्यतादेखि इस्लामिक जगतमा अरबी सुलेखन छ। त्यस्तै जापानको ‘सोडो’देखि संसारका विविध संस्कृतिहरूमा अक्षर कलाले उच्च स्थान ओगटेको देखिन्छ।

त्यतिबेलाका पाण्डुलिपि पनि यही सुलेखनको अध्याय रहेको जानकारहरू बताउँछन्। ‘पुराना धार्मिक ग्रन्थका सुन्दर अक्षरले भगवान्सँग जोडेको अनूभुति हुन्छ,’ सुलेखनको महत्त्व बुझाउँदै कर्ण भन्छन्, ‘अक्षर भनेको खबरको जानकारी दिने मात्र हैन, मनलाई आनन्द दिने माध्यम पनि हो।’

अक्षरको सौन्दर्यले केवल आँखालाई तृप्त पार्दैन, यसले मानिसको भावना र सोचमा पनि प्रभाव पार्छ।

विशेषगरी धार्मिक वा सांस्कृतिक प्रतीकका रूपमा लेखिएका सुन्दर अक्षरहरूले समुदायमा गर्व र पहिचानको भावना जगाउने उनको बुझाइ छ।

इस्लामिक सभ्यतामा कुरानमा सुलेखन कला अझै जीवित छ। त्यस्तै युरोपमा मध्ययुगका मठहरूमा ‘म्यानुस्क्रिप्ट इलुमिनेसन’ मार्फत अक्षरलाई चित्रकलासँग मिलाएर सजाइन्थ्यो। विश्वका थुप्रै देशहरूमा क्यालिग्राफी केवल सजावट होइन, सांस्कृतिक पहिचानको मेरुदण्ड रहेको बझ्न सकिन्छ।

नेपालमा क्यालिग्राफीको इतिहास लिपिसँग जोडिएको छ। यसको इतिहास कोट्याउँदा काठमाडौं उपत्यकामा नेवार समुदायले प्रयोग गर्ने रन्जना लिपिलाई लिन सकिन्छ। ‘रन्जनाको अर्थ आनन्द हो,’ क्यालीजात्राका आनन्दकुमार महर्जन भन्छन्, ‘पछिल्लो समय हामी यो लिपिको प्रचारप्रसारमा जुटेका छौं।’

यसबाहेक मुलुकमा रहेका अन्य जाजातिले बोल्ने भाषा लिपिहरूको पनि सौन्दर्यमा जुटेको उनले सुनाए। सुन्दर लिपिहरू फन्टको रुपमा डिजिटल माध्यममा प्रयोग हुन थालेको उनले बताए। ‘डिजिटल प्रविधिमा पनि सुलेखन मरेको छैन,’ उनी भन्छन्, ‘रुप केही फरक भएको छ तर सुन्दरतमा कमी आएको छैन।’

युनिकोड फन्टहरू (जस्तै मंगल, आनन्द) ले नेपाली भाषालाई डिजिटल जगत्मा सशक्त उपस्थित गराए पनि यी फन्टहरू स्वयं सुलेखनको आधारमा तयार हुन्छन्। डिजिटल युगमा पनि सुलेखनको आवश्यकता उस्तै छ।

नेपालमा सुलेखन प्रवर्धन गर्ने प्रमुख समूहहरूमा क्यालिजात्रा, क्यालीग्राफी लगायत छन्। सुलेखन संस्कृतिको संरक्षण र प्रवर्धनमा अग्रणी यी समूह रञ्जना, देवनागरी जस्ता लिपिहरूको पुनरुत्थानमा केन्द्रित छन्। ‘नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन्। हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठुलो योगदान दिएको छ र यसलाई जोगाउन अत्यन्त जरुरी छ।

विशेषगरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ,’ क्यालिजात्राका संस्थापक महर्जन भन्छन्, ‘ हामीले भारतको टाइपफेस कम्पनीसँग सहकार्य गरेर नित्य रञ्जना नामक सुन्दर फन्ट विकास गरेका छौं, जसले अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरव हो।’

पछिल्लो समय सुलेखनका लागि उत्सवहरू पनि सञ्चालन गर्दै आएको उनले सुनाए। क्यालिजात्राले कार्यशाला, प्रदर्शनी र सामुदायिक शिक्षणका माध्यमबाट आधुनिक पुस्तालाई परम्परागत लिपिहरूसँग जोड्ने प्रयास गदै आएको महर्जनले बताए।

यस्तै क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षणमा समर्पित क्यालिग्राफर र कलाकारहरूको नेटवर्क निर्माण गरेको संस्थापक कर्ण भन्छन्।

परम्परा र प्रविधिको सहकार्य

डिजिटल युगले सुलेखन कला हराउने खतरा मात्र छैन, यसले नयाँ अवसर पनि दिएको छ। नेपाली परम्परागत लिपिहरूलाई डिजिटल फन्टमा रूपान्तरण गरेर विश्वभरिका डिजाइनर र टाइपोग्राफरलाई उपलब्ध गराउन सकिन्छ। त्यस्तै भर्चुअल कार्यशाला र कोर्स युवालाई सुलेखन सिकाउने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ।

सुलेखन केवल सुन्दर अक्षरको कला होइन, यो संस्कृतिको आत्मा पनि हो। ‘सुलेखनलाई ग्राफिक डिजाइन, ब्रान्डिङ, इन्टेरियर डेकोर र फेसनमा प्रयोग गरेर नयाँ बजार सिर्जना गर्न सकिन्छ,’ क्यालीजात्राका महर्जन भन्छन्, ‘योसँगै यसको महत्त्व झनै बढ्ने विश्वास हामीले लिएका छौं।’  
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस