मुलुकले रासायनिक मल आयात गर्न नसक्दा हजारौं किसान मर्कामा परेका छन्। रासायनिक मल अभावका कारण उत्पादन र आम्दानी घट्ने मात्र होइन, कृषि प्रणाली नै जोखिममा पर्ने चिन्ता बढ्दै गएको छ। यस्तो अवस्थामा विभिन्न तहका नीतिनिर्माता तथा विशेषज्ञहरूले मुलुक रासायनिक मलमा मात्र निर्भर नभएर प्रांगारिक/जैविक मल प्रयोगतर्फ जानुपर्ने सुझाएका छन्।
यसतर्फ कृषि मन्त्रालयले चासो नदेखाएका कारण समस्या सधैं बल्झिरहेको उनीहरूको आरोप छ। धान बाली लगाउने समयमा सधैं रासायनिक मलको अभाव भइरहने सन्दर्भमा सत्तासीन नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलमा दिइने अनुदान प्रांगारिक मलमा दिन कृषि तथा पशुपक्षी मन्त्रालयको प्रशासनिक नेतृत्व सधैं नकारात्मक रहने गरेको आरोप लगाए। रासायनिक मलखादका लागि दिइने अनुदानको चौथाइ हिस्सा मात्रै प्रांगारिक मलमा दिए मल अभावले उत्पन्न समस्या समाधान हुने पोखरेलको बुझाइ छ।
मन्त्रालयले युरियामा ८२ प्रतिशत, डिएपीमा ६४ प्रतिशत र पोटासमा ४९ प्रतिशत अनुदान दिँदै आएको छ। यही अनुदानका कारण पनि मल आपूर्तिमा समस्या परेको मन्त्रालयकै भनाइ छ।
बर्सेनि १३ लाख मेट्रिक टन रासायनिक मल माग हुने मुलुकमा ६ लाख मेट्रिक टन पनि भ्याउन नसक्ने मन्त्रीको भनाइपछि विकल्पको बाटो खोज्नुपर्ने आवश्यकता बोध भएको छ।
‘यदि नेपाल सरकारले रासायनिक मलखादमा दिने अनुदानको केवल चौथाइ हिस्सा मात्र प्रांगारिक/जैविक मलका लागि विनियोजन गर्ने हो भने हरेक वर्ष दोहोरिने रासायनिक मलको अभावसम्बन्धी समस्या निकै हदसम्म समाधान हुन सक्थ्यो,’ पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमा लेखेका थिए, ‘तर यसमा कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सधैं नकारात्मक रहँदै आएको छ।’
मन्त्रालय भने यो मान्न तयार छैन। मन्त्रालयकी प्रवक्ता जानुका पण्डितले रासायनिक मलको विकल्पमा प्रांगारिक मलमा जान कुनै समस्या नभए पनि एकै पटक त्यो सम्भव नहुने बताउँछिन्।
‘खाद्य सुरक्षाको कुरा पनि हुन्छ। एकै पटक रासायनिक मल त्यागेर प्रांगारिकमा जान सकिन्न,’ उनले भनिन्, ‘बरु दुवैलाई मिलाएर लैजान सकिन्छ।’
पछिल्लो समय मन्त्रालयले प्रांगारिक मलतर्फ पनि ध्यान दिन थालेको उनले बताए। गत साताको मंगलबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मल समस्याको दीर्घकालीन समाधानका लागि तत्काल कार्यान्वयन गर्न दिएको तीनबुँदे निर्देशनमा कम्पोस्ट र अर्गानिक मलको कुरा उठाएका थिए।
रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिँदै उनले कम्पोस्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव गर्न भनेका छन्।
त्यस्तै माटोको उर्वरता बचाउने गरी रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका तत्काल तयार गर्न र किसानलाई लाभ हुने गरी ठोस खाका बनाएर तीन दिनभित्र पेश गर्न उनले निर्देशन दिएका थिए।
प्रधानमन्त्रीदेखि कृषिमन्त्रीसम्म, नेतादेखि विज्ञसम्म सबैले अहिले रासायनिक मलभन्दा पनि आत्मनिर्भरताको बाटोमा जाने हो प्रांगारिक मलको कुरा उठाएका छन्। खेतीको उर्वरा शक्ति दीर्घकालीन रूपमा कायम राख्न प्रांगारिक मल प्रयोगमा जोड दिनुपर्ने विषयले बहसको रूप लिएको छ।
बारम्बार दोहोरिने रासायनिक मल अभावलाई प्रांगारिक मलले समाधानको बाटो देखाउने विज्ञहरूको बुझाइ छ। नेपालमा प्रयोग हुने रासायनिक मल भारत, चीन वा अन्य मुलुकबाट आयात हुन्छ। स्थानीय उत्पादनको अभाव, भण्डारण क्षमताको कमी, खरिद प्रक्रियामा ढिलाइ, र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिलगायतका कारणले आपूर्ति समस्या बर्सेनि दोहोरिँदो छ।
अझ त्यसमा पनि मल अभाव हुँदा किसानले बाध्य भएर कालोबजारबाट महँगो मूल्यमा खरिद गर्नुपरेको छ। कृषिविज्ञ कृष्णप्रसाद पौडेल कृषि प्रणालीलाई दीर्घकालीन रूपमा टिकाउन जैविक अर्थात प्रांगारिक मलको उत्पादन र प्रयोग अनिवार्य हुने बताउँछन्।
‘रासायनिक मलले तत्काल उत्पादन बढाउँछ तर यसले दीर्घकालमा माटोको स्वास्थ्य नष्ट गर्छ,’ उनी भन्छन्, ‘जैविक मलले माटोको जीवाणु जीवन पुनर्जीवित गर्छ, उर्वरा शक्ति दीर्घकालसम्म कायम राख्छ।’ जैविक मल गाउँस्तरमै तयार गर्न सकिने उनको भनाइ छ।
पौडेलको भनाइसँग सहमत छन् प्रांगारिक मलका अभियन्ता ७१ वर्षीय अमृतनारायण श्रेष्ठ। उनी नेपालजस्तो मुलुकका लागि प्रांगारिक मल जरुरी रहेको बताउँछन्। स्वदेशमै उत्पादन गर्न सकिने यो मलमा राज्यले सहयोग गरे निर्यात पनि गर्न सक्ने परिस्थिति निर्माण हुने उनको भनाइ छ।
श्रेष्ठ भन्छन्, ‘राज्यले सहयोग गरेका १० वर्षको अवधिमा हामी कायापलट गर्न सक्छौं।’
रासायनिक मलमा पाइने कमिसनको लोभले राज्यले प्रांगारिकतर्फ चासो नदेखाएको उनको आरोप छ। ‘कमिसन र हतारोको चक्करले खेती र समाज भ्रष्ट हुँदैछ,’ उनले भने, ‘नेपालजस्तो देशका लागि प्रांगारिक मल नै अमृतबराबर हुन्छ।’
कृषिविज्ञ पौडेल पनि श्रेष्ठको भनाइमा सहमत छन्। सुरुमा केही समस्या देखिए पनि दीर्घकालीन रूपमा प्रांगारिक मल नै भरपर्दो हुने उनी बताउँछन्।
‘हामीसँग पर्याप्त वनजंगल भएकाले यस्तो मल बनाउने काम अरू देशको तुलनामा निकै सरलसमेत छ,’ पौडेल भन्छन्, ‘किसानका गोठभकारा सुधार र कम्पोस्टलगायतका अन्य जैविक मल बनाउने सयौं विधि छन्, जसमध्ये कतिपय संसारकै लागि उदाहरणीय हुन सक्छन्।’
विज्ञहरू सामुदायिक वनबाट समुदायस्तरमै अँगारमा आधारित जैविक मल उद्यम सञ्चालन गर्न सकिने सुनाउँछन्। यस्तो बहुउपयोगी अँगारबाट युरियालगायतका सबै कृत्रिम रसायन विस्थापित गर्न सजिलै सकिने उनीहरूको बुझाइ छ।
त्यस्तै कम्पोस्ट मल, उपयोगी जीवाणु मिलाएर सजिलै बनाउन सकिने जैविक मलबाट यस्ता कृत्रिम मलको हाराहारीमा माटोमा चाहिने फस्फोरस, पोटासलगायतका आवश्यक पोषण तत्व सजिलै पुर्याउन सकिने उनीहरूको विश्वास छ।
यसका लागि गाउँस्तरमा जैविक मल उत्पादन केन्द्र स्थापना गर्नुपर्ने, किसानलाई गोबर, पराल, तरकारीको फोहोरबाट कम्पोस्ट मल बनाउने प्रविधि सिकाउनुपर्ने श्रेष्ठको सुझाव छ।
‘सुरुमा रासायनिक मलमा दिइने अनुदानको केही भाग जैविक मलमा स्थानान्तरण गर्नु पर्छ,’ उनी भन्छन्, ‘केही समय लाग्छ तर समाधानको बाटो यसैबाट निस्कन्छ।’
यसका लागि किसान, नीति निर्माता र कृषिविज्ञबिच ‘प्रांगारिक/जैविक मल उत्पादन र प्रयोगमा लाग्नुपर्ने बहसको थालनी गरिहाल्नुपर्ने’ उनी बताउँछन्।
खेतीमा विकासी बीउ र रासायनिक मलको प्रयोगले सुरुमा उत्पादन बढाए पनि दीर्घकालमा किसानलाई परनिर्भर बनाउने, माटो, पानी, हावा र मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउने विज्ञ बताउँछन्।
‘जैविक मलले माटोमा आवश्यक तत्व, मित्रजीव र पोषण सन्तुलन कायम राख्छ,’ कृषिविज्ञ पौडेल भन्छन्, ‘तत्काल ठुलो मात्रामा यसको उत्पादन र वितरणको ठोस योजना बनाएर अघि बढ्न जरुरी छ।’

रासायनिक मलको विकल्पमा प्रांगारिक मलमा जान कुनै समस्या नभए पनि एकै पटक त्यो सम्भव छैन । खाद्य सुरक्षाको कुरा हुन्छ । त्यसैले एकै पटक रासायनिक मल त्यागेर एकैचोटी प्रांगारिकमा जान सकिन्न । जानुका पण्डित प्रवक्ता, कृषि मन्त्रालय‘वार्षिक १३ लाख मेट्रिक टन रासायनिक मल मुलुकलाई आवश्यक पर्ने देखिन्छ। बजार मूल्य बढ्दै छ,’ प्रतिनिधिसभाको बिहीबारको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भनेका थिए, ‘यस आर्थिक वर्षका लागि ६ लाख मेट्रिक टन ल्याउने तयारी छ तर यसका लागि छुट्टाइएको रकम पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै कमी हुने देखिएको छ। मलमा दिइने अत्यधिक अनुदानका कारण पनि समस्या आएको छ।’