इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको मेलामा ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्। इलाम अस्पतालमा उपचाररत १५ घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठले इलाम–माइपोखरी म्याराथुन जितेका छन्। ४२.२ किलोमिटर दुरी उनले २ घन्टा ५८ मिनेट १६ सेकेन्डमा पार गरी अरू सहभागीलाई पछि पारे।
इलाम नगरपालिका–३, पुवामझुवाकी किसोरी प्रतिष्ठा सुनुवार क्यानभासमा धमाधम रेडपान्डाको चित्र उतार्दैछिन्। दुर्लभ जनावर रेडपान्डा प्रतिष्ठाको घर–गाउँमै पाइन्छ ।
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्...