इलाम नगरपालिका–३, पुवामझुवाकी किसोरी प्रतिष्ठा सुनुवार क्यानभासमा धमाधम रेडपान्डाको चित्र उतार्दैछिन्। दुर्लभ जनावर रेडपान्डा प्रतिष्ठाको घर–गाउँमै पाइन्छ । तर सदरमुकाम बसेर इलाम कृषि कलेजमा बिएस्सी एजी अध्ययनरत उनले अहिलेसम्म रेडपान्डा प्रत्यक्ष देख्न पाएकी छैनन्।
‘घर–गाउँकै जंगलमा पाइने रेडपान्डा पनि देख्नु भएको छैन त ?’ चित्र बनाइरहेकी प्रतिष्ठासँग राखिएको जिज्ञासामा उनको जबाफ खस्न नपाउँदै उनकै बुबा तथा प्रकृति संरक्षणकर्मी सोम सुनुवारले जबाफ फर्काए– ‘जहिल्यै देखिने भए त किन दुर्लभ भन्नु नि!’
इलाम साहित्य महोत्सव सदरमुकाममा चलिरहेको छ। सिटी हलमा साहित्य, राजनीति, दर्शन, सिनेमा लगायत विषयमा विचार–विमर्श भइरहँदा त्यसैको अर्को पाटोका रूपमा इलाम चियाबारी बीचको लभडाँडामा चाहिँ स्थानीय र अतिथि चित्रकार चित्र बनाउन घोत्लिइरहेका छन्, त्यो पनि दुर्लभ वन्यजन्तु रेडपान्डाको चित्र। र, नेपालमै पहिलो पटक चिया खेती गरिएको इलाम चियाबारी अनि नजिकै रहेको देशकै पुरानो उद्योग हेर्नसमेत यहाँको चित्रकला गतिलो माध्यम भएको छ आगन्तुकका लागि।
इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा यहाँ चिया खेती सुरु गराए। गजराजकै सालिकको भित्तामा ठड्याइएको क्यानभासमा चित्र कोर्दै प्रतिष्ठा भन्छिन्, ‘व्यावसायिक चित्रकारसमेत यहाँ आउनुभएको छ, उहाँहरूबाट हामीले थप प्रेरणा पाएका छौँ।
रेडपान्डा दुर्लभ वन्यजन्तु भएकाले यसको संरक्षणका लागि महोत्सवमा चित्रकला आयोजना गरिएको छ। इलाम मात्र नभई जिल्ला बाहिरबाट आएका व्यावसायिक चित्रकार समेत अहिले लभडाँडा चियाबारीको हरियो क्यानभासमा लोपोन्मुख रेडपान्डाको रंग उतार्दैछन्। काठमाडौं, ललितपुर तथा अन्य जिल्लाबाट आएका र स्थानीय गरी ११ चित्रकार यहाँ सहभागी छन्।
इलामकै सन्दकपुर गाउँपालिका–१, माइपोखरीकी सलिना राईले गाउँघरमा अहिलेसम्म रेडपान्डा देखेकी छैनन्। तर, गाउँमा रेडपान्डा संरक्षणबारेको सचेतना जगाउन विभिन्न संघ–संस्थाले पटक–पटक कार्यक्रम आयोजना गरेको देखेकी उनलाई थाहा छ –रेडपान्डा निकै महवपूर्ण जनावर हो र यसको संरक्षण गाउँवासीले नै गर्नुपर्छ।
हस्तकला व्यवसाय गरिरहेकी सलिनालाई रेडपान्डाको चित्र बनाउन त्यति सजिलो भइरहेको छैन। तर, रुचि भने धेरै रहेछ। ‘चित्रकला सजिलो त छैन तर रेडपान्डा संरक्षण नगर्दा यसको अस्तित्व नै हराएर जाने भएकाले पनि यसलाई जोगाउन जरुरी छ,’ उनले भनिन्, ‘रेडपान्डा पाइने गाउँमै मेरो घर पर्छ, म चित्रकलाका माध्यमबाट रेडपान्डा बचाउन चेतना जगाउन सक्छु भन्ने लागेर यहाँ आएकी।
महोत्सवले अनुभवी चित्रकार र यही क्षेत्रमा क्रियाशील नयाँ पुस्तालाई पनि जोडेको छ। अनुभवी चित्रकारबाट आफूहरूको प्रयासमा थप बल पुगेको सलिना बताउँछिन्। ‘अनुभवी चित्रकारले हाम्रो प्रयासमा हौसला दिनुभएको छ,’ उनले भनिन्, ‘अबका २ दिनमा चित्रकलामा नयाँ–नयाँ तरिका सिक्ने र अनुभवीका अनुभव सुन्ने आशामा छु।’
ललितपुरबाट आएकी अगुवा एरिना ताम्राकारले व्यावसायिक रूपमा चित्र कोरेको ३० वर्षभन्दा बढी बित्यो। उनी काठमाडौँको तेस्रो नेत्र पेन्टिङमा काम गर्छिन्। तर, उनले पनि अहिलेसम्म न रेडपान्डाको चित्र कोरेकी थिइन्, न रेडपान्डा प्रत्यक्ष देखेकी नै छिन्। ‘कहिल्यै नदेखेको जनावरको चित्र बनाउन ज्यादै नयाँ अनुभव भइरहेको छ,’ उनले सुनाइन्, ‘रेडपान्डा दुर्लभ वन्यजन्तु भएकाले चित्रकलाका माध्यमबाट यसको संरक्षण गर्ने अवसर पाउँदा हर्षित पनि छु।’ उनले नदेखेको वस्तुको चित्र बनाउँदा त्यसको आकृति दिमागमा पहिला आउनुपर्ने र कुनै स्रोत हेरेर पनि बनाउन सकिने जनाइन्। ‘मैले चित्रमा आफ्नोपन दिएकी छु, दिमागमा रेडपान्डाको जस्तो आकृति छ, त्यस्तै बनाउँछु,’ उनले भनिन्, ‘रेडपान्डा पहाडी चिसो भू–भागमा पाइने जनावर हो, त्यसको संरक्षण पनि स्थानीय ठाउँमै गर्नुपर्छ भन्ने लागेर चेतना जगाउन आएकी।’
इलाम साहित्य समाज र इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा चित्रकलाका लागि भने रेडपान्डा नेटवर्क (आरपिएन)ले समन्वय गरेको छ। आरपिएन र इलामस्थित उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाले इलाम लगायत पूर्व पहाडी जिल्लामा पाइने दुर्लभ रेडपान्डा संरक्षणमा लामो अवधि काम गरेका छन्।
'उच्च पहाडी संस्था नेपाल'का अध्यक्ष दीपक लुंगेलीले लोपोन्मुख रेडपान्डा संरक्षणका लागि चित्रकला अभियान सञ्चालन गरेको बताए। ‘कुनै पनि माध्यमबाट स्थानीय स्तरमा रेडपान्डा संरक्षणको सचेतना जगाउन जरुरी छ,’ उनले भने, ‘साहित्य महोत्सवमा दुर्लभ रेडपान्डाबारे प्रचार गर्न पाउनु पनि राम्रो अवसर हो।आरपिएनका कार्यकारी निर्देशक आङफुरी शेर्पाका अनुसार देशका २३ जिल्लामा रेडपान्डा पाइन्छ। नेपालमा रेडपान्डाको संख्या यकिन नभएपनि ५ सयदेखि हजार वटासम्म हुनसक्ने आँकलन छ।