संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सम्पन्न हुन एक दिन बाँकी रहँदा जलवायु वित्तको आकार, प्रकृति, परिभाषा र स्रोतका विषयमा अझै सहमति हुन सकेको छैन।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दैगर्दा यसले जलवायु संकट सम्बोधन गर्न कति योगदान गर्ला भन्नेमा अझै अन्योल कायम छ ।
विश्वका ८० भन्दा बढी राष्ट्रका अध्यक्ष र सरकारप्रमुख उपस्थित समिटलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले जलवायु संकट धनी देशले निम्ताएको र त्यसको मूल्य गरिब देशले चुकाउनु परेको बताए।