निवर्तमान रक्षामन्त्री मानवीर राई बसेको ब्लकमा भने क्षति भएको छैन । ‘२६ वटै ब्लकमा पुनर्निर्माण गर्नुपर्ने भएको छ । एउटा ब्लकमा भने अहिले पनि मन्त्री बस्न मिल्ने अवस्था छ ।
गृह मन्त्रालयका लागि बनेको नयाँ भवन उपयुक्त भएको उनीहरूले ठहर गरे । त्यस लगत्तै त्यस भवनमा सरसफाइ,आन्तरिक साजसजावट तथा अन्य व्यवस्थापनमा कर्मचारीहरुलाई खटाए ।
सिंहदरबार परिसर भित्र पुगेका अर्का एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनमा मंगलबार लागेको आगो निभे पनि मूल भवन भित्र पट्टि रहेका कोठामा अझै पनि क्षति भइरहेको छ ।
सिंहदरबार भित्रको मूल भवन अहिले खण्डहर झै देखिएको छ। सरकारी कर्मचारीहरु भने बिहीबार विहानदेखि फाट्टफुट्ट सिंहदरबार परिसरभित्र रहेका कार्यालयहरुमा जान थालेका छन्।
कार्यविधिअनुसार कोरियाली कम्पनीले माग गरेको कोटा सुरुमा एकप्रति नेपाली मेनपावर कम्पनीलाई र अर्को एकप्रति कोरियास्थित नेपाली राजदूतावासलाई पठाउनुपर्नेछ ।