अघिल्लो सरकारले गरेको सरुवा रद्द
२९ भदौ २०८२
•
३ मिनेट पाठ
अघिल्लो सरकारले गरेको सरुवा रद्द
केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुभन्दा एक/दुई दिन अघि विभिन्न मन्त्रालयमा तत्कालिन मन्त्रीहरूले गरेको सरुवा कार्यान्वयन नहुने भएको छ ।  




विद्युत प्राधिकरणले सूचना जारी गरी गत भदौ २० र २२ गते गरिएको सरुवा तथा पदस्थापना सम्बन्धी निर्णय कार्यान्वयन नगर्ने घोषणा गरिसकेको छ । शहरी विकास मनत्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा पनि अघिल्लो मन्त्रीको पालामा गरिएको सरुवा कार्यान्वयन नगर्न दबाब बढ्दै गएको छ ।  

‘नेपाल विद्युत प्राधिकरणबाट भदौ २० र २२ गते गरिएको गरिएको सरुवा/पदस्थापन सम्बन्धी निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।  

शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले अघिल्लो मन्त्रीको पालामा गरिएको सरुवा अब कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा टुंगो नलागेको बताए ।

‘यसअघि गरिएको सरुवा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा कुराकानी भइरहेको छ । टुंगो लागेको छैन’ उनले भने ।  

तर मन्त्रालयका अर्का एक उच्च कर्मचारीले अघिल्लो मन्त्रीको पालामा गरिएको सरुवा कार्यान्वयन नहुने करिब करिब निश्चित भएको बताए । उनले भने,‘त्यो सरुवा बेथिति पूर्ण थियो । धेरैजसो कर्मचारीहरुको  सरुवा अन्यापूर्ण थियो । केहीको ५/६ महिनामै सरुवा गरिएको थियो ।’  

उनका अनुसार अघिल्लफ मन्त्रीको पालमा गरिएको सरुवामा ठूलो मात्रामा आर्थिक चलेखल भएको थियो । ती कर्मचारीले भने, ‘त्यो सरुवा कार्यसम्पादन र प्रगतिको  आधारमा सरुवा गरिएको थिएन । पहुँच र आर्थिक लाभको आधारमा सरुवा गरिएको थियो ।’  

ती कर्मचारी भन्छन, ‘त्यसैले अब पुरानो सरुवा रद्द गरेर कार्यसम्पादन र प्रगतिको आधारमा सरुवा गर्नुपर्छ ।’ मन्त्रालयले केही दिन अघि मात्र २६ जना उपसचवि सरहका डिभिजन इञ्जिनियरलाई एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरेको थियो ।  

सरुवा गरिएका कर्मचारीमध्ये  केहीले चिठी बुझिसकेका छन भने केहीले बुझेका छैनन । रमाना पत्र भने कसैले नबुझेको मन्त्रालयका एक कर्मचारीले बताए ।  

निजामती सेवा ऐन र निजामती सेवा नियमावलीमा सामान्यता एउटा कार्यालयमा २ वर्ष काम गर्न दिएर सरुवा गर्नु पर्ने व्यवस्था छ ।  तर शहरीमा यो नियम लागु नभएको अर्का एक कर्मचारीले भने ।  

यसैगरी भौतिक पूर्वाधार मन्त्रालयले पनि केही दिन अघि ४ दर्जन भन्दा बढी उपसचिव सरह डिभिजन इञ्जिनियरलाई  एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरेको थियो । त्यतिबेला गरिएको सरुवा बेथितिपूर्ण भएको भन्दै कार्यान्वयन नगर्न मन्त्रालयका कर्मचारीले नेतृत्वलाई दबाब दिइरहेका छन । तर आकर्षक ठाउँमा सरुवा गरिएका कर्मचारीलेले भने कार्यान्वयन गर्नु पर्ने माग राखेका छन ।  

एक कर्मचारी भन्छन,‘भौतिकमा  गरिएको सरुवामध्ये अधिकांश बेथिति पूर्ण छ । पहुँच र शक्तिको भरमा केहीलाई आकर्षक कार्यालयबाट आकर्षक कार्यालयमा सरुवा गरिएको छ । सुगमबाट सुगममा गरिएको छ । त्यसैले त्यो सरुवा रद्द हुनु पर्छ ।’  

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार केही उपसचिवहरूको सरुवा गर्ने तयारी भइरहेको बेला अचनाक सरकार ढले पछि भूमि व्यवस्थाले सरुवा गर्न पाएन । मन्त्रालय स्रोतका अनुसार विशेष गरी उपत्यकाका नापी कार्यालयमा आउन चाहने केही कर्मचारीको सूची नै तयारी गरिएको थियो ।  

‘केहीको कर्मचारीको विषयमा आर्थिक लेनदेन समेत भइसकेको थियो । अचानक सरकार ढले पछि सूची कार्यान्वयन भएन’ एक कर्मचारीले भने ।  

स्रोत भन्छ, ‘अघिल्लो मन्त्रीको सचिवालयमा बस्ने कर्मचारीको पहलमा सरुवाको सूची तयार गरिसकेको थियो ।  

निजामती सेवा ऐन र नियमावली अनुसार भदौ महिना निजामती कर्मचारीहरुको सरुवा गर्ने समय हो । निजामती सेवा नियमावली २०५० मा निजामती सेवाका कर्मचारीको सरुवा कार्यतालिका राखिएको छ। नियमावलीको दफा ३६ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्ष भदौ १ देखि मसान्तसम्म मन्त्रालय वा मन्त्रालयस्तरको सरुवा गर्ने, केन्द्रीय निकाय वा विभागले असोज १ देखि १५ गतेभित्र आन्तरिक सरुवा गर्ने र क्षेत्रीयस्तरका निकायले असोज  १६ देखि मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।  

तोकिएको कार्यतालिकाभन्दा पहिले या पछि अत्यावश्यक भएमा मात्र सरुवा गर्नुपर्ने, त्यस्तो सरुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहमति लिनुपर्ने व्यवस्था नियममा छ । तर मन्त्रालयहरुले धेरैजसो सामान्य प्रशासन मन्त्रालयसँग सहमति नलिई कामकाज भन्दै गुपचुप सरुवा गरिरहेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस