पोस्टमार्टमबाट आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमार्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले सो बाघ घाइते र भोको रहेको पाइएको बताए।
मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं. पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका भित्रका पुंगी र केरुङ्गा खोलाको नाला संरक्षण र सौन्दर्यीकरण गरिने भएको छ। खोलाको अतिक्रमण बढ्दै गएपछि महानगरपालिकाले खोलालाई सिमाङ्कन र सौन्दर्यीकरण गर्न लागेको हो।