यसअघि वडा नम्बर एकको मतगणना सकिँदा रेनु १२१ मतले अघि थिइन्। स्वतन्त्र रुपमा उमेद्वारी दिएका जगन्नाथ पौडेलले पनि आफ्नो मत बढाउँदै लागेका छन्। पौडेलले १ हजार २०४ मत ल्याएका छन्।
७ हजार ७२७ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतले पछि पfरेका हुन्। सुवेदीले २ हजार ६९३ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले २ हजार ६७९ मत ल्याएकी छिन्।
चितवनको भरतपुर महानगरपालिकामा बिजय सुवेदीले मत अन्तर घटाउँदै लगेका छन्। भरतपुर महानगरको वडा नम्बर २ को मतगणना सुरु भएपछि सुवेदीले मत अन्तर घटाउँदै लगेका हुन्।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ सय ९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्। पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन...