०७३ मा भएको साधारणसभाबाट कार्यसमितिमा अध्यक्ष छानिएका भगतले पहिले विभिन्न बहानामा र पछि कोभिडको कारण देखाउँदै ५ वर्षसम्म साधारणसभा नबोलाएको विषयलाई लिएर कार्यसमिति पदाधिकारीबीच नै मतभिन्नता थियो।
सप्ताहको अवसरमा विद्यार्थीलाई ट्राफिक सम्बन्धी कक्षा लिने, जनचेतना जगाउन सवारी चालक सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउनेदेखि चालकको स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम गरिएको छ।
उदयपुरका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप सोमबारदेखि दिन सुरु भएको छ। जिल्लाका १२ देखि १७ वर्षसम्म उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै खोप दिन थालिएको हो।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठन नेपालले एक महिने ‘जनमति संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान’ थालेको छ।
उदयपुरमा ‘ए डिभिजन लिग फुटबल प्रतियोगिता ०७८’सुरु भएको छ। सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सुरु भएको प्रतियोगिता आउँदो २३ गतेसम्म सञ्चालन हुने छ।
पुरानो सदरमुकाम उदयपुरगढीमा उबेलाको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले ३ वर्षअघि निर्माण थालेको पुरानो गढी पुननिर्माण कार्यलाई यसै वर्ष अन्तिम रुप दिन लागेको हो।
उदयपुर प्रहरीले दशकअघिदेखि फरार हुँदै आएका अभियुक्तलाई पक्रा गर्ने क्रम जारी राखेको छ। बिभिन्न आपराधिक क्रियाकलामा संलग्न भई अदालतले दोषी करार गर्दै कैद र जरिवानाको सजाय सुनाए पनि भाग्दै आएका दर्जन अभ...