उदयपुरका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप सोमबारदेखि दिन सुरु भएको छ। जिल्लाका १२ देखि १७ वर्षसम्म उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै खोप दिन थालिएको हो।
अमेरिकन कम्पनीको मोडर्ना खोप सोमबार एकैदिनदेखि सदरमु्कम त्रियुगा नगरापलिकासहित जिल्लाका सबै स्थानीयतहका स्वास्थ्य चौकी र विद्यालयमार्फत दिन सुरु भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जिवी निरौलाले बताए। उनका अनुसार मोडर्ना खोप हाललाई ४३ हजार ३ सय थान आएको छ।
जस अनुसार ४ नगरपालिकाहरु त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिमचुङब्ङ, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ८ वटै स्थानीयतहमा खोप लगाउन जनसंख्याको आधारमा वितरण गरिएको निरौलाले बताए। सदरमुकाम त्रियुगालाई सबभन्दा बढी १६ हजार ३ सय खोप दिइएको छ भने कटारीलाई ७ हजार ५ सय र चौदण्डीगढी तथा बेलका नगरपालिकालाई समान ५ हजार २ सय थानका दरले पठाइएको छ।
त्यसैगरी उदयपुरगढी गाउँपालिकालाई ३ हजार ५ सय, रौतामाईलाई ३ हजार, लिमचुङबुङ र ताप्ली गाउँपालिकालाई क्रमशः १ हजार ५ सय र १ हजार ३ सय थान खोप पठाइएको छ। स्वास्थ्यले पठाएको खोप स्थानीयतहहरुले सोमबारैदेखि बालबालिकालाई लगाउन थालेका छन्।
स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका सबै स्थानीयतहमा एकैदिन खोप लगाउन थालिएको छ। स्थानीय तहहरुले हरेक वडा स्वास्थ्य चौकी र विद्यालयमै स्वास्थ्य टोली पठाएर खोप दिन थालेको दासले बताए। विद्यालयबाहेक जिल्लाका ४६ वटै स्वास्थ्य चौकीमार्फत खोप दिइँदैछ। खोप आउँदो १५ गतेसम्म दिने कार्यतालिका बनाइएको छ। अन्य जिल्लामा पुस ७ गतेदेखि नै खोप अभियान चलाइए पनि उदयपुरमा भने खोप आउनै ढिला भएकाले झण्डै सातादिनपछि अभियान सुरु भएको हो।
यता सदरमुकाम त्रियुगाका वडा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र र विद्यालयबाट खोप दिन थालिएको छ। नगरपालिकका जोगीदह, देउरी, भूमरसुवा, त्रियुगा, साउने, खाँबु र चिलाउने स्वास्थ्य चौकीमार्फात खोप दिइएको छ। ती स्वास्थ्य चौकीबाहेक हरेक वडाका विद्यालयमा पनि टोली खोप दिइएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए।
स्वास्थ्य चौकी र सरकारी तथा सामुदायिक विद्यालयमा पहिलो चरणमा खोप दिने नगरपालिकाले निजी विद्यालयहरुमा भने दोस्रो चरणमा खोप दिने जनाएको छ। स्वास्थ्य चौकी र सरकारी तथा सामुदायिक विद्यालयमा पहिले र निजी विद्यलायहरुमा पनि टोली पठाएरै खोप दिने कार्यतालिका बनाइएको वडाध्यक्ष राईले बताए।