उदयपुरमा चुनावी मत परिणाम नआई म्यादी प्रहरीलाई बिदा दिइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार एक कार्यक्रमको आयोजना गरी म्यादीहरुलाई बिदाई गरेको हो।
बिहीबार साँझ ६ः४५ बजेसम्मको मतगणना परिणाम अनुसार प्रतिनिधिसभामा काँग्रेसका डा. नारायण खड्काले १४ हजार २ सय ४१ मत ल्याएका छन्। उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १२ हजार ८ सय ३२ मतले पछ्याईरहेकी छिन्।
खोटाङको मत गणना सकिएको छ। भर्खरै सकिएको मत परिणाम सार्वजनिक हुन बाँकी भए पनि गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएका छन्।
उदयपुर क्षेत्र नं. २ (क) मा माओवादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन्। विहान ११ः३० बजे सार्वजनिक परिणाम अनुसार गठबन्धनका उम्मेदवार मगर ८ हजार १ सय ५ मत पाएर विजयी भएका हुन्।
चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्